Successfully Copied

विकास र समृद्धि ः जनताको चाहना

सन् १९७६ जुलाई ४ मा चितवनमा जन्मिएकी रेनु दाहाल सन् १९९४ मा नेकपा माओवादी प्रवेश गरिन् । भूमिगत कालमा पनि पार्टीका लागि लामो संघर्ष गरेकी उनी सन् १९९६ देखि पूर्णरूपमा पार्टीमै होमिइन् । रेनु पहिलो संविधानसभा चुनावमा समानुपातिकका तर्फबाट सदस्य थिइन् ।


रेनु दाहाल, मेयर, भरतपुर महानगरपालिका

सन् १९७६ जुलाई ४ मा चितवनमा जन्मिएकी रेनु दाहाल सन् १९९४ मा नेकपा माओवादी प्रवेश गरिन् । भूमिगत कालमा पनि पार्टीका लागि लामो संघर्ष गरेकी उनी सन् १९९६ देखि पूर्णरूपमा पार्टीमै होमिइन् । रेनु पहिलो संविधानसभा चुनावमा समानुपातिकका तर्फबाट सदस्य थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्व. सीता दाहालका चार सन्तानमध्येकी माहिली छोरी रेनु सन् २०१७ को पालिका निर्वाचनमा ४३ हजार १ सय २७ मत ल्याएर प्रतिद्वन्द्वी देवी ज्ञवालीलाई पराजित गर्दै मुलुककै बलियो र केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) बन्न सफल भइन् । पहिलो कार्यकालमा आफूले गरेका काम र त्यसले ल्याएको परिणामबाट खुसी भएर जनताले दोस्रो कार्यकालमा पनि आफूलाई जिताएको बताउने उनी सन् २०२२ को चुनावमा ५२ हजार ३० मत ल्याएर नेपाली कांग्रेसका जगन्नाथ पौडेललाई पछि पार्दै पुनः मेयर पदमा विजय हासिल गरिन् । पहिलो कार्यकालमा बनाएका प्रमुख योजनालाई पूरा गर्न लागेकी उनको काम र योगदानप्रति भरतपुरवासी निकै खुसी भएको चर्चा चल्ने गरेको छ । नेपालका छ वटा महानगरपालिकामध्ये महिला प्रमुख भएको भरतपुर मात्र एक हो । दाहालसँग नारीका लागि गरिएको कुराकानी ः
तपाईंको कार्यकालमा भरतपुरवासी कत्तिको खुसी भएको महसुस गर्नुभएको छ ?
मेरा नगरवासीहरू मेरो अघिल्लो कार्यकालको काम र योगदानले निकै उत्साहित छन् । मलाई राजनीतिक दृष्टिले भन्दा पनि अभिभावकका रूपमा लिएको पाउ“छु । म आफैं पनि काममा अत्यन्त दृढ र समर्पित छु । मैले गरेको योगदान, भेदभावरहित व्यवहार र वातावरण, सबैलाई सम्मान र विकास केन्द्रित व्यवहारले पनि यो माहौल बनेको हुनसक्छ भन्ने मलाई लाग्छ ।
भरतपुरमा विकास निर्माणको गति कत्तिको दु्रत गतिमा अघि बढेको छ ? निर्माण कार्य ढिलाइ भएको गुनासो पनि सुनिएको छ नि, कारण के होला ?
विकास निर्माण परियोजना दु्रत छन् । छिट्टै परिणाम आउनेगरी काम भइरहेका छन् । तर निर्माण व्यवसायीको बेवास्ता, ढिलासुस्तीलाई भने नकार्न सकिँदैन, जुन भरतपुरमा मात्रै होइन देशैभरि भइरहेको छ । त्यस्तालाई हामीले पटक–पटक खबरदारी गर्ने, अटेर गरे कारबाही गर्ने र ठेक्का खारेज गर्नेसम्म गर्ने गरेका छौं भने समयमै राम्रो काम गर्नेलाई पुरस्कृत पनि गरेका छौं । अन्यको तुलनामा हाइवेको सवालमा हाम्रो काम ढिला भएको होइन । २०२४ सम्म योजनाअनुरूपका सबैकाम सम्पन्न गर्ने गरी प्रयास भइरहेको छ ।
तपाईंको नेतृत्वले ल्याएको परिवर्तन र नगरवासीमा यसको प्रभावबारे बताइदिनुस् न ।
विकासको पहिलो आधार, सडक पूर्वाधार । यसैलाई मध्यनजर राख्दै सहज सडक बिस्तारका काम कतिपय सम्पन्न भए भने कतिपय सकिने अवस्थामा छन् । पहिला मेघौली पुग्न दुई घण्टा बढी समय लाग्थ्यो, अहिले ४० मिनेटमै पुगिन्छ । यसले समय बचत हुने कुरा त छँदैछ, बजार विस्तार समेत भएको छ । त्यहाँ उत्पादन भएका खाद्यान्न बजारसम्म ल्याएर बेच्न सजिलो भएको छ । म विकास विकेन्द्रिकरणमा विश्वास राख्ने मान्छे, ग्रामीण क्षेत्रका उत्पादन र त्यहाँका स्थानीय कलाकौशलले बजार पाउनुपर्छ, त्यहाँका जनता समृद्ध हुनुपर्छ भन्ने लाग्छ । नारायणी तटीय क्षेत्रका जनता वर्षामा भेलबाढी आउ“दा भागाभाग हुन्थे उनीहरूको सुरक्षाका लागि तटबन्धनको काम अन्तिम अवस्थामा पुगेको छ । ‘सुरक्षित भरतपुरवासी’ भन्ने सपना साकार भएको छ । चितवन कृषिको ऊर्वरभूमि हो । मेरो पहिलो कार्यकालमै यससम्बन्धी धेरै काम भएका छन् । कृषि उत्पादनलाई बजार पु¥याउन ढुवानीका साधन, धान काट्ने मेसिन, दूध दुहुने मेसिन, बीउबिजन अनुदानस्वरूप वितरण गर्दै आएका छौं । भूमिगत जलसिंचाइ कार्ययोजनाअन्तर्गत सिंचाइको राम्रो प्रबन्ध मिलाएका छौं जसले गर्दा चार बालीसम्म आधुनिक कृषि गर्न सकिन्छ । त्यसबाहेक विदेशबाट फर्किएकाहरूलाई व्यवसाय गर्न अनुदान दिनेदेखि छ वर्षमा आठ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गर्न सफल भयौं । अन्य थुप्रै विकास निर्माणका काम भएका छन् जुन यहाँ भन्न सकिए पनि लेख्न सम्भव पनि नहोला ।
२०१७ मा यहाँको विजय र उक्त कार्यकालका विकास र उपलब्धि देख्दादेख्दै पनि पछिल्लो निर्वाचन (२०२२) मा केही असहज वातावरण सिर्जना भयो, चुनौती थपियो, जनताले के चाह“दा रैछन् भन्ने अनुभव भयो ?
त्यो विशुद्ध राजनीतिक मुद्दा हो, जनतासँग जोडिएको कुरा होइन । पहिलो कार्यकाल माओवादीलाई दिइयो, पुन ः किन दोहो¥याउने ? भन्ने थियो । यति हु“दाहु“दै पनि जनताले दिएको मतपरिणामले नतिजा देखायो । १२ हजार ५ सयको मतान्तरले जितें ।
महिला भएकै कारण नेतृत्वमा कत्तिको सहज–असहज छ ?
चुनौती धेरै छन्। बल्ल त महिलाले अवसर पाएका छन् त्यो पनि संविधानले नै सुनिश्चित गरिदिएकाले मात्रै । परम्परागत सोच, पितृसत्तात्मक चिन्तनका कारण हामी महिला पछाडि पारिएका छौं । सीमितअधिकार मात्रै हामीले पाएका छौं भन्छु अहिले पनि म त । ३३ प्रतिशत अनिवार्य भनिएको छ तर चरणबद्धरूपमा हामी अगाडि बढ्नुपर्छ । एकैपटक महिलालाई दिन हिच्किचाउँछन् । हामीले अब त्यसलाई प्रमाणित गर्नुपर्छ, अनिमात्र भावी पिंढीलाई सहज हुन्छ । ०७४ मा चुनावका लागि आउँदा मान्छेले मलाई पत्याउन गाह्रै भएको थियो तर काम गर्दै जाँदा प्रमाणित गर्न सकें भन्ने लागेको छ ।
निर्णायक तहमा महिला पु¥याउन के–कस्ता चुनौती देख्नुहुन्छ ? समाधानका उपाय के होलान्?
अघि माथि नै भनिसकें चुनौती थुप्रै छन् । ३३ प्रतिशतलाई हरेक तह–तप्कामा अनिवार्य रूपमा कार्यान्वयन गराउनुपर्छ । महिला सशक्तीकरणका आन्दोलन अझ तीव्र बनाउ“दै लानुपर्छ ।
निर्णायक तहमा पुगिसकेका महिलाले नेतृत्व सीप, कलालाई अझै निखार्न–तिखार्न र कसी लगाउन के गर्नुपर्ला ?
नेतृत्वमा पुगिसकेका हामी जस्ताले आफ्नो काम र जिम्मेवारीमा इमान्दार हुने, पाएको अवसरलाई सशक्त ढंगले पूर्ति गर्ने, सकारात्मक ढंगले प्रस्तुत हुने, शतप्रतिशत क्षमता र समय लगानी गर्न तत्पर हुनुपर्छ ।
महानगर प्रमुख (मेयर) हुन सजिलो कि महिला कोटाबाट समानुपातिक सांसद हुन ?
पहिलो चुनावमा म समानुपातिकबाट सांसद थिएँ । जनतासँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्न नपाइने, उनीहरूका कुरा सुन्न र आफ्नो सुनाउन त्यत्ति सहज नहुने हुँदा अलि निस्क्रिय जस्तो महसुस हुन्थ्यो । मेयर पदमा आएर जनतासँग घुलमिल हुनुपर्ने, हरेकका समस्या र गुनासा सुन्नुपर्ने, विकास निर्माणका काममा प्रत्यक्ष सहभागी हुनुपर्ने भएको र मेरो स्वभाव पनि चुनौतीमा रमाउने भएकाले म यसमा ‘इन्जोय’ गरिरहेकी छु । तर चितवन नेपालको मुटु र ७८ औं जिल्ला पनि भनिने भएकाले यहाँ काम गर्न सोचेजस्तो सजिलो भने छैन ।


‘प्रचण्ड’ पुत्री हुन सहज कि महानगरको मेयर हुन ?
नेताका छोराछोरी लाभै लाभले पुरिन्छन् भन्ने कुरा स्वैरकल्पनासरह हो भन्ने मेरो अनुभवले बताउँछ । नेताको सन्तान हुनुको ‘चार्ज’ हामीमाथि भएकाले, हरेक ठाउँमा सम्हालिनुपर्ने, बोल्दा विचार गर्नुपर्ने, त्यस्ता चार्जलाई खण्डन गर्नुपर्ने चुनौती हामीमाथि छ । नेताकी छोरी भएर नेतृत्व सम्हाल्दै गर्दा आफ्नै बलबुता लगाएर कामले प्रमाणित गर्नुपर्ने चुनौतीका चाङ छन् ।
राजनीतिमा विकास गरेर फलिफाप हुने हो कि राजनीतिका अन्य बाटाहरू वा भनौं विभिन्न ‘टे«न्ड’ पछ्याएर राजनीतिमा सफल भइने हो ?
समृद्धि र विकासमै जनता खुसी हुन्छन् भन्ने मेरो बुझाइ छ । अनेक ‘टे«न्ड’ पच्छ्याएर पनि काम गर्न सकिएन, परिणाममा चुकियो भने जनताले किन पत्याउने ? कसरी विश्वास गर्ने ? मेरो दोस्रो विजय भनेको मैले पहिला गरेको कामप्रतिको विश्वास हो । जनताको मनोविज्ञानलाई बुझेर काम गर्न सक्नु र जान्नु पर्दोरहेछ । उनीहरूलाई विश्वास दिलाउन सक्नुपर्दोरहेछ । यतिले मात्रै पनि पुग्दैन काम गरेर देखाउनै पर्दोरहेछ टिकिरहनका लागि ।
महिलाका लागि यहाँले गरेका र गर्दै गरेका केही नयाँ काम छन् कि ?
पहिलो पटकको पद बहालीकै दिन कुर्सीमा बस्दा भरतपुरका सम्पूर्ण अस्पतालका ओपीडीमा महिलालाई निःशुल्क स्वास्थ्य परीक्षणको घोषणा गरेकी थिएँ । दोस्रो कार्यकालको सुरुवातमै भरतपुर महानगरभित्र जन्मिने छोरीलाई एक लाखको जीवन बीमा गराउन सफल भइयो । त्यसपछि छात्रालाई साइकल कार्यक्रम सम्पन्न भयो । महिलालाई सीपमूलक कार्यक्रम, तालिमलगायत घरेलु हस्तकला, कृषि उद्यमलगायतका कार्यक्रम ल्याइयो । ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत महिलाले नेतृत्व गरेका कार्यक्रममा अनुदान दिने लगायतका कृषि, उद्यम, व्यवसाय, शिक्षा, सशक्तीकरणका कार्यक्रमहरू निरन्तर चलिरहेका छन् ।
अब तत्काल भरतपुरमा गर्नैपर्ने मूल काम ?
पहिलेका परियोजना सम्पन्न गरी थप नयाँ परियोजना ल्याउने प्रमुख काम हो । भरतपुर एयरपोर्ट, नारायणी पुल, भरतपुरको दिगो फोहोर व्यवस्थापनयी तीन वटा मुख्य काम तीव्र रूपमा अघि बढेका छन् । यसपछिको जोड हरियाली प्रवद्र्धन र सरसफाइमा छ । डिजिटल भरतपुरअन्तर्गत सीसीटीभी जडानका लागि तीन करोड विनियोजन गरिएको छ । पालिकाभित्र सम्पूर्ण कारोबार डिजिटल भइरहेको छ ।
पारिवारिक र व्यावसायिक जीवन कसरी सन्तुलन गरिरहनुभएको छ ?
कहिलेकाही लाग्छ, परिवारमाथि अन्याय गरिरहेकी छु तर फेरि जनताका लागि जीवन समर्पित गरेकोमा चित्त बुझाउँछु । पहिलो निर्वाचनमा तीन कक्षा पढ्ने छोरा छोडेर चुनाव लड्न आए“, छोराले बिन्तीभाउ गरेको थियो नजानुस् भनेर, चुनावमा उठिसकेपछि पनि ममीले हारे हुन्थ्यो भन्थ्यो । छोरी बिहे गर्ने बेला भइसकी उसँग बस्न पाएकी छैन । छोराछोरीको जन्मदिनमा सँगै नभएको कयौं क्षण छन् । र पनि देश र जनताका लागि काम गरेकी छु भनेर मन बुझाउँछु ।
महिला विकास र सशक्तीकरणका लागि के आवश्यक देख्नुहुन्छ ?
महिला स्वयं जागरुक र आत्मविश्वासी हुनप¥यो, नेतृत्वले पनि महिलालाई विशेष प्राथमिकतामा राखेर सहयोग गर्नुप¥यो ।
केही नयाँ योजना र सन्देश छन् कि ?
‘घुमौं भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष–२०२४ मनाउन गइरहेका छौं । ऋणको कारणले रोकिएको रंगशाला पूरा गर्ने प्रक्रियामा छौं । अनुमानित निर्माण लागत तयार पारिरहेका छौं । रिङ रोड त करिब–करिब पूरा भइसक्यो । थप लिंक रोड निर्माणका काम पनि उत्तिकै भइरहेका छन् । यो क्षेत्रमा ‘विकास र समृद्धिको बाढीसँगै विकासको बहार’ ल्याउने मेरो चाहना, लक्ष्य, उद्देश्य र भिजनमा सबैको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछु ।

 Image