आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।
बुटवलमा आयोजित लिटिल स्कुल स्टारको उपाधि आदित्य श्रेष्ठ तथा तमन्ना लम्सालले जितेका छन । एसपीएम क्रिएसन रुपन्देहीले आयोजना गरेको लिटल स्कुल स्टारमा ५ दर्जनभन्दा बढी प्रतिस्पर्धि थिए । गायनमा रुचि राख्ने ११ वर्षिय आदित्यले शिर्ष उपाधि सँगै मिस्टर ट्यालेन्टको उपाधि पनि चुमे ।
प्रतियोगितामा ब्लेस सुवेदी र दिप्सा कर्माचार्य फस्ट रनर अप तथा स्मृत खत्री र क्रिस्टिना थापामगर सेकेन्ड घोषित भए । गिर्वाणा सिंह क्षेत्री र किरण जिसीले भ्यसअर्स च्वाईस अवार्ड हात पारे । यो प्रतियोगीतामा अर्गनाइजर च्वाईस एवार्ड युनेश घताने र लिसा थापामगरले हात पारे ।