रोहिणी–गौरवको फिट जोडी
भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् ।
गत साता राजधानीमा सम्पन्न ‘टिन प्रिन्सेस् नेपाल २०१८’ को उपाधि अल्विना तिमल्सिनाले उचालेकी छिन् । उनले मिस ब्युटिफुलको अवार्ड सहित प्रतियोगीताको शिर्ष उपाधि उचालेकी हुन् ।
र्याम्प जोन इन्टरटेन्मेन्टको ब्यानरमा सम्पन्न उक्त प्रतियोगितामा समिना नकर्मी फस्ट रनर अप, सविना धानुक सेकेन्ड रनरअप बन्न सफल भए ।
अन्य उपाधि तर्फ मस्ट पपुलरमा मोमिला भुजेल मगर, बेस्ट पर्सनालिटीमा निशा लता राई, मस्ट फोटोजेनिकमा आरती चौलागाई, मस्ट डेडिकेटेडमा तारा दयाल, बेस्ट क्याटवाकमा शान्ति ढकाल, बेस्ट स्माईलमा आस्मा खड्का, मस्ट ट्यालेन्टमा सविना धानुक चयन भएका थिए ।