दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।
बुटवलमा आयोजित लिटिल स्कुल स्टारको उपाधि आदित्य श्रेष्ठ तथा तमन्ना लम्सालले जितेका छन । एसपीएम क्रिएसन रुपन्देहीले आयोजना गरेको लिटल स्कुल स्टारमा ५ दर्जनभन्दा बढी प्रतिस्पर्धि थिए । गायनमा रुचि राख्ने ११ वर्षिय आदित्यले शिर्ष उपाधि सँगै मिस्टर ट्यालेन्टको उपाधि पनि चुमे ।
प्रतियोगितामा ब्लेस सुवेदी र दिप्सा कर्माचार्य फस्ट रनर अप तथा स्मृत खत्री र क्रिस्टिना थापामगर सेकेन्ड घोषित भए । गिर्वाणा सिंह क्षेत्री र किरण जिसीले भ्यसअर्स च्वाईस अवार्ड हात पारे । यो प्रतियोगीतामा अर्गनाइजर च्वाईस एवार्ड युनेश घताने र लिसा थापामगरले हात पारे ।