प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।

आउँदो २६ असोजमा राजधानीमा ‘जम्बोरी नाइट’ नामक ‘फेसन शो तथा म्युजिकल नाइट’ हुने भएको छ । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न डिजाइनरको क्रियटिभमा पहिरनमा मोडलहरु र्याम्पमा प्रस्तुत हुँदैछन् ।
ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवमा हुने उक्त फेसन तथा म्युजिकल नाइटमा जोजोलप्पा कलेक्शनकी प्रतिमा महर्जन, मृगतृष्णा बुटिककी तृष्णा गुरुङ तथा आईआईएफटीका प्रमिला उप्रेती, सनम लामिछाने र अमृता श्रेष्ठलगायतका फेसन डिजाइनरहरुको क्रियटिभ पहिरनमा एक दर्जन मोडलहरुले र्याम्प नाप्ने इमेन्ट निर्देशक तथा मोडल विपना थापाले बताइन् । उनका अनुसार उक्त कार्यक्रममा विभिन्न गायक/गायिकाको प्रस्तुती समेत रहने छ ।
उक्त फेसन नाइटका लागि आइतबार राजधानीमा मोडलहरुको अडिशन लिइएको छ । सो अडिशनबाट १२ जना व्यवसायी फिमेल मोडलहरु छनोट भएका छन् । अडिशन दिन आएका ४० भन्दा बढी मोडलबाट ती मोडलहरु छनोट गरिएको आयोजकले जनाएको छ ।