‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
मिडिया एड्भोकेसी ग्रुप (म्याग) को अध्यक्षमा पत्रकार अनिता विन्दु सर्वसम्मत चयन भएकी छन् ।
संस्थाको आइतबार राजधानीमा सम्पन्न १२ औँ साधारणसभाले पत्रकार विन्दुलाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाकी अध्यक्ष बबिता बस्नेतको अध्यक्षतामा बसेको साधारणसभाले सात सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा सीता रूपाखेती, महासचिवमा सम्झना बन र कोषाध्यक्षमा रसना ढकाल चयन भएका छन् ।
यसैगरी, सदस्यमा विकास रौनियार, फातिमा बानु र विनिता मरहठ्ठा चयन भएका छन् ।