नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
विद्यालयमा अध्ययनरत छात्राहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’ सम्पन्न भएको छ । सहभागिको उमेर अनुसार दुई समूहमा विभाजन गरी संचालन गरिएको सो प्रतियोगिता सिनियरतर्फ प्रशंसा रायमाझी र जुनियर तर्फ सारिका प्रजापतिले लिटिल मिस हेरिटेज नेपाल २०१८ को ताज पहिरिन सफल भएका छन् ।
प्रतियोगितामा सिनियरतर्फका सुभासिनी काफ्ले फस्ट रनर अप छानिएकी थिइन् भने जुनिएर तर्फका आर्या पाण्डेले पब्लिक भ्युअर च्वाइस अवार्डमा आफ्नो नाम दर्ता गराइन् ।
प्रतियोगिता ई प्लानेट प्रा.लि.को सहकार्यमा जेनिथ इन्टरटेन्मेन्टले अयोजना गरेको हो । कार्यक्रम तीनकुने स्थित रोयल ब्याङ्क्वेट एण्ड इभेन्ट्समा संचालन भएको थियो । प्रतियोगिताका विजेताले बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउने बताइएको छ ।