Successfully Copied

आमाछोरी उस्तै

स्नेहा राणाको सुन्दरतालाई सदाबहार मानिन्छ। उमेर बढे पनि उनी अझ सुन्दर देखिँदैछिन्। मेकअप आर्टिस्टका रूपमा स्थापित स्नेहा घरपरिवारको

स्नेहा राणाको सुन्दरतालाई सदाबहार मानिन्छ। उमेर बढे पनि उनी अझ सुन्दर देखिँदैछिन्। मेकअप आर्टिस्टका रूपमा स्थापित स्नेहा घरपरिवारको व्यवस्थापनमा पनि कुशल छिन्। सौन्दर्यको मामिलामा उनकै सिको गरिरहेकी छिन् छोरी सुनयनाले। उनकी २३ वर्षीया छोरी सुनयनालाई पहिलो पटक देख्ने जोकोहीले स्नेहाजस्तै भनेको स्नेहा र सुनयना दुवै बताउँछन्। यस्तो प्रतिक्रिया आउँदा दुवैको मन रमाउँछ। सुनयना स्नेहाजस्तै देखिए पनि उनी आफू क्रियटिभ नभएका कारण मेकअप आर्टमा आफ्नो भविष्य देख्दिनन्। उनलाई पढ्ने-लेख्ने कुरामा रुचि छ। भारतमा पढेकी सुनयनाले आफ्नै रुचिका कारण सेन्ट जेभियर्स मुम्बईबाट मास कम्युनिकेसनमा ब्याचलर गरेकी छिन्। उनी अहिले नेपाली टाइम्समा मार्केटिङ तथा पत्रकारिता गर्दैछिन्। १ वर्षपछि मास्टर गर्न बाहिर जाने सोच बनाएकी सुनयनाले नेपालमा आएर दुई वटा र्‍याम्प शो गरिसकेकी छिन्। सुन्दर आमाकी छोरी भएकोमा खुसी मान्ने सुनयनाले आफ्नी आमा स्नेहा बाहिरी रूपमा मात्र नभएर भित्री रूपमा पनि उत्तिकै सुन्दर भएको बताइन्। स्नेहालाई उनी मायालु, केयरिङ, काम गर्न उत्साह दिने आइडियल आमाका रूपमा लिन्छिन्। साथीजस्तै भए पनि आमाले गर्नुपर्ने व्यवहार र अनुशासनमा राख्ने कुरामा आमा एकदमै सक्रिय भएको उनको अनुभव छ। स्नेहालाई आफ्नी छोरी सुनयना परिपक्व लाग्छिन्। सुनयनामा घरका सबैलाई केयर गर्ने, माया गर्ने र ठूलालाई आदर गर्ने बानी छ। सुनयना राम्री गायिका पनि हुन्। आमाछोरी दुवै जना स्कुल-कलेज पढ्दाका राम्रा थियटर आर्टिस्ट पनि हुन्। आफूले आफ्नो अभिनय यात्रालाई निरन्तरता नदिए पनि छोरीले थियटरमा अभिनय गर्ने कुरामा स्नेहा विश्वस्त छिन्। सुनयनासँग हरेक समय हातमा पुस्तक हुन्छ। उनी अलिकति फुर्सद हुनासाथ पुस्तकालय, भान्सा, बेडरुम वा अन्य कुनै पनि ठाउँमा पढ्न बसिहाल्छिन्। छोरीको यो पक्षबाट प्रभावित स्नेहा आफू भने मेकअप ब्रान्ड लञ्च गर्ने तयारीमा रहेको बताउँछिन्।

मेकअप तथा हेयर स्टाइल ः स्नेहा राणा

 Image