दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै कान्तिका देशकै पहिलो महिला मेयर बनेकी हुन् ।
बुधबार राति सम्पन्न मत गणनामा कान्तिकाले एमालेका शान्तिलाल महतलाई ७११ मत अन्तरले पछार्दै नगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् । उनले कुल २ हजार ७ सय ७७ मत पाएकी थिइन । उनको पति कांग्रेसका स्थानीय नेता मानव सेजुवालको २ वर्षअघि विमान दुर्घटनामा परी निधन भएको थियो ।