Successfully Copied

१२ करोडको गाडी उपहार

सामाजिक सेवामा पनि सक्रिय भद्रकलाले आफ्नै अगुवाईमा ‘चाँगे धर्ती आमा कोष’ समाजिक संस्था दर्ता गरेकी छिन् । समाज कल्याण परिषदमा दर्ता उक्त कोष ताप्लेजुङ्को चाँगेमा सामाजिक उत्थान र सहयोगका लागि स्थापना गरिए पनि पछिल्लो समय मानविय हितका विभिन्न सहयोगका लागि प्रयोग भईरहेको छ

श्रीमान श्रीमती एकअर्काका सारथी हुन्, दुख सुखका साथी । सँगै ज्युने मर्ने भनि लगन गाठो कसेका जोडी कहिल्यै नजोड्निे गरि छुटेका पनि छन् तर दुई दशकको वैवाहिक यात्रामा पनि नव जोडीझै देखिन्छन् हङ्कङका ओमप्रकाश राई र भद्रकला आङ्बुहाङ राई । हङकङको ब्यस्तताबीचमा पनि एकअर्कालाई दिईने सद्भाव र प्रेमले प्रत्येक दिन नौलो लागेको बताउँछिन भद्रकला ।

आफ्नो प्रेमलाई दर्शाउँनका लागि ओमप्रकाशले श्रीमती भद्रकलालाई गाडी सरप्राईज गिफ्ट दिए । बिएमडब्लु कर्पोरेशनले स्थापनाको ५० औँ बर्षमा लञ्च गरेको विशेष डिजाईनको बिएमडब्लु एक्स फाईभ २०१८ गिफ्ट गरेका राईले यसको बजार मुल्य नेपाली रुपैयाँ १२ करोड ४१ लाख आठ हजार पर्ने बताए ।  

मैले मेरो प्रेमलाई पैसासँग भन्दा पनि मेहनत गरेको कमाईबाट उसलाई सरप्राईज गिफ्ट गरेको हुँ, महिलाहरु पनि सक्षम छन्, घरको चुलोचौको भन्दा बाहिर निस्कन सके धेरै कुरामा अघि बढ्न सक्छन् भन्ने सोचलाई पुष्टि गर्न पनि यो आवश्यक थियो ओमप्रकाश बताउँछन् ।

त्यसो त भद्रकलाको आफ्नै परिचय छ, गिती लेखन । उनको सयौं रचनाले नेपाली सांगितीक बजार तताएको छ । ‘तिम्रो यादमा आज आँसु बगाउँछु’ भन्ने गीतबाट लेखनको यात्रा शुरु गरेकी उनले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । शुरेश अधिकारीको एकल संगीतमा ‘अजम्बरी गिती’ सङ्ग्रह निकाले पश्चात सबैको नजरमा परेकी भद्रकलाका गीतहरु नेपालका चर्चित गायक गायीकाहरुले गाईसकेका छन् । पछिल्लो समय उनकै शब्द बादल लिम्बुको संगीतमा राजेशपायल राईको स्वरमा रेकर्ड भएको ‘मैले मायाले दिएको चिनो’ चर्चामा छ ।

सामाजिक सेवामा पनि सक्रिय भद्रकलाले आफ्नै अगुवाईमा ‘चाँगे धर्ती आमा कोष’ समाजिक संस्था दर्ता गरेकी छिन् । समाज कल्याण परिषदमा दर्ता उक्त कोष ताप्लेजुङ्को चाँगेमा सामाजिक उत्थान र सहयोगका लागि स्थापना गरिए पनि पछिल्लो समय मानविय हितका विभिन्न सहयोगका लागि प्रयोग भईरहेको छ ।

 Image