अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
पाँचौं संस्करणको मिस गण्डकीको ग्रान्ड फिनाले आज असोज १२ गते शुक्रबार होटल पोखरा ग्रान्डमा हुँदैछ । मिस गण्डकीको फाइनलमा १५ जना युवतीले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि उनीहरू गत शनिबार ट्यालेन्ट राउन्डमा सहभागी भएका थिए । ट्यालेन्ट राउन्डमा गीत, नृत्य, अभिनय तथा वक्तृत्वकलामार्फत आ–आफ्नो प्रतिभा प्रस्तुत गरे । अडिसनबाट छानिएका प्रतियोगीहरूलाई विभिन्न तालिमपश्चात् उपाधि भिडन्तमा उतार्न लागिएको आयोजक संस्था एसटी क्रिएसनका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।
मिस गण्डकीको कोरियोग्राफी मिस नेपाल वल्र्ड–२००५ सुगरिका केसीले गरिरहेकी छिन् । फाइनल प्रतियोगिताको आकर्षणका रूपमा नृत्य तथा गायनको प्रस्तुतिसमेत समेटिने बताइएको छ ।