Successfully Copied

जाडोमा उपयोगी उपकरण

अनामनगरकी विमला कार्कीले जाडोमा इलेक्ट्रिक म्याट प्रयोग गर्न थालेको धेरै भयो । जाडोमा यसको प्रयोग गर्न उनलाई सहज लाग्छ । म्याटले बस्न र शरीर तताउन निकै सहज हुने उनले बताइन् ।

अनामनगरकी विमला कार्कीले जाडोमा इलेक्ट्रिक म्याट प्रयोग गर्न थालेको धेरै भयो । जाडोमा यसको प्रयोग गर्न उनलाई सहज लाग्छ । म्याटले बस्न र शरीर तताउन निकै सहज हुने उनले बताइन् । म्याट मात्र होइन उनको घरमा जाडोमा उपयोगी हुने पानी तताउने र घरलाई न्यानो बनाउने विद्युतीय उपकरणहरू पनि छन् । इलेक्ट्रिक सामानहरूमा उनले बाल्ट्रा कम्पनीका सामानहरू प्रयोग गर्छिन् । उक्त ब्रान्डको सर्भिसका कारणले आफूले प्रयोग गर्ने गरेको बताइन् । उनले भनिन्, ‘इलेक्ट्रिक सामान किन्दा कम्पनी पनि हेर्नुपर्ने हुन्छ, जुन कम्पनीको सेवा–सुविधा राम्रो छ त्यही प्रयोग गर्नुपर्छ ।’

कीर्तिपुरकी रमिला शर्माले पनि ब्रान्ड हेरेरै इलेक्ट्रिक सामानहरू खरिद गर्छिन् । उनले लामो समयदेखि ‘होम ग्लोरी’ का सामानहरू प्रयोग गर्दै आएकी छन् । उनले पनि जाडो मौसममा घरायसी काममा प्रयोग हुनेदेखि हिटरसम्म चलाउने गर्छिन् । कम्पनीले वारेन्टी–ग्यारेन्टीदेखि सर्भिससम्म हेर्नुपर्ने उनको भनाइ छ । विमला र रमिलाले जस्तै चिसो मौसममा हरेकका घरमा इलेक्ट्रिक सामान प्रयोग गर्दै आएका छन् । ग्राहकहरूको आवश्यकता र मागअनुसार बजारमा विभिन्न ब्रान्डहरूले विद्युतीय सामग्री उपलब्ध गराउँदै आएका छन् ।

जाडोमा बढी प्रयोग हुने इलेक्ट्रिक कित्लीदेखि गिजरसम्मका उपकरणहरू बजारमा उपलब्ध छन् । जाडो सुरु भएसँगै यी उपकरणहरूको माग ह्वात्तै बढ्छ । खासगरी गिजर खरिद गर्नेहरू बढी हुन्छन् । पछिल्लो समय लोडसेडिङ कम हुने हुँदा ग्यास गिजरको तुलनामा इलेक्ट्रिक गिजरको माग बजारमा धेरै छ । व्यापारीहरूका अनुसार १० हजार रुपैयाँको हाराहारीमा गिजर खरिद गर्न सकिन्छ । यसैगरी, पानी तातो राख्न प्रयोग हुने ‘भ्याकुम फ्लास्क’ को माग पनि उस्तै छ । यो सामान्यतः पाँच सयदेखि २५ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । पानी तताउन धेरैले इलेक्ट्रिक कित्लीको प्रयोग गर्छन् भने कोठा न्यानो बनाउन हेलोजिन हिटर प्रयोग गर्छन् ।

विद्युतीय उपकरणहरू बिक्री गर्दै आएका ‘होम ग्लोरी’ का निर्देशक मनोज अग्रवालका अनुसार बजारमा चिसो मौसमबाट बच्नका लागि प्रयोग गरिने उपकरणहरूको माग बढेको छ । उनको कम्पनीले ग्यास/इलेक्ट्रिक गिजर, कित्ली, हिटरलगायतका उपकरणहरू बिक्री गर्छ । मनोजका अनुसार चिसो मौसममा पानी तताउने स्वचालित कित्ली सबैभन्दा बढी प्रयोग हुने उपकरण हो । उनले बजारमा यो हजारदेखि दुई हजारसम्ममा उपलब्ध रहेको बताए । 

यसैगरी, बजारमा ‘बाल्ट्रा’ का विद्युतीय उपकरणहरू पनि उपलब्ध छन् । यो कम्पनीले बजारमा ग्यास/इलेक्ट्रिक गिजर, इलेक्ट्रिक हिटर बिक्री गर्छ । बजारमा ‘बाल्ट्रा’ का सेरो, हटो र रेन्बो ग्यास र इलेक्ट्रिक गिजरहरू उपलब्ध छन् । यी गिजरहरूको क्षमता ६ लिटर छ । यसको मूल्य ९ हजारदेखि १० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । ग्यास गिजरमै यो कम्पनीको ‘स्वेल्टर’ को क्षमता चाहिँ एकदेखि तीन लिटर रहेको छ । ग्राहकहरूमाझ कम्पनीको ‘स्टिमी’ बढी रुचाइएका छन् । यो २५ लिटरसम्मको क्षमता भएको बजारमा पाइन्छ ।

‘वेवर’ कम्पनीले पनि चिसो मौसम लक्षित विभिन्न उपकरणहरू बजारमा ल्याएको छ । तीमध्ये वाटर गिजर, एयर कन्डिसनर आदि छन् । कम्पनीका सबैभन्दा बढी बिक्री हुने उपकरणहरूमा वासिङ मेसिन, माइक्रो वेभन, डिसवासर, बाटर गिजर र एयर कन्डिसनर हुन् । यो कम्पनीले सातदेखि आठ किलोग्रामसम्म क्षमता भएको वासिङ मेसिन ५१ देखि ६० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले १५ लिटरको वाटर गिजर १३ हजारमा र २५ लिटरको १६ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।कम्पनीका नेपालस्थित बिक्री–वितरक मनोजकुमार साहका अनुसार जाडो मौसममा सबैभन्दा बढी बिक्री हुने उपकरणहरूमा वासिङ मेसिन र इलेक्ट्रिक कित्ली, माइक्रो वेव, वाटर गिजर हुन्। ‘हामीसँग विभिन्न प्रकारका सस्ता र राम्रा उपकरणहरू छन् जुन नेपालीहरूले सहजै खरिद गर्न सक्छन्’ उनले भने । कम्पनीले एसीमा तीन वर्ष, वासिङ मेसिनको ब्याट्रीमा १० वर्षे वारेन्टी दिँदै आएको उनले जनाए । बजारमा यत्रतत्र पाइने कमसल चाइनिज सामानको प्रयोग भरसक नगर्न उनको सुझाव छ । 

यसैगरी, यो मौसममा चिसोबाट बच्नका लागि सिजी इलेक्ट्रोनिक्सले विभिन्न उपकरण बजारमा ल्याएको छ । कम्पनीका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटीका अनुसार घरलाई न्यानो बनाउनेदेखि जीवनशैलीलाई सहज बनाउने उपकरणहरू बजारमा ल्याएको छ। उनले भने, ‘आफ्नो इच्छा र आवश्यकतानुसार यस्ता उपकरणहरू प्रयोग गर्न सकिन्छ ।’ जाडो मौसममा सबैभन्दा बढी माग हुने भनेको हिटर र गिजर हो । एसीको मूल्य बढी हुने भएकाले यसको माग अन्यको तुलनामा कम हुने दिवाकरको भनाइ छ । 

उनका अनुसार कम्पनीले बजारमा हिटर, गिजर, पानी उमाल्ने, तातोपानी राख्ने थर्मस, भ्याकुम फ्ल्याक्स, वाटर डिस्पेन्चर, एयर फ्रायर, एसी र वासिङ मेसिन जाडो लक्षित गरी ल्याएको छ । सिजी इलेक्ट्रोनिक्सअन्तर्गत मिडिया ब्रान्डको गिजर भर्खरै बजारमा आएको हो । यो गिजर वाइफाई जडित भएकाले मोबाइलमा एप डाउनलोड गरेर आफू जहाँ भएपनि पानी तताउन सकिन्छ । त्यस्तै, वाइफाई जडित एसी पनि बजारमा उपलब्ध छ । यसले घरको तापक्रम इच्छानुसार तातो वा चिसो गर्न मिल्छ ताकि घरमा पुग्दा आफूले चाहेको तापक्रमको कोठा तयार होस् । भ्याकुम फ्ल्याक्स बोकेर हिँड्न सजिलो र लुक्स पनि राम्रो भएकाले थर्मसभन्दा यो ग्राहकको पहिलो रोजाइमा पर्ने गरेको छ । 

बजारमा उपलब्ध यी सामग्रीमा तीनवर्षदेखि १० वर्षसम्मको वारेन्टी पाइन्छ । कम्पनीले बजारमा उपलब्ध गराएको इलेक्ट्रिक गिजर, ग्यास गिजरको मूल्य सात हजारदेखि २३ हजार रुपैयाँसम्म पर्छ । 

 

विद्युतीय सामग्री प्रयोग गर्दा 

- बालबालिकाबाट टाढा राख्नुपर्छ । 

- रडले पानी ताताउँदा बाल्टीमा हात हाल्नुहुँदैन ।

- ग्यास हिटर वा इलेक्ट्रिक हिटर बाल्दा झ्यालढोका बन्द गर्नुहुँदैन । 

- इलेक्ट्रिक गिजर चलाउँदा होस् वा ग्यास गिजर चलाउँदा होस् बाथरुममा भेन्टिलेटर अनिवार्य हुनुपर्छ । बाथरुममा सानो क्षेत्र र चारैतिर बन्द हुने भएकाले अक्सिजन कम हुन्छ । 

- पानी तातेपछि स्वीच अफ गरेर मात्र नुहाउनुपर्छ । 

- यस्ता सामग्रीहरू प्रयोग गर्दा प्लगहरू टाइट हुनुपर्छ । 

- बिग्रेको मल्टिप्लगमा विद्युतीय सामग्रीहरू जोड्नु हुँदैन ।

 Image