मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।

उपचारका विभिन्न पद्धति छन्–एलोपेथिक, होमियोपेथिक, नेचुरोपेथी, अकुपञ्चर आदि । सामान्यतया नर्सिङ अध्ययन गरेकाहरूलाई एलोपेथिक पद्धतिका सम्बन्धमा सिकाइन्छ । यद्यपि अहिलेको विश्वबजारमा एउटा विधि मात्र पर्याप्त हुँदैन । यी सबै पद्धतिका बारेमा आधारभूत ज्ञान आर्जन गर्नु नै होलिस्टिक नर्सिङ हो । यसअन्तर्गत आयुर्वेदिक, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापी, नेचुरोपेथी, होमियोपेथी, योग आदि सम्पूर्ण उपचार विधिका बारेमा आधारभूत ज्ञान दिइन्छ । एलोपेथिक मात्र नभएर अन्य सबै किसिमका उपचार विधिका बारेमा जानकारी पाइने होलस्टिक नर्सिङका लागि तालिम लिइसकेपछि रोजगारीको बाटो खुकुलो हुने सम्भावना बढी हुन्छ । अहिले सरकारी तथा निजी क्षेत्रबाट प्राकृतिकका साथै आयुर्वेदिक उपचार केन्द्र एवं अस्पताल स्थापना हुने क्रम बढेको छ । यसले होलस्टिक नर्सिङमा रोजगारीको सम्भावना बढ्दै गएको छ । अहिले विश्वमै आयुर्वेदिक एवं प्राकृतिक चिकित्सा विधि लोकप्रिय हुँदै गएको छ । नेपालमा अहिले होलिस्टिक नर्सिङसम्बन्धी छोटो अवधिको कोर्स गर्न सकिन्छ ।