Successfully Copied

स्किन र  हेयर केयर

 प्रोफेसनल जमानामा बाहिर काम गर्नुपर्ने हुन्छ, त्यसका लागि टिपटप हुनैपर्‍यो । व्यक्तित्व सबल बनाउन पनि यो जरुरी छ । यसका लागि सहयोगी तत्व हुन्— स्वास्थ्य र सौन्दर्य । 

 

 प्रोफेसनल जमानामा बाहिर काम गर्नुपर्ने हुन्छ, त्यसका लागि टिपटप हुनैपर्‍यो । व्यक्तित्व सबल बनाउन पनि यो जरुरी छ । यसका लागि सहयोगी तत्व हुन्— स्वास्थ्य र सौन्दर्य । 

मौसम निकै चिस्सिएको छ । खानपान, लुगाफाटो र हिँडडुलमा ध्यान दिन विशेषज्ञहरूले सुझाइरहेका छन् । हामी ‘जाडोबाट कसरी बच्ने ?’ भन्ने सूचना खोजिरहेका हुन्छौं । वित्तीय संस्थामा कार्यरत सुनीता थापा भन्छिन्, ‘प्रोफेसनल जमानामा बाहिर काम गर्नुपर्ने हुन्छ, त्यसका लागि टिपटप हुनैपर्‍यो । व्यक्तित्व सबल बनाउन पनि यो जरुरी छ ।’ यसका लागि सहयोगी तत्त्व हुन्— स्वास्थ्य र सौन्दर्य । 

जिङ्रिङ्ग कपाल, फुटेका ओठ या हातखुट्टा, फुस्रो छाला लिएर कसैका अगाडि प्रस्तुत हुन पर्‍यो भने पक्कै पनि आत्मविश्वासमा कमी हुन्छ । प्रस्तुति असहज हुन्छ । त्यसकारण आफ्नो आकर्षक व्यक्तित्वमा ध्यान दिनुपर्ने सौन्दर्यविद् मीना गुरुङ बताउँछिन् । जाडोयाममा छाला र कपालको स्याहार र सुरक्षा गर्न सके यस्ता समस्याबाट छुट्कारा पाइने मीनाको सुझाव छ । व्यक्तित्व बलियो बनाउन छाला र कपालमा मुख्य ध्यान दिनुपर्ने अर्की सौन्दर्यविद् चिनु गुरुङ बताउँछिन् । ‘प्राकृतिक रूपमा प्राप्त आँखा, नाक, मुख, कपाल, छाला अनि नङ हुन् । यसलाई नछुट्याई हेर्ने हो भने छाला र कपाल मुख्य हुन्,’ गुरुङले भनिन्, ‘विशेषत: जाडोको समयमा चिसोका कारण छाला सुक्खा हुने, कपाल झर्ने, टुक्रिने, हाँगा फाट्नेलगायत समस्या छाला र कपालको मात्रै सुरक्षा र हेरचाह गर्न सकियो भने यत्ति चिजले पनि हाम्रो व्यक्तित्वको वजन बढाउँछ ।’ 

हेयर एक्सपर्ट नील डेबिड कटवाल भने सुरक्षा र स्याहारलाई फरक मान्छन् । ‘सुरक्षाका लागि प्रविधिको प्रयोग गरिन्छ भने स्याहारका लागि प्रसाधन सहयोगीसिद्ध हुन्छन्, जसमा सम्बन्धित विशेषज्ञहरूको सुझाव महत्त्वपूर्ण हुन्छ,’ उनले भने । कपाल र छाला सुरक्षाका लागि नेपालमा लेजर, सर्जिकल तथा नन–सर्जिकल माध्यम, कार्बन पिलिङ, अक्सिजन फेसियल, केराटिनलगायत हेयर ट्रिटमेन्ट प्रविधि नेपालमा उपलब्ध भएको स्किन आर्ट एन्ड एस्थेटिक्सका प्रबन्ध निर्देशक जागृत खनाल बताउँछन् ।

स्याहार

कपाल र छाला दुवै उत्तिकै महत्त्वपूर्ण छन् । जागृत भन्छन्, ‘अहिले अनावश्यक हेयर रिमुभिङ गर्नेहरू निक्कै बढेका छन्, सँगसँगै कपाल उमार्नेहरू पनि उत्तिकै छन् ।’ आमसमयको तुलनामा जाडोमा छाला र कपालप्रति विशेष ध्यान दिनुपर्ने र त्यसबारे विस्तृत रूपमा विशेषज्ञकै सल्लाह लिनुपर्ने उनले बताए । ‘चिसोयाममा हाम्रो शरीरबाट मोस्चर लस्ट (तैलीय मात्रा न्यून) हुने हुनाले यो समयको मुख्य उपचार भनेकै शरीरमा मोस्चर र हाइड्ेरसनको मात्रा बढाउनु हो,’ उनले भने । 

डरमाटोलोजिस्ट डाक्टर सुनीता यादव भन्छिन्, ‘बजारमा थरीथरीका मोस्चराइजर क्रिम उपलब्ध छन् । तीमध्ये आफ्नो छालालाई सुट हुने राम्रो ब्रान्डको मोस्चराइजरलाई यो मौसमको साथी बनाउनुपर्छ । नुहाइसकेपछि टावलले डब गरेर शरीरमा बडी लोसन र अनुहारमा मोस्चराइजर प्रयोग गर्दा प्रभावकारी परिणाम आउँछ,’ यादवले भनिन् । हेयरकेयरका बजारमा पाइने केमिकलयुक्त तोरीको तेल लगाउनुभन्दा कोकोनट या ओलिभ ओयल लगाउनु उत्तम हो । उनी भन्छिन्, ‘यो समयमा धेरै पानी पिउनु जरुरी हुन्छ । त्यसका अतिरिक्त झोलिला खानेकुरा, प्रशस्त मात्रामा हरिया सागपात र तरकारीलगायत फलफूल खानुपर्छ । यो बेला सुन्तला, जुनार, मौसम, कागतीलगायत फल प्रभावकारी मानिन्छन् ।’ 

प्रसाधन

नेपाली बजारमा विभिन्न ब्रान्डका हेयर तथा स्किन केयर प्रसाधन उपलब्ध छन् । नाम चलेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डले हरेक वर्ष जाडो लक्षित सौन्दर्य सामग्री थप्दै जान्छन् । ओरिफ्लेम, लोटस, जोय पापाया, स्पावेक, निभिया, ओसिया हर्बल, रोहोटो, हिमालयन हेयरकेयर, ल्याक्मे, रिमेल, एनवाइके, सिनेल, मिसुमी, मीसा, वादीलगायत कस्मेटिक्स ब्रान्ड नेपाली बजारमा उपलब्ध छन् । लोटस हर्बलका ऋषि अधिकारी भन्छन्, ‘जाडो लक्षित लोटसको सन प्रोटेक्सन क्रिम र मोस्चराइजर लोसनको माग यो बेला निकै बढ्छ ।’

अधिकारीले आफ्ना उत्पादन केमिकलमुक्त र प्राकृतिक जडीबुटीद्वारा बनाइएका बताए । ‘यसमा छालालाई हानि गर्ने कुनै तत्त्व छैन,’ उनले भने । छालारोग विशेषज्ञ डा. सुनीताका अनुसार बजारमा पाइनेजति सबै प्रसाधन सबैको छालामा सुहाउँछ भन्ने छैन, आफ्नो छालाको टेक्सचर, टाइप हेरी उपयुक्त प्रसाधन प्रयोग गर्नु नै सकारात्मक परिणामसम्म पुग्नु हो । जोय पपायाका बजार व्यवस्थापक आनन्द श्रेष्ठका अनुसार जोयका अधिकांश उत्पादन स्किन मोस्चरसँग सम्बन्धित छन् । जोयको हनी एण्ड आलमण्ड लोसन तथा स्किन पु्रmट मोस्चराइजर नेपालमा अत्यन्तै लोकप्रिय सौन्दर्य प्रसाधन हुन पुगेको पनि उनले बताए । 

अहिले जोयले जाडो लक्षित स्किन तथा हेयर केयरका नयाँ प्रसाधन नेपाल भित्र्याएको छ । जापानी कम्पनी स्पावेकले जाडोका लागि छुट्टा–छुट्टै डे–नाइट क्रिम र हेभी मोस्चरयुक्त कोल्ड क्रिम नेपाल भित्र्याएको छ । स्पावेक नेपालका प्रबन्ध निर्देशक विकाश पालिखे भन्छन्, ‘हाम्रा उत्पादन शतप्रतिशत समुद्री लेउ तथा अन्य समुद्री तत्त्वबाट बनेकाले यी छालाका लागि हानिकारक छैनन् । पूर्ण रूपमा प्राकृतिक यी उत्पादनमा प्रशस्त मात्रामा फिस ओयल प्रयोग गरिएकाले जाडोका लागि अति उपयोगी र परिणाममुखी छन् ।’ 

पवन अग्रवालले निभिया नेपाल भित्र्याएको लगभग दुई दशक बित्न लागिसक्यो । एक दशक अघिसम्म विन्टर केयर प्रसाधनमा एकछत्र राज गरेको निभियाका प्राय: उत्पादन जाडो लक्षित छन् । अग्रवाल भन्छन्, ‘सौन्दर्य प्रसाधन चल्ने भनेकै त्यसमा निहित तत्त्व र गुणस्तरले हो । निभियाका उत्पादन उपभोक्ताले रुचाउनुको कारण नै त्यही हो । यसले दिने परिणाम र प्रभाव म अरूसँग तुलना गर्दिनँ ।’

प्रोटेक्सन

स्किन तथा हेयर प्रोटेक्सनमा प्रसाधनसँगै प्रविधिको सम्मिश्रण हुन आउँछ । जस्तो कि फेसियलले छालालाई तरोताजा र तन्दुरुस्त राख्न मद्दत पुर्‍याउँछ भने प्रविधिको प्रयोगद्वारा गरिने लेजर, केमिकल पिल, कार्बन पिलिङ, बोटोक्स, बडी तथा फेस कन्टोरिङ र सेपिङ प्रोटेक्सनका माध्यम हुन् । यी दुवै हुन सक्छन्– सर्जिकल र नन–सर्जिकल । सर्जिकलद्वारा छाला चम्काउने, दाग धब्बा, कोठी, तिलकोठी हटाउने र घटाउने तथा अंगहरूलाई अझ आकर्षक र मनमोहक बनाउने काम गरिन्छ । 

स्किन आर्ट एन्ड एस्थेटिकका सञ्चालक जागृत खनालले अमेरिका बसाइमा देखेका र अनुभव गरेका पछिल्लो प्रविधिलाई नेपाल भित्र्याएका छन् । यसलाई आत्मविश्वास वृद्धि गर्ने मात्र नभई व्यक्तिको करियर उचाइमा पुर्‍याउने अस्त्रका रूपमा विदेशीहरूले प्रयोग गर्ने गरेको उनी बताउँछन् । ‘नेपालमा यो भर्खरै मात्र सुरु भएको छ, तैपनि माग भने बढ्दो छ,’ उनले भने । यी मेसिनले विशेषत: छालाको सुरक्षा र सौन्दर्य वृद्धिमा भूमिका खेल्छन् । कस्मेटिक सर्जन डा. संगम रायमाझी भने भइरहेको छालालाई सुरक्षा प्रदान गर्न सक्नु पनि सौन्दर्य वृद्धि गर्नु हो भन्ने तर्क राख्छन् । 

 Image