नेपाल उद्योग बाणिज्य महासंघ, महिला उद्यम बिकास समितिले ‘महिला उद्यमी प्रबद्र्धन सुमधुर साँझ’ सम्पन्न गरेको छ । महिला उद्यमीहरुको बिकास, विस्तार एवं प्रबद्र्धनका लागि बिभिन्न कार्यक्रम गर्दै आएका संस्थाले यसै साता महिला उद्यमीहरुको प्रबद्र्धनका लागि बिद्यमान परिस्थितिमा देखा परेका प्रमुख बिषयबस्तु एवं मुद्धाहरु र ती बिषयहरुको समाधानका लागि हुनुपर्ने व्यावस्थाबारे सरोकारवाला सबै पक्षहरुको सहभागितामा कार्यशाला गोष्ठी समेत सम्पन्न गरेको छ ।
साँझको कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम भएका थिए । कार्यक्रममा गायिका कुन्ति मोक्तान, गायक संगीतकार बिनोद पछाई, गायिका सिन्धु मल्ल, गायक राजनराज शिवाकोटी लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कुमारी नृत्य, मन्जु श्री नृत्यका साथै अकल्प बुटिककी एलिना श्रेष्ठका डिजाइन र सभा नेपालका डिजाइनमा मोडलहरुले नेपाली ढाका प्रयोग गरेर बनाइएका डिजाइनहरु समेत प्रर्दशनी गरेका थिए । रुकमिनी बास्कोटा, रेजल रोकाय, मुस्कान वाग्ले, साधना शाही ठकुरी, रश्मि पराजुली लगायत १२ जना मोडल र्याम्पमा उत्रेका थिए भने विपास्ना खनालको कोरियोग्राफि रहेको थियो ।

कार्यक्रमलाइ मेघा बैंकले मुख्य प्रायोजन गरेको थियो भने कन्चनजंघा चिया, शिखर शूज, मंगलदीप धुप, भिएलसिसि, आस्था वेरी, युनिलिभर, रागा, लगायतले कार्यक्रमलाई सहयोग पुर्याएका थिए । कार्यक्रममा नेपाल अधिराज्यभरिका उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।
