ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।
अहिले समय र प्रविधिले हरेक कुरा सहज बनाउँदै लगेको छ । उतिबेला कहाँ यस्तो हुनु ?’ दुई दशकअघिको घटना स्मरण गर्दै पेप्सिकोलाकी दीपा भन्छिन्–‘आमा दमको रोगी हुनुहुन्थ्यो । घरमा अक्सिजन सिलिन्डर राख्न नसकेर उहाँको निधन भयो ।’ उनका अनुसार समय, सूचना र प्रविधिका कारण अहिले हरेक कुरा सहज हुँदै गएको छ । जसमा प्रमुख भूमिका खेलेको छ–प्रविधिको विकाससँगै शिक्षा, सूचना र सचेतनाले । यसैगरी ४७ वर्षीया सिर्जना खत्री २५ वर्षअघि गर्भको स्थितिका सम्बन्धमा जानकारी दिने उपकरणका बारेमा आफूलाई थाहा भएको भए ५ वटा सन्तानकी आमा बन्नु नपर्ने पीडा व्यक्त गर्छिन् । सिर्जना भन्छिन्–‘गर्भ रहेको थाहै नहुने । भन्दाभन्दै जँचाउन अस्पताल जाने मेसो नमिल्ने, घरकालाई भन्न पनि धक लाग्ने, अहिले जस्तो तुरुन्तै गर्भ रहेको थाहा पाउने सामग्रीका बारेमा बुझेको र थाहा पाएको भए यस्तो दुःख हुँदैनथ्यो ।’
समयसँगै मानिसहरू स्वास्थ्यप्रति निकै सजग हुँदै गएका छन् र घरमै हेल्थ क्लब, जिम मात्र होइन दसौं लाख पर्ने डायलोसिस मेसिनसम्म राख्न थालेका छन् । अहिले संभ्रान्त मात्र नभएर मिडिल क्लास फेमिलीको घरमा समेत यस्ता स्वास्थ्य उपकरण देख्न पाइन्छ । डायबिटिज नाप्ने ग्लुकोमिटर, प्रेसर नाप्ने प्रेसर मेजरमेन्ट, पोर्टेबल डायलोसिस मेसिनदेखि लिएर पेरिटोनियल डायलोसिस मेसिन मात्र होइन फिजियोथेरापीका उपकरण टेन्स, ट्रयाक्सन, अल्ट्रासाउन्ड, हिट मेसिनसम्म घरघरमा देखिन थालेका छन् ।
स्वास्थ्य उपकरण विक्रेता एभरेस्ट ट्रेड लिंक तीनकुनेका सुवास श्रेष्ठ ब्लड टेस्टका मेसिनहरू भने ल्याब भएका स्थानका लागि माक्र बित्री गरिने बताउँछन् । श्रेष्ठका अनुसार विदेशतिर भने यस्ता स्वास्थ्य उपकरण घरेलु प्रयोगका लागि पनि खरिद–बिक्री हुन्छन् तर नेपालमा भने त्यो ट्रेन्ड भित्रिसकेको छैन ।
हेल्थ केयर टेक्नोलोजिज प्रसूति गृह मार्गकी सुस्मिता पोखरेल आफूहरूले धेरैजसो बिपी जाँच्ने मेसिन बेच्ने कुरा बताउँछिन् । खासगरी डिजिटल बिपी मेसिन तथा डिजिटल थर्मोमिटर बिक्री हुन्छन् । ब्लडप्रेसर जाँच्ने मेसिन ३५ सयदेखि ६ हजारसम्मका र थर्मोमिटर २ सय ५० रुपैयाँदेखि ४५ सयसम्मका छन् । ‘मेसिन खरिदकर्तालाई हामी प्रयोग गर्ने विधि पनि यहीँ सिकाएर पठाउँछौं ।’ पोखरेल भन्छिन्–‘अहिले घर–घरमा यसको माग छ । स्वास्थ्य चेतना र सावधानीका कारण यस्ता उपकरण किन्नेहरू निकै बढेका छन् । अहिले यी उपकरण स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छन् ।’
भण्डारी सर्जिकल हाउसमा सुईदेखि लिएर एक्सरे, अल्ट्रासाउन्ड तथा ल्याब एनालाइजर, ल्याब रिएजेन्सहरू, डायग्नोटिक किटलगायत औषधिबाहेकका हरेक सामान पाइन्छन् । होम केयरका लागि भारतको डाक्टर मरपिन कम्पनीका ब्लडप्रेसर नाप्ने, सुगर नाप्ने, ज्वरो नाप्ने उपकरण र हटवाटर ब्याग, बेल्ट, पल्स अक्सिमिटर आदि सम्पूर्ण सामग्री यहाँ उपलब्ध छन् । सक्नेहरूले घरमै नर्स तथा अन टाइम डाक्टर राखेर अस्पतालको सेटअप घरमै गराएर पनि सेवा लिइरहेका छन् जुन लामो समय अस्पताल बस्नुपर्ने बिरामीहरूका लागि उपयुक्त छ । दमका बिरामीका लागि पल्स अक्सिमिटर तथा अक्सिजन कन्सनटेटर नामको उपकरणले स्वतः अक्सिजन उत्पादन गर्छ । यो मेसिनको पनि अहिले निकै माग छ । भण्डारी सर्जिकल हाउसका आर.एस.भण्डारी भन्छन्–‘रोगअनुसार फरक–फरक उपकरण प्रयोग गर्नुपर्छ । दमका बिरामीले १ लाखसम्म खर्च गर्न सके गुणस्तरीय उपकरण घरमै राख्न सक्छन् । रोग र गुणस्तरमा निर्भर हुन्छ उपकरणको मूल्य ।’ घरमै प्रयोग हुने स्वास्थ्य उपकरण भनेका ग्लुकोमिटर, थर्मोमिटर, पल्स अक्सिसमटर, इयर म्याट्रेस, क्याथेटर आदि नै हुन् ।
स्वीकृति इन्टरनेसनल एन्ड स्वीकृति मेडिसेल, चप्पल कारखानामा आँखासम्बन्धी विभिन्न लेन्स राखिएका छन् । संचालक दीपक पाण्डेका अनुसार नेपालमा लेन्स प्रयोग गर्ने ट्रेन्ड बढिरहेको छ । चस्मा लगाउन झन्झट मान्ने र चस्मालाई सुन्दरतासँग जोडेर हेर्नेहरू लेन्स प्रयोग गर्न रुचाउँछन् । कतिपय आँखाको सौन्दर्य वृद्धिका लागि कलरफुल लेन्स प्रयोग गर्न चाहन्छन् भने केही आँखाको आवश्यकता हेरी लेन्स प्रयोग गर्छन् ।
सनराइज सर्जिकल हाउस त्रिपुरेश्वरका अमृत कार्कीका अनुसार उनीकहाँ विभिन्न ब्रान्डका स्वास्थ्य उपकरण उपलब्ध छन् । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने थाहा भएपछि घरका लागि यस्ता उपकरण बढी बिक्री हुन थालेको कार्कीले बताए । नेपालीहरूमा बढिरहेको सुगर, प्रेसर, काठमाडौंको धूवाँ–धूलो र प्रदूषणका कारण रुघा–खोकी एवं ज्वरोका कारण पनि मानिसहरू अहिले आफ्नो स्वास्थ्यप्रति निकै सचेत छन् । त्यसैले घरमै प्रयोग गर्न मिल्ने पोर्टेबल स्वास्थ्य उपकरणको बिक्री बाक्लिएको उनको तर्क छ । सनराइज सर्जिकल हाउसले विभिन्न रोगका लागि फरक–फरक हेल्थ इक्युपमेन्ट बिक्री–वितरण गर्छ । ज्वरो नाप्ने थर्मोमिटर, सुगर नाप्ने ग्लुकोमिटर, ब्लड प्रेसर जाँचका लागि प्रेसर बिपी मोनिटर, गर्भवती जाँचका लागि प्रेग्नेन्सी टेस्ट आदिको प्रयोग घर–घरमा हुन थालेको छ । सुलभ मूल्य तथा सजिलै प्रयोग गर्न सकिने भएकाले पनि यस्ता उपकरण धेरैले रुचाएका छन् ।
आर. एस. भण्डारी
निर्देशक–भण्डारी सर्जिकल हाउस
विगत केही वर्षयता नेपालीहरूले पनि स्वास्थ्य नै सबथोक भन्ने कुरामा ध्यान दिन थालेका छन् । स्वास्थ्यप्रति सजग, सचेत र सतर्क हुन थालेकै कारण अहिले मानिसहरू घरमै स्वास्थ्य जाँचका उपकरणहरू राख्न प्रेरित भएका छन् । घातकबाहेक अन्य सामान्य रोगहरू जस्तै–सुगर, प्रेसर, ज्वरो, कोलेस्ट्रोल, दम आदि रोगका लागि उपयोगी उपकरण धेरै पैसा नपर्ने र प्रयोग गर्न पनि सजिला भएकाले अहिले मानिसहरू ज्वरो नाप्नकै लागि मात्र अस्पताल धाउँदैनन् । घरमै थर्मोमिटर राख्यो ज्वरोको लेभल थाहा पायो अनि सोहीअनुसार औषधि प्रयोग गर्यो । यसो गर्दा समय र पैसा दुवैको बचत हुन्छ । अहिले सक्नेहरूमा घरमै मिनी क्लिनिक सेटअप गरेर आधुनिक बेडलगायत अन्य स्वास्थ्य उपकरण राख्ने चलन पनि बढ्दैछ । त्यसबाहेक स–साना रोगका लागि हेल्थ इक्युपमेन्ट्स त सामान्य नै भैसकेका छन् ।