Successfully Copied

तीजअघिको तयारी

केराटिन वा प्रोटिनयुक्त स्याम्पुले नुहाउँदा केश बलियो एवं स्वस्थ हुन्छ । हप्तामा एकपटक भए पनि हट आयल मसाज गर्ने । हेयर कलरिङ तथा हेयर कटिङ भने तीजभन्दा हप्ता–दस दिनअघि नै गर्नुपर्छ । यदि केश सुख्खा र ड्यामेज छ भने महिना दिनअघि नै हेयर

 

व्रतका बेला कसरी दिनभरि फिट रहने ?

केही हप्तादेखि नै सन्तुलित भोजन सेवन गर्ने । प्रोटिनयुक्त खाना प्रशस्त मात्रामा खाने । त्यही खानाले शरीरलाई फुर्तिलो राख्छ र थकान कम गर्छ भने छाला तथा केशलाई स्वस्थ एवं सुन्दर बनाउँछ । त्यसैगरी भिटामिन ई, ओमेगा ६ तथा आइरनयुक्त खाना पनि खानुपर्छ । दिनहुँ बिहान खाली पेटमा भिजाएको बदाम ५–६ वटा तथा गाजरको जुस सेवन गर्ने ।

केशलाई आकर्षक बनाउन के गर्नुपर्छ ?

केराटिन वा प्रोटिनयुक्त स्याम्पुले नुहाउँदा केश बलियो एवं स्वस्थ हुन्छ । हप्तामा एकपटक भए पनि हट आयल मसाज गर्ने । हेयर कलरिङ तथा हेयर कटिङ भने तीजभन्दा हप्ता–दस दिनअघि नै गर्नुपर्छ । यदि केश सुख्खा र ड्यामेज छ भने महिना दिनअघि नै हेयर स्पा गराउनुपर्छ । हेयर स्पा ४ हप्तासम्म लगातार गराउनुपर्छ जसले तीजको समयमा केशलाई आकर्षक बनाइसक्छ । नुहाएपछि सधै ओयल सिरम लगाउनुपर्छ ।

अनुहारको छालाको स्याहार कसरी गर्ने ?

महिना दिनअघिदेखि नै प्रत्येक हप्ता अनुहारमा ग्लो फेसप्याक लगाउने । छालालाई नर्मल अनि हेल्दी बनाउन प्रत्येक रात भिटामिन ई वा नाइट मोइस्चराइजर क्रिम लगाउने । मेकअपलाई लामो समयसम्म टिकाउन दिनहुँ छालालाई क्लिन्जिङ, टोनिङ तथा मोइस्चराइजिङ गर्नुपर्छ । मृतकोषहरू हटाउन गोल्ड स्क्रब, वालनट स्क्रब वा ओप्रिकोट स्क्रबलाई हप्ताको एकपटक प्रयोग गर्ने ।

हातखुट्टालाई आकर्षक एवं मजबुत बनाउन के गर्नुपर्छ ?

तीजका दिन खाली खुट्टा हिँड्दा खुट्टा ड्राई हुन्छ । त्यसैले १ महिनाअघिदेखि नै खुट्टाको स्याहार गर्नुपर्छ । खुट्टालाई दिनहुँ स्क्रब वा स्क्रब साबुनले धुने र बडी क्रिम लगाउने । मेनिकेयर तथा पेडिकेयर १५ दिनमा १ पटक गर्ने । खुट्टाको कुर्कुच्चा सुख्खा नहोस् तथा नफुटोस् भनेर दिनहुँ हिल रिपेयर क्रिम लगाउने । नङ बलियो बनाउन क्युटिकल ओयल एवं क्युटिकल क्रिम लगाउने । राम्रो र सफा राख्न नङमा ब्लिच गर्ने । तीजअघि नै नङलाई सेप र साइज दिने । नङ राम्रा नभए जेल नेल एक्सटेन्सन वा नेल एक्सटेन्सन गराउन सकिन्छ । हात सुन्दर राख्न दिनको २–३ पटक ह्यान्ड क्रिम लगाउने ।

सौन्दर्यविद्, आइटीसी ब्युटिपार्लर तथा

ट्रेनिङ सेन्टर नक्साल

 Image