घर चम्काउन लिक्विड क्लिनर
ऐना र सिसा सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । ग्लास क्लिनरले सिसाको चमक उस्तै बनाउँछ र दाग पनि देखिँदैन । घाम लागेका बेला भने यसको प्रयोग गर्नु हुँदैन किनभने यो केमिकल सिसामा लाग्नेबित्तिकै सुकिहाल्छ ।
आधुनिक डिजाइनका फेशनेबल फुट वेयर लगायत लेडिज ब्याज, पर्स, ट्रली, अफिसियल ब्यागको नेपालकै विशाल शोरुम एपी फुटवेयर तथा एसोसोरिज जावलाखेलमा फेब्रुअरी १ देखि सञ्चालनमा आएको छ ।
स्टोरको उद्घाटन मिस नेपाल श्रृखला खतिवडा तथा पूर्व मिस नेपाल मलिना जोशीले गरेका छन् ।
युवा वर्गलाई लक्षित गरी सञ्चालनमा आएको यो स्टोरमा विशेष गरी आधुनिक डिजाइनका ब्राण्डेड लेडिज जुत्ता, पर्स, अफिसियल ब्याग लगायत ट्रली ब्यागहरु खरिद गर्न सकिने छ ।