‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।
क्रिष्ट हस्पिटलमा छाला रोग बिशेषज्ञ चिकित्सकको रुपमा कार्यरत डा. रीमा श्रेष्ठले केमिकल पिलिङको पनि उपचार गर्छिन् । अनुहारको छालालाई सफा र चम्किलो बनाउने यो विधि फेसियल भन्दा प्रभावकारी रहेको छ । यसै विषयमा केन्द्रित रहेर नारीका सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानी :
केमिकल पिलिङ भनेको के हो ?
यो एउटा फेसियल जस्तै हो । तर यसमा मेडिकल्ली उपचार गरिन्छ । अनुहारमा कुनै प्रकारको दाग हटाउन तथा कम गर्नको लागि यो उपचार गरिन्छ । यसमा विभिन्न प्रकारका अल्फा हाइट्रोसि एसिडहरुलाई मिलाएर गर्ने उपचार विधी हो ।
यसवाट केकेमा फाइदा पुग्छ ?
पिम्पलका दागहरु, घाउका दाग, कालो धब्बा जस्तै चायाँ, पोतो आदिमा मल्हम औषधीसंगै केमिकल पिलिंग गऱ्यो भने छिट्टै नतिजा आउँछ । साथै अनुहारमा कुनै प्रकारको दाग धब्बा नै नभए पनि फेसियलको सट्टा केमिकल पिलिंग गर्न सकिन्छ । जसले स्किन चम्किलो, सफा र नरम बनाउन मद्धत गर्छ ।
केमिकल पिलिंग कति थरीको हुन्छ ?
नेपालमा ३० थरिका केमिकल पिलिंग उपचार छन् । छालाको प्रकार र रोगको अवस्था अनुसार डाक्टरको सल्लाह बमोजिम कुन उपयुक्त हुन्छ त्यही गर्दा राम्रो नतिजा आउँछ ।

यो कति पटक गराउनु आवश्यक हुन्छ ?
२ देखि ३ हप्तामा १ पटक गराउनु पर्छ । यसरी नियमित ६ पटक गर्दा छाला राम्रो हुन्छ । पछि फेसियलको सट्टा यही पिलिंग गराउँदा पनि हुन्छ ।
यसका साइड इफेक्टहरु केके हुन्छ ?
पिलिंग गरेको १–२ दिन सम्म छाला जाने वा रातो हुन सक्छ तर डाक्टरले दिएको मल्हम लगाउने र एक हप्ता जति घामवाट जोगाउनु पर्छ । अन्य कुनै साइड इफेक्टहरु हुदैंनन् ।
यसका फाइदाहरु के के छन् त ?
नियमित गराउँदा मसिनो चाउरीपना हट्छ, अनुहारमा दागधब्बा रहदैंन ।
यो उपचार कतिको महंगो छ ?
यो अन्य उपचार भन्दा सस्तो उपचार हो । एक पटक गराउँदा छाला र त्यसको समस्या हेरेर १ हजार देखि २ हजार रुपैंयासम्म पर्छ ।
कुन उमेर देखि यसको उपचार लिन सकिन्छ ?
टिनएजर देखि ६०–७० बर्षसम्मका लागि यो उपचार गर्न मिल्छ । अर्थात राम्रो हुने चाहना भए सम्मकाले गर्दा केही फरक पर्दैन ।