Successfully Copied

ब्लु फिन फ्रेस मार्ट

सिफुड स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। पोषिलो सिफुडले बालबालिकाहरूको चौतर्फी विकासमा सघाउँछ।

आउटलेट ः बालुवाटार, झम्सीखेल तथा भैंसेपाटी।

विशेषता ः  आयातीत सिफुडका लागि लोकप्रिय।

सिफुड स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। पोषिलो सिफुडले बालबालिकाहरूको चौतर्फी विकासमा सघाउँछ। त्यसैले पनि सिफुड खाने चलन बढिरहेको छ। ब्लु फिन फ्रेस मार्टमा थाइल्यान्डबाट आयात गरिएका सिफुड उपलब्ध छन्। करिब दुई वर्ष लामो सफल यात्रामा यहाँ स्वदेशी तथा विदेशी ग्राहकहरूको उपस्थिति उस्तै-उस्तै छ। यहाँ विशेषगरी रेड स्नापर होल, सि्रम्प जम्बो, एटलान्टिक सालमोन फिलेट, पोर्क चप, बेकोन, फिस बल, टुना साकु आदि सिफुड खरिद गर्न सकिन्छ। त्यसबाहेक यहाँ थाइ सुप, मसला तथा करिपेस्टहरू पनि उपलब्ध छन्। ब्लु फिनमा थोक खरिदमा होम डेलिभरिको व्यवस्था पनि छ।

लुइस क्राउन

आउटलेट ः जाउलाखेल तथा लाजिम्पाट

हिम्मत अवालेले दुई वर्षअघि जाउलाखेलमा सटिङ एण्ड सुटिङका लागि लुइस क्राउन नामक शोरुम खोलेका हुन्। यहाँ महिला-पुरुष एवं बालबालिकाहरूका लागि सर्ट, पाइन्ट, सुट आदि तयार गरिन्छ। भारत, कोरिया, इटाली, बेलायत आदि मुलुकबाट ल्याइएका फेब्रिक प्रयोग गरिने लुइस क्राउनमा एकपटक आएका ग्राहक नियमित आउने अवाले बताउँछन्। यहाँ सिलाइने सुटको मूल्य ८ हजार ५ सय रुपैयाँबाट सुरु हुन्छ। लुइस क्राउनले ग्राहकलाई दिने सुविधामा कन्जुस्याइँ गरेको छैन। भरपर्दाे सेवाकै कारण यसले छोटो समयमै लाजिम्पाटमा समेत आउटलेट विस्तार गरेको हो।

इस्तिकवाल फर्निचर

आउटलेट ः वल्र्ड ट्रेड सेन्टर

विशेषता ः अन्तर्राष्ट्रिय ब्रान्डको सजावटी फर्निचर

कुनै पनि घरको शोभाका लागि फर्निचर निकै आवश्यक हुन्छ। यसले घरको शोभा बढाउन विशेष भूमिका खेल्छ। टर्कीबाट आयात गरिएका यहाँका फर्निचरहरू निकै सुन्दर एवं स्तरीय छन्। युरोपियन स्ट्यान्डर्ड तथा वातावरण अनुकूलित यी फर्निचर कल्टिभेटेड काठले बनेका छन्। यी फर्निचरले घरायसी वातावरण पनि स्वस्थकर बनाउँछन्। यो फर्निचर शोरुमले फर्निचर खरिद गरेपछि निःशुल्क डेलिभरी, जडान तथा सेवा उपलब्ध गराउँछ। यहाँ आफूलाई उपयुक्त हुने खालका सबै प्रकारका फर्निचर खरिद गर्न सकिन्छ। इस्तिकवालको विशेषता नै नयाँपन हो।

वाउ थ्री

आउटलेट ः काठमाडौं मल

विशेषता ः सबै प्रकारका पहिरनका लागि राम्रो गन्तव्य।

जाडो महिनालाई लक्षित गरी यो शोरुममा सबै प्रकारका पहिरन राखिएको छ। काठमाडांै मलको चौथो तल्लामा अवस्थित यो शोरुममा जाडोका लागि ज्याकेट, हुड तथा पाइन्टहरू उपलब्ध छन्। यहाँका सबै पहिरन नयाँ शैली तथा वर्तमान परिस्थितिलाई पछ्याउने खालका छन्। पहिरनबाहेक यहाँ बेल्ट, ब्याग, गहना, बेंगल्स आदि एसेसरिज पनि खरिद गर्न सकिन्छ। टिनएजर्सदेखि ४० माथिका महिलाले यहाँ विशेष पहिरन खरिद गर्न सक्छन्।

 Image