कुनै पनि सामानको कति वारेन्टी र ग्यारेन्टी हुन्छ ? केही निश्चित समयसम्म । एक वर्ष वा दुई वर्ष । तर फेमस स्टिल इन्डस्ट्रिजले आफ्ना सामानमा लाइफ टाइम ग्यारेन्टी दिएर सामानहरू बिक्री गर्दै आएको छ । फेमस स्टिल इन्डस्ट्रिज नेपालको एक स्वदेशी स्टिल उद्योग हो । नेपालमा पहिलोपटक पातार्य र पतलरी सामग्रीको उत्पादन गर्ने उद्योगका रूपमा फेमस स्टिल स्थापित भएको छ ।
४० वर्षदेखि व्यावसायिक यात्रा गर्दै आएको उद्योगले १५ वर्षपहिले बुटवल औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेको हो । त्यो उद्योगले सामानहरू उत्पादन गरी बजारमा बिक्री गर्दै आएको छ । ४ रोपनी जग्गामा फैलिएको उद्योगले स्वदेशी उत्पादनको ठूलो हिस्सा ओगटेको छ । शतप्रतिशत स्टिल प्रयोग भएको खिया नलाग्ने लाइफ टाइममा ग्यारेन्टीका सामान कम्पनीले बिक्री गर्ने भएकाले ग्राहकहरूको रोजाइ पनि बढ्दै गएको कम्पनीका मार्केटिङ म्यानेजर माधव दंगाल बताउँछन् । उनका अनुसार ‘गुणस्तरमा विश्वास, टिकाउमा ग्यारेन्टी’ को उद्देश्यसहित कम्पनीले अत्याधुनिक र उच्च गुणस्तरका कच्चापदार्थको प्रयोग गरी भाँडाहरू उत्पादन गर्दै आएको छ । त्यसैले हरेक नेपालीका भान्सामा सामानहरू पुगेका छन् ।’
कम्पनीले किचन स्टार्ट, प्लेट, कुकिङ आइटम, जग आइटम वाटर फिल्टर, ग्लास, कचलरी आइटमलगायतका दर्जनौं सामान उत्पादन गरेको छ । स्टिल मात्र नभई इलेक्ट्रिक राइस कुकर, कुकर इलेक्ट्रिक ओभन जग टोस्ट, मिक्स्चर, ग्यास गिजर आदि सामान पनि कम्पनीले उपलब्ध गराएको छ । इलेक्ट्रिक सामानमा पनि ग्राहकलाई ग्यारेन्टी दिइएको उनले बताए । फेमस स्टिलका सामानमा खिया लागे वा बिग्रिएमा शतप्रतिशत फिर्ता गर्ने सुविधा रहेको कुरा पनि उनले जानकारी दिए ।
कम्पनीले ग्राहकहरूको माग र डिजाइनअनुसार सामानहरू उपलब्ध गराउँदै आएको छ । यसका साथै आफ्ना उत्पादनलाई समयानुसार परिमार्जन गर्न अग्रसर छ । कम्पनीका म्यानेजर भन्छन्–‘कम्पनीको मुख्य उद्देश्य ग्राहकहरूको सन्तुष्टि हो । त्यसैले समयानुसार परिमार्जन गर्दै सामानहरूमा पनि नयाँपन दिइरहेका छौं ।’