शेर्पालाई सम्झाइरहने तस्बिर
चुङ्बा शेर्पाले खिचेका चरासहित वन्यजन्तुका मनमोहक तस्बिरले मुलुकभरका विभिन्न कार्यालय एवं संघसंस्थाका भित्ता सजिएका छन्, जसले उनी सधैं सम्झिइरहनेछन् ।

गत महिना नेपाल डाइटिसियन संघको तीन दिने पोषणस्तर परीक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भयो । नारायणचौरस्थित स्टार भेन्युमा आयोजित उक्त मेलाको उद्घाटन महिला तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले गरेकी थिइन् ।
कार्यक्रममा नेपाल डाइटिसियन संघकी अध्यक्ष वरिष्ठ डाइटिसियन नानी शोभा शाक्य, रश्मि बजिमय श्रेष्ठ, विनीता पन्त, कविता महर्जन, रेनु यादव, शान्ता अस्थानी तथा सपन दाहालले पोषणसम्बन्धी परामर्श दिएका थिए । यसैगरी डाइटिसियन विपिन कार्कीले पोषण तथा आहारसम्बन्धी यस्ता कार्यक्रमले मानिसमा जनचेतना अभिवृद्धि हुने धारणा राखेका थिए ।
नेपाल डाइटिसियन संघका कार्यक्रम संयोजक मोदनाथ पौडेलका अनुसार शहरी क्षेत्रमा खान नजानेर कुपोषणले ग्रसित मोटोपन दिनानुदिन बढ्दै गइरहेको छ ।
यसले गर्दा पनि सही र असल खानपानका परामर्श एवं आहार सचेततासम्बन्धी कार्यक्रम समय–समयमा हुनुपर्छ । कार्यक्रममा मधुमेह जाँच गर्नुका साथै पोषण परामर्श लगायत सन्तुलित आहार प्रदर्शनी गरिएको थियो । यहाँ स्कुले विद्यार्थी लगायत सबै उमेरकाले मेलाको अवलोकन गर्दै डाइटिसियनसँग परामर्श लिएका थिए ।