‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

नेपाल सीआरएसद्वारा वितरित आकस्मिक गर्भनिरोधक चक्की ई–कन अब एउटै चक्कीमा उपलब्ध हुन थालेको छ । विगतमा ई–कनको एउटा चक्की खाइसकेपछि अर्को चक्की खान बिर्सिने सम्भावना सर्वेक्षणका क्रममा देखिएको हुनाले ग्राहकको चाहनाअनुसार १.५ एमजिलेभोनोरजेसत्रेल(1.5mg Levonorgestrel) कम्पोजिसनमा ई–कन एक चक्कीमा उपलब्ध गराइएको कम्पनीले बताएको छ ।
असुरक्षित यौनसम्पर्क भएको १ सय २० घन्टाभित्र जतिसक्दो छिटो ई–कन खाइयो, यो त्यति नै बढी प्रभावकारी हुन्छ । ई–कन आकस्मिक गर्भनिरोधक चक्की मात्र भएको र यसलाई नियमित परिवार नियोजनको साधन बनाउन नहुने र यसले एच.आई.भी. तथा अन्य यौनजन्य रोगहरू सर्नबाट नरोक्ने जानकारी पनि कम्पनीले दिएको छ ।