हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
मिसेस ग्लोबल नेपाल २०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छिन । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोतिगामा शीर्ष उपाधि सहित उनले मस्ट कन्फिडेन्सको अवार्डमा पनि आफ्नो नाममा दर्ता गरिन् ।
प्रतियोगिताको फस्ट रनर अपमा लिलादेवी निरौला विजयी भइन् । उनले बेस्ट ट्यालेन्ट र मिसेस पब्लिक च्वाइसको अवार्ड पनि जितिन् । सिसम कार्की भने सेकेन्ड रनर अप बनिन् । उनले मस्ट ईण्टलिजेन्ट तथा मस्ट पपुलरको अवार्ड पनि उचालिन् ।
थर्ड रनर अपमा भने राधिका रेग्मी विजयी भइन् । उनले मस्ट अट्राक्टिभको अवार्ड पनि प्राप्त गरिन् । अमेजन इन्टरटेन्मेन्टको ब्यानरमा संचालन भएको प्रतियोगितामा हिमानी सुब्बाको कोरियोग्राफी रहेको थियो ।