छठ पर्व सम्पन्न
बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो ।
जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै कान्तिका देशकै पहिलो महिला मेयर बनेकी हुन् ।
बुधबार राति सम्पन्न मत गणनामा कान्तिकाले एमालेका शान्तिलाल महतलाई ७११ मत अन्तरले पछार्दै नगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् । उनले कुल २ हजार ७ सय ७७ मत पाएकी थिइन । उनको पति कांग्रेसका स्थानीय नेता मानव सेजुवालको २ वर्षअघि विमान दुर्घटनामा परी निधन भएको थियो ।