प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
गत महिना वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडिसी) ले चन्द्रागिरी नगरपालिका, सतुङ्गल चोकमा आउटरिच डेन्टल सेन्टर संचालनमा ल्याएको छ । डेन्टल सेन्टरको उद्घाटन समाजसेवी मुकुन्द घिमिरेले गरेका थिए ।
दुईवटा डेन्टल चियरसहितको उक्त सेन्टरबाट स्थानीय बासिन्दाले सहज रूपमा दाँतको उपचार प्राप्त गर्न सक्नेछन् । हाल दुई जना चिकित्सक कार्यरत उक्त सेन्टरमा आवश्यकताका आधारमा जनशक्ति थपिने अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए ।
सेन्टरले उपचारबाहेक मुखको स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि संचालन गर्नेछ । सेन्टर उद्घाटनका अवसरमा नि:शुल्क मुख स्वास्थ्य शिविरसमेत संचालन गरिएको थियो ।