ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।
बेडसिट किन्न खोज्दै हुनुहुन्छ ? कहाँ किनौं भन्ने अलमलमा हुनुहुन्छ ? यसका लागि थुप्रै विकल्प आइसकेका छन् । बजारदेखि अनलाइनसम्म पनि किन्न सकिन्छ । बजारमा आफ्नो बजेट र रोजाइअनुसारका बेडसिट उपलब्ध छन् । आफ्नो बजेट र गुणस्तरअनुसार यसलाई छनोट गरेर किन्न सकिन्छ ।
बानेश्वरमा करिब १२ वर्षदेखि बेडसिट र कुसनको व्यापार गर्दै आएका राजु महर्जनका अनुसार बेडसिटहरू मूल्य र ब्रान्डअनुसार ग्राहकहरूको रोजाइमा पर्ने गरेका छन् । उनका अनुसार बजारमा सादा कपास, पोलिस्टरदेखि फेन्सी डिजाइनसम्मका बेडसिट उपलब्ध छन् । सुती कटन, खादीमा जयपुरी तन्ना उपलब्ध छन् । ‘फ्लोर प्रिन्ट’ ‘स्टार प्रिन्टेड’, ‘टिकटक प्रिन्टेट’ बेडसिटहरू नयाँ ट्रेन्डमा आउन थालेका छन् ।
गुणस्तरअनुसारका बेडसिट
सादा कपासका बेडसिट
नेपाली बजारमा धेरै बिक्री बेडसिटमध्ये हो सादा कपासबाट निर्मित बेडसिट । यो नरम र दीर्घकालीन टिकाउ हुने भएकाले पनि धेरै ग्राहकको रोजाइ रहेको व्यापारीहरू बताउँछन् । यो लामो समयसम्म टिक्छ र यसको मूल्य बजारमा ८ सयदेखि ३ हजार रुपैयाँसम्म पर्छ । सिंगल र डब्बल प्रयोग हुने यी तन्नाहरू प्रायः चीनबाट आयात हुने गरेका छन् ।
पोलिस्टर वा मिक्स बेडसिट
पोलिस्टरबाट निर्मित बेडसिटहरू कम मूल्यमा पाउन सकिन्छ । यसको मूल्य ४ सयदेखि १२ सम्म पर्छ । यस्तो तन्ना विशेषगरी चिसो मौसममा प्रयोग गरिन्छ । यसले पसिना सोच्ने भएकाले पनि गर्मी हुनबाट बचाउँछ । बजारमा यसको मूल्य ५ सयदेखि १ हजार ५ सयसम्म पाउन सकिन्छ ।
फेन्सी बेडसिट
यसका बेडसिटहरू डिजाइनयुक्त हुन्छन् । आकर्षक डिजाइनिङ हुने यी बेडसिट विशेषगरी सजावटमा प्रयोग हुने गरेका छन् । विशेष अवसर र पाहुनाका लागि यी तन्नाहरू खरिद गरिन्छ । यिनीहरूको मूल्य ४ हजारसम्म पर्छ ।
प्रिन्टेड डिजाइन बेडसिट
पछिल्लो समय बेडसिटहरू विभिन्न रङ र प्रिन्टमा उपलब्ध हुन थालेका छन् । आधुनिक लुक दिन चाहनेका लागि यस्ता बेडसिट रोजाइमा पर्ने गरेका छन् । कपास र पोलिस्टरदेखि स्थानीय लुक्समा यी बेडसिट उपलब्ध छन् ।
नेपाली बेडसिट
नेपालमा पनि मौलिकता झल्काउने किसिमका बेडसिट उत्पादन भइरहेका छन् । विशेषगरी शतप्रतिशत कपासद्वारा निर्मित बेडसिट बजारमा पाइन्छन् । यी बेडसिटमा रङ नजाने, भुवा नआउने जस्ता विशेषता छन् । यी बेडसिटहरूको साइजअनुसार मूल्य फरक छ । यिनीहरूको मूल्य ९ सयदेखि ३ हजारसम्म पर्छ ।
राजस्थानी बेडसिट
नेपाली बजारमा राजस्थानी जयपुरी, बक्बई बेडसिट चल्तीका बेडसिट हुन् । यी प्रख्यात ब्रान्डहरूले स्थापित बेडसिटहरूको लोकप्रियता कम भएको छैन । ग्राहकहरूले यी बेडसिटखोजिरहने व्यापारीहरू बताउँछन् । कटनबाट निर्मित यस्ता बेडसिटहरूको मूल्य २ हजारभन्दा माथि पर्छ । सिंगल वा डब्बल दुवैलाई उत्तम हुने यी बेडसिटको साइजअनुसार मूल्य निर्धारण गरिएको छ ।
सजावटका लागि कुसन
कुसन विशेषगरी सजावटका लागि प्रयोग गरिन्छ । कुसन कुर्सी–टेबल एवं सोफादेखि ओछ्यान सजाउनका लागि उपयुक्त हुन्छ । कपडाभित्र फाइबर, रुवा, स्पञ्ज राखेर बाहिर विभिन्न रङ र डिजाइनमा कुसन निर्माण गरिन्छ । कुसनले कोठाको सौन्दर्यलाई बढाउनुका साथै लामो समय बस्दा शरीरको पोस्चर सुधार्न पनि सहयोग गरेको हुन्छ ।
बजारमा उपलब्ध कुसनहरू
डेकोरेटिभ कुसन
सोफा वा ओछ्यान सजाउनका लागि विशेषगरी यो कुसनको प्रयोग गरिन्छ । यो विशेष आकर्षणकभर र डिजाइनसहित उपलब्ध हुन्छ । यो कुसनको मूल्य ४ सय ४० देखि ७ सयसम्म पर्छ ।
फ्लोरल कुसन
यस्ता कुसन भुइँमा बस्न प्रयोग गरिन्छ । यी कुसनहरू बाक्ला र ठूला साइजका हुन्छन् । लामो समयका लागि प्रयोग गर्न यी कुसनहरू ग्राहकहरूले किन्ने गरेका छन् । ३ सयदेखि सुरु हुने यी कुसनको मूल्य १ हजार ५ सयसम्म पर्छ ।
ब्याक सपोर्ट कुसन
यस्ता किसिमका कुसन ढाड टेकेर बस्न सहज हुने डिजाइनमा निर्माण भएको हुन्छ । शरीरको पोस्चर मिलाउन यी कुसनहरू प्रयोग गरिन्छ ।
बेडसिट किन्दा के कुरामा ध्यान दिने ?
बेडसिट शतप्रतिशत कटनको किन्नुपर्छ । यो नरम हुनाले गर्मीका लागि उपयुक्त र प्रयोग गर्न सहज हुन्छ ।
चिसो मौसमका लागि माइक्रो फाइबरयुक्त तन्ना रोज्नुपर्छ, जुन नरम र न्यानो हुन्छ ।
कम मूल्य र चाँडो सुक्नका लागि पोलिस्टोरका तन्ना छनोट गर्नुपर्छ ।
साइजअनुसारका बेडसिट हेर्ने ।
कोठाको रङ र सजावटलाई ध्यान दिने ।
गाढा रङको बेडसिट किन्ने जुन सहजै फोहोर देख्न सकिन्छ र सफा गर्न सहज हुन्छ ।
मूल्य र गुणस्तरमा ध्यान दिने ।