विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
इन्दिरा भट्टराईले २०५८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर गायनको औपचारिक यात्रा थाल्दा आज जस्तो अवार्डको माहोल थिएन् । केहि समय नेपाली गीत/संगीतमा साधना गरेकी इन्दिरा जब गायनबाट अलि पर पुगिन् गीत/संगीतमा लाग्नेहरुको प्रोत्साहनका लागि थुप्रै अवार्डको स्थापना र वितरण भए । गीत/संगीतको यहि माहोल हेर्दै रमाएकी इन्दिराको पोल्टामा पनि यस पटक भने अवार्ड परेको छ ।
लामो समयको ग्याप पछि गायनमा फर्किएकी यि गायिकाले यो वर्षको ‘मोडल सङ्गस अवार्ड’मा नव गायिकाको अवार्ड हात पारिन् । गतसाता मात्रै युएईको दुबईमा सम्पन्न उक्त अवार्डमा सफलता प्राप्त उनको गीत धेरै वर्षको अन्तराल पछि उनले यसै वर्ष रेकर्ड गराएकी थिईन् ।
उनलाई अवार्ड दिलाउन सफल गीत चलचित्र पत्रकार शान्ति प्रियले लेखेका हुन् भने संगीत सन्तोष श्रेष्ठले दिएका थिए । गीतको म्यूजिक भिडियोमा भने अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री अनु शाहले वियोगान्त भावमा अभिनय गरेका छन् ।
अवार्ड प्राप्त गीतको म्यूजिक भिडियो :