Successfully Copied

मेकअप आर्टिस्ट आमाकी नायिका छोरी

रिस्ता बस्नेत सानैदेखि चलचित्रका पात्रहरूको अघिपछि हुर्किन्। आमा विपना बस्नेत चलचित्रमा नायक-नायिका एवं कलाकारहरूलाई सिंगार्ने काममा

रिस्ता बस्नेत सानैदेखि चलचित्रका पात्रहरूको अघिपछि हुर्किन्। आमा विपना बस्नेत चलचित्रमा नायक-नायिका एवं कलाकारहरूलाई सिंगार्ने काममा व्यस्त थिइन् त्यसको असर रिस्तामा पनि पर्‍यो। बाल्यकालदेखि नै ऐना हेरी मेकअप गरेर अभिनय गर्ने रिस्ता केही समयअघि प्रदर्शनमा आएको सफल चलचित्र होस्टेलकी नायिका हुन्। सानैदेखि नायिका बन्ने सोच पालेकी रिस्ताले यति छिट्टै यो क्षेत्रमा लागिन्छ भन्ने सोचेकी थिइनन्। होस्टेल हेरेका सबैले उनको अभिनय राम्रो भने पनि उनलाई भने पटक्कै चित्त बुझेको छैन। होस्टेलपछि नै उनले तीन वटा चलचित्रमा काम गर्ने अवसर पाइन्। यसबीच उनी केही म्युजिक भिडियो तथा टिभी विज्ञापनहरूमा पनि व्यस्त रहिन्। अहिले उनी चलचित्र अर्धकट्टीको काममा व्यस्त छिन्। धेरैले यो क्षेत्र ठीक छैन बचेर हिँड्नुपर्छ भनेको सुने पनि आफू ठीक भए अन्य कुरा ठीक हुने भन्दै बिना डर यो क्षेत्रमा लागेको रिस्ता बताउँछिन्।

नायिकाका रूपमा छुल्ठिम

गृहिणीबाट आरजे, भिजे, मोडल हुँदै ठूलोपर्दाको चलचित्रमा नायिकाका रूपमा देखापरेकी छुल्ठिम आफूलाई मिडिया पर्सनालिटी भन्न रुचाउँछिन्। टिनएजमै वैवाहिक जीवनमा बाँधिए पनि उनको चञ्चलता भने कायमै छ। अहिले प्रदर्शन हुन लागेको नोभेम्बर रेनमा आर्यन सिग्देल र नम्रतासँग अभिनय गरेकी छुल्ठिम उक्त चलचित्रमा टमब्वाइको भूमिकामा देखा पर्छिन्। केही महिना एलजीको रोड शोमा नेपालका धेरै ठाउँ एमसी गर्न पुगेकी छुल्ठिम  विदेशका सांस्कृतिक कार्यक्रमहरूमा पनि उत्तिकै व्यस्त छिन्। यो क्षेत्रमा लागेपछि आफूलाई फिट एण्ड फाइन राख्नुपर्ने हुनाले उनले डाइट मिलाएर एक्सरसाइज गरेकै कारण १८ केजी वजन घटाइन्। मानिसले जीवनमा आँटे के हुँदैन र भन्ने मान्यता बोकेर अघि बढिरहेकी छुल्ठिम पहिलो चलचित्रको परिणाममा आफ्नो फिल्मी करिअरको भविष्य रहेको बताउँछिन्।

पुरुष : अनुप विक्रम शाही, म्यान हन्ट

आदर्श महिला ?

आमा ।

तपाईंको नजरमा नारी सुन्दरता ?

बाहिरी सुन्दरता क्षणिक मात्र हुन्छ । मुख्यतः भित्री रूपमा सुन्दर हुनुपर्‍यो ।

अर्को जन्ममा महिला भएर जन्मन पाए ?

महिलाहरूले जति पीडा भोग्न सक्छन् र सहनशील हुन्छन्, त्यो देखेर म महिला भएर बाँच्न सक्छु जस्तो लाग्दैन ।

कस्ता युवतीप्रति आकर्षित हुनुहुन्छ ?

कुरा नलुकाउने, नक्कल र नखरा नदेखाउने ।

पुरुषको सफलतामा महिलाको हात हुन्छ भन्छन्  नि ?

यो सत्य हो । मेरो सफलतामा मेरी आमाको ठूलो हात छ ।

नारीका तीन विशेषता ?

लज्जा, सहनशीलता एवं माया ।

महिलाको कुन कुराले तपाईंलाई दिक्क तुल्याउँछ ?

धेरै शंका गर्ने र सानो कुरालाई पनि ठूलो रूपमा प्रस्तुत गर्ने बानीले ।

 Image