मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।

“तमसोमा ज्योतिर्गमय’ शिर्षकको कलाकार सन्ध्या रेग्मीको नवौं एकल चित्रकला प्रदर्शनी भएको छ । गतसाता राजधानीको नेपाल कला परिषद बबर्महलमा जर्मनीका महामहिम राजदूत दम्पत्ती रोल्यान्ड शेफरले उनको चित्रकला प्रदर्शनीको समुद्घाटन गरेका थिए ।
सन २०१३ मा “बुद्धका अनुहारहरु’ शिर्षकको सातौँ एकल चित्रकला प्रदर्शनीबाट ख्याती कमाएकी सन्ध्या रेग्मीले नेपाल र बिदेशमा गरी नौ पटक सम्म आफ्नो पेन्टिङहरु प्रदर्शन गरिसकेकी छिन् ।
बुद्ध शान्ति फाउन्डेसनले गरेको उक्त चित्रकला प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महमृत्युजन्य मन्त्र लगायत अमुर्त र अर्धमुर्त शैलीका चित्रहरु समावेश गरेका थिए । इञ्जिनियर समेत रहेकी कलाकार रेग्मीले मुलुकमा भएको १० वर्ष लामो गृहयुद्धमा सर्वसाधारण नागरिकमा परेको असहज परिस्थिति, भयलाई प्रस्तुत गरेकी छिन् ।
गायत्री मन्त्रका आधारमा मृत्युबाट जीवन, अन्धकारबाट उज्यालोमा जान सक्ने शिक्षा र सन्देश चित्रमा देखाइएको छ । भूकम्पको समयमा नागरिकमा आएको निराशालाई पनि चित्रबाट देखाउन खोजिएको छ ।