Successfully Copied

घरपालुवाको निवास

हामी आफ्ना लागि घर बनाउँदा सबै कुरामा ध्यान पुर्‍याउँछौं । सुत्ने कोठा, खाने कोठा, बालबालिकाको कोठा कस्तो हुनुपर्छ सबै कुरा विचार पुर्‍याएका हुन्छौं ।

हामी आफ्ना लागि घर बनाउँदा सबै कुरामा ध्यान पुर्‍याउँछौं । सुत्ने कोठा, खाने कोठा, बालबालिकाको कोठा कस्तो हुनुपर्छ सबै कुरा विचार पुर्‍याएका हुन्छौं । जसरी हामी आफ्नो बस्ने ठाउँको ख्याल राख्छौं त्यसरी नै आफ्नो प्यारो घरपालुवालाई पनि उसको आवश्यकताअनुसार बस्ने, सुत्ने र खेल्ने ठाउँ उपलब्ध गराउनुपर्छ ।

आफ्नो घर कम्पाउन्ड हेरी घरपालुवा कुकुरको छनोट गर्नु उपयुक्त हुन्छ । सानो कम्पाउन्ड भएको घरमा सानै जातको कुकुर पाल्नु उपयुक्त हुन्छ । कुकुरलाई पनि उनीहरूको शारीरिक बनावटअनुसार बस्ने फराकिलो ठाउँ तथा खेल्ने ठाउँ आवश्यक हुन्छ । यथेष्ट रूपमा घरभित्र खेल्ने ठाउँ दिएका छौं र बाहिर बिहान-बेलुका घुमाउँछौं भने उनीहरूलाई चाहिने शारीरिक अभ्यास पुगेको हुन्छ र उनीहरू स्वस्थ हुन्छन् । जसरी हामी सुत्ने बेलामा आफ्नो ओछ्यानमा जान्छौं, त्यसैगरी घरपालुवालाई पनि आराम गर्न खोर अथवा केनलको आवश्यकता हुन्छ । कुकुरलाई भरसक कम समय खोरमा राख्नुपर्छ । चौबीसै घन्टा खोरमा थुन्नु हुँदैन ।

कस्तो हुनुपर्छ घरपालुवा बस्ने ठाउँ ?

-    घरपालुवा बस्ने खोर-केनल सफा, घाम लाग्ने तथा पानी नजम्ने ठाउँमा हुनुपर्छ ।

-    पूर्णरूपले हावा आवत-जावत हुने ठाउँ हुनुपर्छ ।

-    चर्को घामबाट बच्ने उपायसहित खोर बनाउनुपर्छ ।

-    खोरभित्र उक्लिन र ओर्लन सक्ने हुनुपर्छ ।

-    केनलको उचाइ जमिनभन्दा कम्तीमा आधा फिट माथि हुनुपर्छ ।

-    केनलभित्र खाना र पानी राख्ने ठाउँ हुनुपर्छ ।

-    केनल जाडो र गर्मी दुवैलाई हुने गरी काठ तथा फलामले बनाउनुपर्छ ।

केनलको बनाबट

कुनै पनि जातको घरपालुवाका लागि केनल निर्माण गर्दा सबैभन्दा पहिलेे त्यो खोरभित्र घरपालुवा राम्रोसँग घुम्न सकोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । खोरको उचाइ कुकुरको टाउको भन्दा ६ इन्चमाथि हुनुपर्छ अर्थात् खोरभित्र घरपालुवा मजाले बस्न तथा सुत्न सक्नुपर्छ । आफ्नो घरपालुवाका लागि खोर अथवा केनल बनाउँदा एउटा साधारण फर्मुला आफैले प्रयोग गर्न सकिन्छ ।

यसका लागि घरपालुवाको लम्बाइबाट पुच्छरको फेदसम्म नाप्नुहोस् (इन्चमा) त्यसमा ६ इन्च थप्नुहोस् र थपेर आएको संख्यालाई त्यति नै संख्याले गुणन गर्नुहोस् र आएको संख्यालाई १४४ ले भाग गर्नुहोस् । यसबाट आएको अंक जति हुन्छ त्यति नै स्क्वायर फिटको खोर बनाउनुहोस्  । यो नापको खोर घरपालुवाका लागि आरामदायक वासस्थान साबित हुन्छ ।

एडभान्स पेट हस्पिटल एण्ड रिसर्च सेन्टर

विशालनगर

 Image