‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

इन्टेरियर डिजाइनर, बेला कासा
हामी धेरै नियमहरूसँग बाँधिएका छौं । त्यसमा पूजाकोठाका केही सिद्धान्त र नियम छन् । हामी पूजाकोठालाई ध्यानमा राखी विशेष योजना बनाउँछौं । योजना बनाउँदा वास्तुअनुसार उक्त कोठा सही ठाउँमा छ कि छैन ध्यान पुर्याउनुपर्छ अन्यथा त्यसको मानसिक तथा शारीरिक दुस्प्रभाव उत्पन्न हुन सक्छ ।
वास्तुअनुसार पूजाकोठा
- पूजाकोठा सधै उत्तर पूर्व वा पूर्वतिर हुनुपर्छ ।
- पूजा पूर्व वा उत्तरतिर फर्केर गर्नुपर्छ ।
- पूजा गर्दा भगवान्को मूर्ति वा मूर्तिको खुट्टा आफ्नो छातीको स्तरमा हुनुपर्छ ।
- पूजाकोठा बाथरुमको भित्तासँग जोडिएको हुनुहुँदैन ।
- पूजाकोठामा सेतो, लेमन ग्रिन वा लाइट ब्लु कलर लगाउँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
- सेतो रंगको मार्बल पूजाकोठाका लागि उत्तम मानिन्छ ।
- पूजाकोठाका झ्यालढोका उत्तर वा पूर्वमा हुनुपर्छ ।
- अग्निकुण्ड पूजाकोठाको साउथ इस्टतिर राख्नु उपयुक्त मानिन्छ ।
- पूजाकोठाभित्र भगवान्लाई सीधै भुईंमा राख्नु हुँदैन । सकभर मन्दिर बनाएर राख्नुपर्छ ।
- मन्दिर वास्तुअनुसार काठ वा संगमरमरको बनाउन सकिन्छ ।
- पूजाकोठा एकदमै सफा–सुग्घर राख्नुपर्छ । त्यहाँ माकुराको जालो, मुसाको चलखेल अनि धूलो–मैलो आदि हुनुहुँदैन ।
- दियो पूजा गर्ने व्यक्तिको दायाँ साइडमा राख्नुपर्छ । दियोले पूजाकोठाको आकर्षण बढाउँछ । दियो छनोट तथा प्लेसमेन्ट मन्दिरको डिजाइनमा भर पर्छ ।
- दियोका साथै बत्तीको प्लेसमेन्ट त्यसैगरी मिलाएर राख्नुपर्छ । जसले मन्दिरको शोभा बेग्लै देखिन्छ र पूजाआजा वा चाडपर्वको रौनक बढाउँछ ।
- पूजाकोठामा जीवित वा स्वर्गीय पूर्वजहरूको तस्बिर राख्नु हुँदैन ।
- साना स्ट्ेरहरू भए पूजा सामग्री राख्न सजिलो हुन्छ । त्यसमा पूजा सामग्री तथा भाँडा स्टोर गरेर राख्न सकिन्छ ।
- कोठाको आकर्षण बढाउन विभिन्न सजाबटी सामग्री प्रयोग गर्न सकिन्छ ।
स्टोन इन्ले : पूजाकोठामा स्टोन इन्ले राखे बेग्लै लुक्स प्राप्त हुन्छ ।
जाली : जालीको प्रयोगले सीधै भगवान् नदेखिनुका साथै पूजाकोठामा ॐ वा स्वस्तिक चिन्हको जालीले कोठाको महत्व बढाउँछ ।
घन्टी : थप घन्टी पूजा गर्ने ठाउँमा
ह्यांगिङ चेनका रूपमा डिजाइन गरी सजाउन सकिन्छ । त्यसमा धेरै घन्टीबाट एकैपटक एउटै स्वर आउँदा वातावरण मोहक हुन्छ ।
करेन कट : करेन सीटहरूमा भगवान्का इमेजहरू इनर्जिङ
गरी पछाडिबाट लाइट पास
हुने गरी पूजाकोठाको सुन्दरता बढाउन सकिन्छ ।