सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
                            
              
सानो कोठालाई ठूलो देखाउन भित्तामा लगाइने रंगको भूमिका कस्तो हुन्छ ?
भित्तामा लगाइने रंगले घरलाई राम्रो बनाउनुका साथै कोठाको आकारलाई पनि प्रभावित गर्छ । कोठालाई कस्तो रूप दिने भन्ने कुरामा भित्तामा लगाइने रंगको महत्वपूर्ण भूमिका हुन्छ ।
कस्तो रंग लगाउँदा कोठा ठूलो देखिन्छ ?
भित्तामा कहिल्यै डार्क रंग लगाउनु हुँदैन । यसले कोठा अझ सानो देखिन्छ । लाइट कलर लगाउँदा कोठा ठूलो देखिन्छ । लाइट कलरले कोठालाई पूर्णरूपमा उज्यालो बनाउँछ ।
कोठाको सिलिङमा कस्तो कलर लगाउनुपर्छ ?
सानो कोठाका लागि सिलिङमा सादा सेतो रंग प्रयोग गर्नुपर्छ । सेतो रंगको प्रयोगले कोठा अग्लो देखिन्छ ।
यस्तो कोठाका लागि फर्निचर छनोट गर्दा कुन कुरामा ध्यान दिनुपर्छ ?
फर्निचर किन्नुअघि कोठामा राखिने वा राखिएको कार्पेट एरियालाई ध्यान दिनुपर्छ । त्यसका साथै त्यो कोठामा आवश्यक वस्तु वा कुन कामका लागि प्रयोग हुने कोठा हो त्यसलाई ध्यान दिएर मात्र फर्निचर छनोट गर्नुपर्छ ।
कस्ता फर्निचर उपयुक्त हुन्छन् ?
स्लिम तथा स्लिक फर्निचर छान्नुपर्छ । यस्ता फर्निचर सानो ठाउँमा पनि राम्रोसँग राख्न सकिन्छ ।