हमदर्द तेल बजारमा
नेपाली बजारमा भारतीय ब्रान्ड हमदर्दको ‘हेयर केयर’ उत्पादन भित्रिएको छ । केश रुख्खा–सुख्खा, हा“गा फाटे वा बिग्रेमा यो ब्रान्डका विभिन्न ‘भेराइटी’ का तेल प्रयोग गर्न सकिन्छ ।

आधुनिक डिजाइनका फेशनेबल फुट वेयर लगायत लेडिज ब्याज, पर्स, ट्रली, अफिसियल ब्यागको नेपालकै विशाल शोरुम एपी फुटवेयर तथा एसोसोरिज जावलाखेलमा फेब्रुअरी १ देखि सञ्चालनमा आएको छ ।
स्टोरको उद्घाटन मिस नेपाल श्रृखला खतिवडा तथा पूर्व मिस नेपाल मलिना जोशीले गरेका छन् ।
युवा वर्गलाई लक्षित गरी सञ्चालनमा आएको यो स्टोरमा विशेष गरी आधुनिक डिजाइनका ब्राण्डेड लेडिज जुत्ता, पर्स, अफिसियल ब्याग लगायत ट्रली ब्यागहरु खरिद गर्न सकिने छ ।