मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
पुष्पाञ्जली फेसन एन्ड इभेन्टले पोखरामा आयोजना गरेको पाँचौं संस्करणको मिस कल्चर नेपाल–२०१८ को उपाधि सरु अधिकारीले जितेकी छिन् ।
प्रतियोगितामा सन्जु भट्टराई फस्ट रनर्सअप तथा फिया परियार सेकेन्ड रनर्सअप भएका थिए भने निरुता भण्डारी थर्ड रनर्सअप तथा एलिसा श्रेष्ठ फोर्थ रनर्सअप घोषित गरिए ।
ग्रान्ड फिनालेमा पुगेका १७ जनाबीच अन्तिम प्रतिस्पर्धा गराइएको मिस कल्चर नेपाल–२०१८ को फाइनलमा कास्की जिल्लामा क्रियाशील विभिन्न आमा समूहहरूलाई सम्मानसमेत गरिएको थियो ।