कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
महिलाका विभिन्न कथाहरुलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘निर्जला’को दसैं गीत सार्वजनिक भएको छ । असोज १९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ‘यसपालीको दसैंमा’बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीत दिनेश सुबेदीले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको गीत बाबुलका साथमा सुजता बर्माले गाएकी छिन् । गीतमा कमल राईको नृत्य निर्देशन छ ।
राजु गिरीले निर्देशन गरेको निर्जलालाई प्रकास चन्द्र न्यौपानेले निर्माण गरेका हुन् भने यसमा रबि कोईरालाको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।
चलचित्रमा किशोर खतिवडा, शुभेछा थापा, राजकुमार थापा, पल्पसा ढंगोल, सुरबिर पण्डीत लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतको भिडियो :