आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।

कान्तिपुर मिडिया ग्रुपको नारी मासिकको आयोजनामा ई–कान्तिपुर अनलाइन तीज फोटो प्रतियोगिता सम्पन्न भयो । मध्यपुर थिमीकी कविता पौड्लले सबैभन्दा बढी १४६० फेसबुक लाइक प्राप्त गरी प्रथम भएकी हुन् ।
त्यस्तै शिल्पा पौडेल दोस्रो भएकी थिइन् भने नितु श्रेष्ठ तेस्रो हुन सफल भए । प्रतियोगितामा उत्कृष्ट १० हुनेलाई पुल्चोकस्थित एमएनेस टावरमा सम्मान तथा गिफ्ट ह्याम्पर प्रदान गरियो ।
कार्यक्रम साप्ताहिक तथा नारीका प्रधान सम्पादक सुवास ढकालको प्रमुख आतिथ्यमा, पामाकेयरका महेश चौधरी तथा केडीसीका प्रोजेक्ट म्यानेजर सुमन धन्स्वा अतिथि रहेको उक्त कार्यक्रममा पामाकेयरबाट गिफ्ट ह्याम्पर र उत्कृट ३ लाई ट्रेन्डसेटरको गिफ्ट भाउचर प्रदान गरिएको थियो । साथै प्रथम हुने प्रतियोगीलाई नारीका लागि फोटोसुट पनि गरिएको थियो ।