Successfully Copied

स्वरोस्की

सिटी सेन्टरको ग्राउन्ड फ्लोरमा अवस्थित स्वरोस्कीमा पार्टीका लागि उपयुक्त गरगहना तथा घडी आदि सामान उपलब्ध छन्।

आउटलेट ः सिटी सेन्टर, कमलपोखरी।

विशेषता ः पार्टीका लागि उपयुक्त गरगहना।

सिटी सेन्टरको ग्राउन्ड फ्लोरमा अवस्थित स्वरोस्कीमा पार्टीका लागि उपयुक्त गरगहना तथा घडी आदि सामान उपलब्ध छन्। यहाँ आवश्यक नेकलेस, इयरिङ, फिंगर रिङ तथा सोपिसहरू पनि पाइन्छ। यहाँ ५ हजारदेखि २० हजारसम्मका गहनाका साथै टिनएजदेखि वृद्ध महिलाले लगाउने ब्रान्डेड घडी पनि छन्। प्रत्येक ६ महिनामा नयाँ मोडलका गरगहना उपलब्ध हुने स्वरोस्कीका गहना आकर्षक एवं उत्कृष्ट मानिन्छन्। यहाँ घर सजावटका आकर्षक सामान तथा गिफ्ट आइटम पनि खरिद गर्न सकिन्छ।

आइरिस सैलुन अफ हेयर एण्ड ब्युटी

आउटलेट ः बानेश्वर

विशेषता ः सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध।

मानिसको सुन्दरताले व्यक्तित्वमा निकै प्रभाव पार्छ। महिलाहरूको सौन्दर्य नै अमूल्य  सम्पत्ति हो। त्यसो त अहिले सुन्दर बन्ने होड नै चलेको छ। यही होडका क्रममा महिलाहरूलाई सुन्दर बनाउने पार्लरहरू पनि प्रशस्त खुलेका छन्। यही क्रममा बानेश्वरमा खुलेको आइरिस सैलुन अफ हेयर एण्ड ब्युटीमा महिलाहरूका लागि आवश्यक पर्ने सम्पूर्ण सेवा दिने प्रयास गरिएको छ। स्किन केयर, हेयर केयर, मेकअपलगायतका सम्पूर्ण सेवा यहाँ उपलब्ध छन्। यहाँ प्रयोगमा ल्याइने सम्पूर्ण प्रसाधन गुणस्तरीय तथा ब्रान्डेड छन्। उत्कृष्ट सेवालाई नै आफ्नो लक्ष्य बनाएर अघि बढिरहेको यो सैलुनको वातावरण तथा यहाँ प्रयोग गरिने सम्पूर्ण सामग्री हाइजेनिक छन्। पार्किङको सुविधा भएको यो पार्लरमा एकपटक सेवा लिएपछि फेरि-फेरि ग्राहकहरू आउने दाबी यसका संचालकहरूको छ।

भेराइटी बेबी सप

आउटलेट ः चावहिल

विशेषता ः बालबालिकाहरूलाई चाहिने सम्पूर्ण सामग्रीका लागि उपयुक्त।

अहिले बालबालिकाहरू जन्मनेबित्तिकैदेखि उनीहरूलाई चाहिने सम्पूर्ण सामग्री बजारमा पाइन्छन्। भेराइटी बेबी सपमा जन्मिएदेखि १० वर्षसम्मका बालबालिकाहरूलाई चाहिने पोसाकदेखि अन्य सम्पूर्ण सामग्री पनि उपलब्ध छन्। यहाँ भित्र छिरेपछि भनेजस्ता सबै रंग तथा साइजका पोसाक खरिद गर्न सकिन्छ। यहाँ बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखी राम्रा ब्रान्डका सामग्रीलाई प्राथमिकता दिइएको छ। लामो समय देखि निरन्तर गुणस्तरीय सामान बिक्री गरिरहेकै कारण यो आउटलेट  लोकपि्रय छ।

७९ रेस्टुरेन्ट

आउटलेट ः दरबारमार्ग, जयनेपाल हलसँगै।

सबै उमेरका व्यक्तिलाई मध्यनजर गरेर ७९ रेस्टुरेन्ट खोलिएको हो। मीठो खाना, सुन्दर वातावरण तथा संगीतको मधुर ध्वनिसँगै रमाउन सकिने वातावरण छ यहाँ। ५ औं तलासम्म फैलिएको यो रेस्टुरेन्टको पहिलो तलामा क्यारोकका साथमा २ वटा रुम छन्, जहाँ १० देखि १५ जनासम्म अट्ने ठाउँ छ। दोस्रो तलामा स्टेज छ, जहाँ शुक्रबार लाइभ ब्यान्ड प्रस्तुत हुन्छ। तेस्रोमा तलामा डाइनिङ हल छ। त्यहाँ कुनै पनि कार्यक्रम सञ्चालन गर्न सकिन्छ। त्यहाँ किचेन पनि छ। रुफ टफमा बार छ। जहाँ कन्टिनेन्टल, चाइनिज तथा नेपाली थाली उपलब्ध हुन्छ। ७९ रेस्टुरेन्टमा विभिन्न प्रोजेक्टरसमेत राखिएको छ। पार्किङको पर्याप्त सुविधा भएको यो रेस्टुरेन्टमा मापसे गरेका ग्राहकहरूलाई राति घरसम्म पुर्‍याउने व्यवस्था पनि छ।

 Image