Successfully Copied

तपाईं कति स्मार्ट हुनुहुन्छ ?

आवश्यकता परेकै बेला भान्सामा चाहिने वस्तु कम हुन्छ

१.    आवश्यकता परेकै बेला भान्सामा चाहिने वस्तु कम हुन्छ....

    (क)    कहिल्यै होइन,

    (ख)    कहिलेकाहीँ,

    (ग)    धेरैजसो ।

२.    अघिल्लो महिनाको फोन तथा बिजुलीको बिल तपाईंले कहाँ राख्नुभएको छ ?

    (क)    फाइलमा,

    (ख)    पहिलेजस्तै सिरानीमुनि,

    (ग)    थाहा छैन, खोज्नुपर्ने हुन्छ ।

३.    घन्टौं लाइनमा बस्नुभन्दा नेट बैंकिङ र फोन बैंकिङ प्रयोग गर्नुहुन्छ.....

    (क)    अवश्य गर्नुहुन्छ, कारण सुविधा आफ्नै लागि त हो,

    (ख)    धेरै कम,

    (ग)    नेट बैंकिङका बारेमा जानकारी छैन ।

४.    बचतका बारेमा तपाईंको राय....

    (क)    सानो बचत, ठूलो फाइदाका बारेमा विचार गरी नियमित रकम जम्मा गर्नुहुन्छ, इन्स्योरेन्स प्लान लिनुहुन्छ,

    (ख)    बैंकमा बचत खाता छ,

    (ग)    यो कुरा पतिदेवले विचार गर्नुपर्छ ।

५.    तपाईंले पछिल्लो पटक कहिले आफ्नो इमेल जाँच गर्नुभयो ?

    (क)    आज बिहान,

    (ख)    १५ दिन पहिले,

    (ग)    मैले इमेल अकाउन्ट खोलेकी छैन ।

६.    अचानक घर आइपुगेका पाहुनाको स्वागत गर्नुपर्दा...

    (क)    घरमै केही कुरा फटाफट बनाउनुहुन्छ र केही घरबाहिरबाट मगाउनुहुन्छ,

    (ख)    पाहुनाको भरपूर स्वागत गर्नुहुन्छ,

    (ग)    यिनीहरूलाई आजै आउनुपर्ने भनेर सोच्नुहुन्छ ।

७.    आफ्ना छोराछोरीको नजरमा तपाईं...

    (क)    आदर्श आमा,

    (ख)    स्नेही आमा,

    (ग)    सामान्य आमा ।

८.    तपार्इंको वार्डरोबमा...

    (क)    पछिल्लो फेसनका पहिरन र सुहाउँदा एसेसरिज छन्,

    (ख)    परम्परागत पहिरनहरू छन्,

    (ग)    अस्त–व्यस्त छ ।

 ९.    स्ट्रेस म्यानेजमेन्टका लागि...

    (क)    तनावलाई ठाउँ दिनुहुन्न,

    (ख)    मेडिटेसनलाई प्राथमिकता दिनुहुन्छ,

    (ग)    एकपटकमा एउटा मात्र काम गर्नुहुन्छ ।

१०.    श्रीमान्ले नयाँ मोबाइल खरिद गरी फङ्सनका बारेमा तपाईंलाई बताउन चाहनुहुन्छ, यस्तोमा तपाईंं .........

    (क)    रुचिपूर्वक उनको कुरा सुन्नुहुन्छ र सिक्नुहुन्छ,

    (ख)    उनको मन राख्न कुरा सुनेजस्तो गर्नुहुन्छ,

    (ग)    व्यस्तता देखाउनुहुन्छ ।

११.    के तपाईंले घरमा कामको बाँडफाँड गर्नुभएको छ ?

    (क)    बालबालिकालाई जिम्मेवारी बोध गराउन यो जरुरी छ ।

    (ख)    अधिकांश काम आफैं गर्नुहुन्छ,

    (ग)    घरमा बाँडफाँड सम्भव छैन, सबैजना आ–आफ्नै इच्छाका मालिक छन् ।

१२.    विपरीत परिस्थितिमा ....

    (क)    धैर्य एवं शान्तिपूर्वक विचार गर्नुहुन्छ,

    (ख)    हडबडाउनुहुन्छ,

    (ग)    निराश भएर रुन थाल्नुहुन्छ ।

स्कोर

१.    अधिकांश उत्तर (क) छ भने तपाईं पूर्णरूपमा स्मार्ट वुमन हुनुहुन्छ । तपाईंमा स्वयं निर्णय गर्ने क्षमता छ । घरमा सबैसित राम्रो सम्बन्ध छ । तपाईं हँसमुख हुनुहुन्छ अनि प्रतिकूल परिस्थितिबाट प्रभावित हुनुहुन्न । यी सबै कारणले तपाईं जीवनका हरेक मोडमा सफल हुनुहुन्छ ।

२.    अधिकांश उत्तर (ख) छ भने तपाईंले केही प्रयास गर्नुपर्छ । तपार्इंले आफूलाई सफल साबित गर्न सक्नुहुन्छ । आफ्नो ज्ञान अपडेट गर्न प्रविधिसित जोडिनुपर्छ । तपाईंमा क्षमता छ, तर त्यसमा निखार ल्याउनु जरुरी छ ।

३.    अधिकांश उत्तर (ग) छ भने तपाईंका लागि मार्ग केही कठिन छ, तर असम्भव छैन । सर्वप्रथम आफ्नो हीन भावनालाई त्याग्नुहोस् । स्मार्टनेस पहिरन र शृंगारबाट मात्र आउँदैन, न त शारीरिक सुन्दरता स्मार्टनेसको मापदण्ड हो । आजको दिनमा प्रेजेन्टेबल रहनु नै आफ्नो सफलताको उचाइ पुग्ने माध्यम हो । दृढ इच्छाशक्तिको प्रयोग गरी स्वयंलाई प्रमाणित गरियो भने लक्ष्य टाढा हुँदैन ।

 Image