महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।
मिडिया एड्भोकेसी ग्रुप (म्याग) को अध्यक्षमा पत्रकार अनिता विन्दु सर्वसम्मत चयन भएकी छन् ।
संस्थाको आइतबार राजधानीमा सम्पन्न १२ औँ साधारणसभाले पत्रकार विन्दुलाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाकी अध्यक्ष बबिता बस्नेतको अध्यक्षतामा बसेको साधारणसभाले सात सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा सीता रूपाखेती, महासचिवमा सम्झना बन र कोषाध्यक्षमा रसना ढकाल चयन भएका छन् ।
यसैगरी, सदस्यमा विकास रौनियार, फातिमा बानु र विनिता मरहठ्ठा चयन भएका छन् ।