प्रकृतिको अनुपमसँग पार्क भिलेज रिसोर्ट
कंक्रिट सहरभित्रै पनि टनेलबाट छिरेपछिको विशाल र घना जंगल जस्तो संसार यहाँको मुख्य विशेषता हो ।
बहुराष्ट्रिय कम्पनी युनिलिभरअन्तर्गतको नेपाली कम्पनी युनिलिभर नेपालले लुगा धुने नयाँ साबुन व्हील टु इन वान लन्च गरेको छ । नयाँ जमानाको नेपाललाई नयाँ जमानाकै लुगा धुने साबुनको खाँचो भएको कुरालाई मध्यनजर गर्दै कम्पनीले व्हील टु इन वान नेपाली बजारमा उतारेको कुरा बताएको छ ।
व्हील टु इन वानले गहिरो सफाइ दिनुका साथै यसमा हजारौं फूलको वासना समावेश छ । व्हील टु इन वानको प्रचारमा नायिका प्रियंका कार्की तथा नायक एवं निर्देशक अर्पण थापा आबद्ध छन् ।
पुरानो जमानाको साधारण नाङ्गो साबुनको जमाना गएको र अहिले नयाँ लुगा धुने साबुन व्हील टु इन वानको आवश्यकता रहेको कुरालाई यो साबुनको प्रचारमा प्रमुखता दिइएको छ ।