Successfully Copied

वरदान र जेनिसालाई उपाधि

रुल नेपाल स्टुडियोले आयोजना गरेको दोस्रो संस्करणको लिटिल प्रिन्स एन्ड प्रिन्सेज पोखराको उपाधि वरदान गुरुङ तथा जेनिसा पुनले जितेका छन् । प्रतियोगीतामा मनोज शाही ठकुरी र प्रिया थापा फस्ट रनर्सअप तथा कृष लामा र कृष्टिना नेपाली सेकेन्ड रनर्सअप घोषित भए ।

रुल नेपाल स्टुडियोले आयोजना गरेको दोस्रो संस्करणको लिटिल प्रिन्स एन्ड प्रिन्सेज पोखराको उपाधि वरदान गुरुङ तथा जेनिसा पुनले जितेका छन् ।

प्रतियोगीतामा मनोज शाही ठकुरी र प्रिया थापा फस्ट रनर्सअप तथा कृष लामा र कृष्टिना नेपाली सेकेन्ड रनर्सअप घोषित भए ।

अडिसनमा सहभागी १ सय ४ जनामध्येबाट २० जना प्रिन्सका लागि तथा ३१ जना प्रिन्सेसका लागि छनौट गरी डेढ महिनाको तालिम पश्चात पोखरा सभागृहमा आयोजित अन्तिम प्रतिस्पर्धामा उतारिएको आयोजक संस्थाका अध्यक्ष सलोमन रोकाले बताए ।

फाइनलमा आकर्षणक गीत तथा नृत्यहरू प्रस्तुत गरिएको उक्त प्रतिस्पर्धामा ७ वर्षदेखि १५ वर्षसम्मका बलबालिकाहरू सहभागी थिए ।

 Image