Successfully Copied

के तपाईं असल बुहारी हुनुहुन्छ ?

ह र सम्मानपूर्वक जीवन जिउनका लागि प्रेरित गर्नुभएको छ ।

के तपाईं असल बुहारी हुनुहुन्छ ?

.    के तपाईंले आफन्तबाटै अपहेलित भएकी सासूलाई .....

    (क)    स्नेह र सम्मानपूर्वक जीवन जिउनका लागि प्रेरित गर्नुभएको छ ।

    (ख)    कोसिस त गरिएको छ तर सफलता प्राप्त भएको छैन ।

    (ग)    यो उनको र छोराछोरीका बीचको कुरा हो, मलाई वास्ता छैन । 

२.    के आफ्नो सासुलाई उपहार दिनुहुन्छ ?

    (क)    सासू होइन, उनी मेरी आमा हुन्, उपहार प्राप्त गरेपछि उनी खुसी हुन्छिन्, तब राम्रो लाग्छ ।

    (ख)    कुनै विशेष अवसरमा उपहार दिने गर्छु ।

    (ग)    सासू केटाकेटी त होइनन् नि । 

३.    घरको सजावटमा परिवर्तन ल्याउँदा .....

    (क)    सासूको सल्लाह अवश्य लिनुहुन्छ ।

    (ख)    उनलाई जानकारी दिनु नै पर्याप्त छ ।

    (ग)    यो मेरो घर हो, मलाई जे इच्छा हुन्छ, त्यस्तै गर्छु । 

४.    के सासूको जन्मदिन र विवाहको एनिभर्सरीलाई सम्झनुहुन्छ ?

    (क)    उनलाई सबैभन्दा पहिले बधाई दिएर चरणस्पर्श गर्छु ।

    (ख)    याद भयो भने बधाई दिन्छु ।

    (ग)    बेवास्ता गर्छु । 

५.    के हरेक खुसीमा सासूलाई सहभागी गर्नुहुन्छ ?

    (क)    अवश्य पनि, उनीबिना हरेक खुसी अधुरो हुन्छ ।

    (ख)    सासू मात्र नभई, सबैलाई खुसीमा समावेश गर्ने गर्छु, सबै बराबर छन् ।

    (ग)    सासूलाई आफ्नो खुसीमा सहभागी गर्नु आवश्यक ठान्दिन ।

६.    सासूको स्वास्थ्यप्रति सचेत रहनुहुन्छ ?

    (क)    समय–समयमा उनको औषधी र खानपानमा पूरा ध्यान पुर्‍याउछु ।

    (ख)    कहिलेकाहीँ उनलाई औषधी लिन र खानपानका लागि भन्ने गर्छु ।

    (ग)    मलाई अरु पनि काम छ, आफ्नो स्वास्थ्यको ध्यान त उनी स्वयं नै राख्न सक्छिन् ।

७.    सासूलाई समय दिनुहुन्छ ?

    (क)    दुवै जना हरेक दिन केही समय सँगै बिताउछौं ।

    (ख)    कहिलेकाहीँ साँझतिर कुराकानी गर्छु ।

    (ग)    हालखबर सोध्नका लागि समय नै पाइँदैन । 

८.    बालबालिका आफ्नो हजुरआमालाई सम्मान दिने गर्छन् ?

    (क)    दिन्छन्, अजुरआमा त तिनको बेस्ट फ्रेन्ड हुन् ।

    (ख)    थोरै–थोरै । 

    (ग)    हजुरआमा तिनलाई ओल्ड टाइप महसुस हुन्छ । 

९.    माइती पक्षको आगमन हुँदा......

    (क)    सासू र माइती पक्ष एकसाथ बसेर हाँसीखुसी कुराकानी गर्छन् ।

    (ख)    माइती पक्षलाई आफ्नो कोठामा लगेर कुरा गर्छु ।

    (ग)    माइती पक्षलाई अलग लगेर सासूबारे गुनासो पोख्छु । 

१०.    अफिसबाट श्रीमान् घर फर्कंदा.....

    (क)    तिनलाई आफ्नो आमामाथि समय बिताउन भन्ने गर्छु ।

    (ख)    श्रीमान्सित आफैं समय बिताउन रुचाउनुहुन्छ ।

    (ग)    श्रीमान्सित सासूको गुनासो पोख्नुहुन्छ । 

११.    सासू तपाईंका लागि के हुन् ?

    (क)    आमाभन्दा माथि, जसको छत्रछायाँमा जीवन सुखमय छ ।

    (ख)    घरको जिम्मेवारीबाट छुटकारा प्राप्त गर्ने एउटा माध्यम ।

    (ग)    मात्र पुरातन सोच र बोझको बन्धन । 

१२.    के तपाईं खुसी खुसी घरको उत्सव र चाडपर्वमा सहभागी हुनुहुन्छ ?

    (क)    अवश्य पनि, कारण उत्सव र चाडपर्वले नै घरमा खुसियाली ल्याउँछ ।

    (ख)    समाजमा रहँदा यो सबै गर्नुपर्छ ।

    (ग)    आफ्नो ढंगबाट चाडपर्व मनाउँछु । 

परिणाम

अधिकांश उत्तर क हो भने : तपाईं एक आदर्श र कुशल बुहारी हुनुहुन्छ । तपाईं र तपाईंको सासूको सम्बन्ध उदाहरणीय छ । सम्बन्धको गरिमा बनाइराख्न तिनको आदर र स्नेहबाट सिंचाइ गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ । आफ्नो सेवा र त्यागको परिणाम भविष्यमा सन्तानका रुपमा अगाडि आउँछ भन्ने मान्नुहुन्छ । तपाईं उनीहरु पनि यी गुणलाई तिनका जीवनमा उतार्नेतर्फ अग्रसर हुन्छन् भन्ने मान्नुहुन्छ, कारण तपाईं नै तिनको पहिलो गुरु हुनुहुन्छ ।

अधिकांश उत्तर ख हो भने : तपाईं आफ्नो सासूलाई सम्मान त दिनुहुन्छ तर मनैदेखि होइन, यो तपाईंको व्यवहारबाट पनि कहीँ न कहीँ व्यक्त हुन्छ । अत: सासूको निरीह आँखामा हेर्ने कोसिस गर्नुपर्छ, कतै तिनका आँसु मौन रुपमा बाहिर निस्कनुपूर्व नै तिनको मनमा झरेर बसेको त छैन । यी आँसुलाई तपाईंले देख्न सक्नुहुन्न तर प्रभाव भने तपाईंका बालबालिकामा देखा पर्नेछ जब तिनले पनि तपाईंलाई उचित सम्मान दिदैनन् । अत: समय छँदै सम्हालिनुपर्छ ।

अधिकांश उत्तर ग हो भने : तपाईं कतैबाट पनि असल बुहारी सावित भएरहनुभएको छैन । यसबाट सम्बन्ध मजबुत बन्नुको साटो थप बिग्रन्छ । तपाईं सम्बन्धमा स्पेस चाहनुहुन्छ तर स्वतन्त्रता र बहिष्कारमा अन्तर हुन्छ भन्ने बुझ्नु पनि जरुरी छ । काँडा रोपेर फूलको आशा गर्नु मूर्खता हुन्छ ।

 Image