Successfully Copied

रोजवुड रेस्टराँ

रेस्टुराँका लागि प्रसिद्ध झम्सिखेलमा दुई वर्षअघि खुलेको रोजवुड रेस्टुराँ युवापुस्तामाझ लोकप्रिय छ। मीठो तथा हाइजेनिक खाना, रमाइलो वातावरण तथा फ्राई डे

रोजवुड रेस्टराँ

आउटलेट ः झम्सिखेल

विशेषता ः मीठो खाना एवं रमणीय वातावरण।

रेस्टुराँका लागि प्रसिद्ध झम्सिखेलमा दुई वर्षअघि खुलेको रोजवुड रेस्टुराँ युवापुस्तामाझ लोकप्रिय छ। मीठो तथा हाइजेनिक खाना, रमाइलो वातावरण तथा फ्राई डे सांगीतिक ब्यान्डको प्रस्तुतिका कारण  ग्राहकहरू यहाँ तानिएका हुन्। हरेक महिनामा रोजबुडमा नयाँ -नयाँ रेसिपी थपिन्छ भने, नयाँ-नयाँ थिममार्फत रमाइलो वातावरण सिर्जना गर्न पनि यो रेस्टुराँ सफल छ। बिग बंग ह्यापी आवर भनेर यहाँ १ बजेदेखि ६ बजेसम्म विभिन्न परिकारमा भारी छुटको व्यवस्था गरिएको छ। यहाँका परिकारको स्वाद फरक छ। यहाँ आउने ग्राहकहरूले मःम, सिजलर, मःम साँधेको, प्लाटर तथा मासुका विविध आइटम विशेष मन पराउँछन्।

गोदावरी बुक्स सेन्टर

आउटलेट ः बागबजार, पिके नजिकै

विशेषता ः महिलाहरूका विषयका सम्पूर्ण पुस्तक उपलब्ध।

कुनै पनि घरमा आमा शिक्षित छिन् भने घरको वातावरण नै शिक्षित हुन्छ। त्यतिमात्र होइन एउटी महिलाले घरमा विभिन्न भूमिका निर्वाह गर्नुपर्छ। आफूले निर्वाह गर्नुपर्ने सम्पूर्ण भूमिका सबै कला तथा ज्ञान सबैमा नहुन सक्छ। त्यसैले विभिन्न विशेषज्ञले तयार पारेका पुस्तक पढ्दा त्यसले सहयोगीको भूमिका निर्वाह गर्छ। महिलामैत्री बुक्स सेन्टर स्थापना गर्ने योजना बनाएको गोदावरी बुक्स सेन्टरमा अहिले महिलाहरूका लागि लक्षित गरी फरक काउन्टर संचालनमा ल्याइएको छ। यो सेन्टरले महिला लक्षित सबै खालका पुस्तक संकलन गरेको छ। महिला दिदीबहिनीहरूमा पढ्ने बानीको विकास गरी उनीहरूलाई हरेक किसिमको ज्ञान प्रदान गर्न यस्तो प्रयास गरिएको हो। यहाँ महिला साहित्य, पाक शिक्षा, पारिवारिक सम्बन्ध, असल आमा बन्ने विधि, असल गृहिणी बन्ने विधि, महिला सौन्दर्य, करिअर, जीवनसाथी छनोट, महिला स्वास्थ्य, महिला अधिकार,  गर्भधारण चक्र, मानसिक परिवर्तन, योग, मोटोपन कम गर्ने उपाय, बाल शिक्षा, महिलाले जान्नैपर्ने आर्थिक पक्ष,  इन्टेरियर, घर निर्माण, कस्मेटिक सर्जरी, वास्तुशास्त्र आदि सबै विषयका पुस्तक खरिद गर्न सकिन्छ।

बिइङ ह्युमन

आउटलेट ः दरबार मार्ग

विशेषता ः बिइङ ह्युमनका सम्पूर्ण रेन्ज उपलब्ध।

लोकप्रिय अभिनेता सलमान खानको कल्याणकारी संस्था बिइङ ह्युमनले आफ्नो पहिलो शोरुम नेपालमा  स्थापना  गरेको छ। यो शोरुम दरबारमार्गको राइजिङ मलमा छ। बिइङ ह्युमनको यो पन्ध्रौं शोरुम हो। बिइङ ह्युमेन सलमान खान फाउन्डेसन तथा म्यान्डना इन्डस्टि्रजसँग आबद्ध छ। बिइङ ह्युमेनमा उत्कृष्ट क्याजुअल, र्फमल, स्मार्ट क्याजुअल तथा स्पोर्ट वेयरदेखि पार्टी वेयरसम्मका सबै रेन्ज उपलब्ध छन्। पुरुष, महिला तथा बालबालिकाहरूलाई चाहिने सम्पूर्ण एसेसरिज पनि यो ब्रान्डको विशेषता हो। सबै रंग तथा सही दामका कारण यसले आफ्नो लोकप्रियता बढाइरहेको छ। पूर्णरूपमा कटन तथा रंग लामो समयसम्म उस्ताको उस्तै रहनु यो ब्रान्डको विशेषता हो। पार्किङको कुनै समस्या नभएकाले यहाँ आकर्षक सामान रोजीरोजी खरिद गर्न सकिन्छ।

 Image