‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित
गत महिना वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडिसी) ले चन्द्रागिरी नगरपालिका, सतुङ्गल चोकमा आउटरिच डेन्टल सेन्टर संचालनमा ल्याएको छ । डेन्टल सेन्टरको उद्घाटन समाजसेवी मुकुन्द घिमिरेले गरेका थिए ।
दुईवटा डेन्टल चियरसहितको उक्त सेन्टरबाट स्थानीय बासिन्दाले सहज रूपमा दाँतको उपचार प्राप्त गर्न सक्नेछन् । हाल दुई जना चिकित्सक कार्यरत उक्त सेन्टरमा आवश्यकताका आधारमा जनशक्ति थपिने अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए ।
सेन्टरले उपचारबाहेक मुखको स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि संचालन गर्नेछ । सेन्टर उद्घाटनका अवसरमा नि:शुल्क मुख स्वास्थ्य शिविरसमेत संचालन गरिएको थियो ।