हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

प्रतिभा सम्मान प्रवन्ध गुठी नेपालले ३ सञ्चारकर्मीलाई सम्मान गरेको छ । समाचारपत्रकी भगवती तिमल्सिना रेडियो नेपालकी कृष्णा ताम्राकार र नारी मासिककी सिर्जना दुवाललाई सम्मान गरेको हो । तिनै सञ्चारकर्मीलाई पत्रकारीता क्षेत्रबाट समग्र समाजमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान गरेको गुठीले जनाएको छ ।
शनिवार बनेपामा आयोजित विशेष सम्मान कार्यक्रममा प्रमुख अतिथि सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्मानित व्यक्तिवलाई दोसल्ला, ताम्रापत्रका साथै नगद १५ हजारले सम्मान गरेका हुन् । प्रतिभा सम्मान गुठीले समाजमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।
सम्मानित व्यत्तित्व तिमल्सिना २५ वर्ष देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ भने ताम्राकार २०१८ सालदेखि रेडियो नेपालमा हिन्दी र नेपालीमा समाचार वाचिकाका रुपमा क्रियाशिल थिईन् । पत्रकार दुवाल हाल नारी मासिकमा कार्यरत छिन् ।
रेडियो नेपालमा समाचारवाचिकाको रुपमा निकै प्रख्यात रहेकी सम्मानीत व्यक्तित्व ताम्राकारले रेडियो नेपालमै रसरंङ्ग, हाजिरीजवाफ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेकी थिईन् ८२ वर्षिया क्यान्सर रोगी ताम्राकारले पंक्षि संरक्षण लगाएत विभिन्न स्वास्थ्य सम्बन्धि चेतनामुलक अभियान पनि सञ्चालन गर्दै आएकी छिन् ।
पत्रकार तिमल्सिान पत्रकारीता बाहेक विभिन्न सामाजिक संघ संस्था मार्फत समाजमा आवद्ध छिन् । यता, १० वर्षको उमर देखिनै नेपाली पत्रकारितामा लागेकी दुवाल नेपाली साहित्यमा पनि देखिएकी छिन् ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले सम्मानित व्यक्तिहरुले समाजमा पुर्याएको योगदानको कदर भएको प्रति खुशी व्यक्त गरेका थिए ।
प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न क्षेत्रबाट समाजमा उल्लेख्य योगदान पुर्याउने ख्यातिप्राप्त व्यक्तिवलाई हरेक वर्ष सम्मान गर्दै आएको बताउदै गुठीका अध्यक्ष मोहन दुवालले काम गर्नेलाई सम्मान गरौं भन्ने भावना सबैमा पलाउनु पर्ने बताएका थिए ।