Successfully Copied

काठको ढोकाको डिजाइन

घाम र पानी पर्ने ठाउँ मुख्यद्वार, कौसी, बाल्कोनी, बाथरुम जस्ता ठाउँमा वाटरपु्रफ र सन प्रोटेक्सनयुक्त ढोकाको छनोट गर्नुपर्दछ ।


घरको मुख्य ढोका ठूलो हिस्सा मानिन्छ । किनभने परिवारको सुख, समृद्धि र शान्तिको द्वार यहीँबाट खुल्छ । मूल ढोकाको डिजाइन राम्रो भयो भने घरको सुन्दरता धेरै गुणा बढ्छ । त्योसँगै मुख्य ढोका बलियो भयो भने घर सुरक्षित हुन्छ । घरमा आउने पाहुनाहरूलाई पनि आकर्षित गर्छ । त्यसैले मुख्यद्वारको ढोकाको डिजाइन बढी महत्वपूर्ण हुन्छ । स्मार्ट डोरकी मार्केटिङ हेड अनिशा देउवाका अनुसार पछिल्लो समय मायका डोर एकदमै टे«न्डमा छ । यसले घाम र पानी दुवै छेक्ने भएकाले मुख्यद्वारका लागि एकदमै उपयोगी हुने उनको भनाइ छ । उनका अनुसार घरको इन्टेरियरको हिसाबले सही ढोकाको छनोट, डिजाइन, रंगको संयोजन, टिकाउबारे सबै जानकारी लिनुपर्छ । कुन ठाउँका लागि ढोका छनोट गर्दै हुनुहुन्छ त्यो एकदमै महत्वपूर्ण हुन्छ । घाम र पानी पर्ने ठाउँ मुख्यद्वार, कौसी, बाल्कोनी, बाथरुम जस्ता ठाउँमा वाटरपु्रफ र सन प्रोटेक्सनयुक्त ढोकाको छनोट गर्नुपर्ने उनको सुझाव छ ।

मायका डोर
यसलाई क्यानेडियन डोर पनि भनिन्छ । यो ढोका एकदमै चलेको छ । घामपानी दुवै छेक्ने भएकाले मुख्यद्वारका लागि यो ढोका निकै उपयोगी मानिन्छ । साथै बाल्कोनी, कौसी, बाथरुममा पनि यो ढोका राख्न सकिन्छ । यो ढोकाले घरलाई स्ट्यान्डर्ड लुक दिन्छ । यो ढोकामा १५ वर्षको वारेन्टी छ । सिंगल ढोकाको ७ हजार २ सय रुपैयाँ र डबल ढोकाको ९ हजार २ सय रुपैयाँ पर्छ ।

थ्रिडी डोर
यो डोरमा बुट्टा माथि उठेको हुन्छ । यो ढोका पनि धेरैले रुचाउने गरेका छन् । विभिन्न डिजाइनमा यो ढोका पाउन सकिन्छ । यो भित्र कोठाहरूका लागि उपयुक्त हुन्छ । डबल डोरको १२ हजार ५ सय रुपैयाँ र सिंगल डोरको ९ हजार २ सय रुपैयाँ पर्छ । यसमा पनि १५ वर्षको वारेन्टी हुन्छ ।

मेम्बेरन डोर

यो पुरानो भए पनि सदाबहार चल्ने डिजाइन हो । यो धेरै भेराइटीमा पाइने भएकाले ग्राहकलाई छनोटका लागि अप्सन पाइन्छ । यसमा थ्रिडीमा जस्तो बुट्टा उठेको हुँदैन । १५ वर्षको वारेन्टी रहेको यस डबल ढोकाको ७ हजार २ सय रुपैयाँ र सिंगल ढोकाको ४८ सय रुपैयाँ पर्छ ।


रोजाइमा गाढा रंग
काठको ढोका विभिन्न रंगमा पाइन्छ । कालो (फरेस्ट ब्ल्याक), चकलेटी, पहेलो, सेतो रंग चलेको रंग हो । डार्क एटी, आर डब्ल्यु र चकलेटी रंग भने धेरै रोज्ने रंग हो ।

नेपालमै बन्ने
पाइनर आँपको काठबाट बन्ने यी ढोकाहरू नेपालमै बन्छन् । विराटनगर, धरान र दाङबाट फल्सिङ डोर काठमाडांैमा आइपुग्छन् । जसमाकीरा नलागोस् र प्वाल नपरोस् भनी सिजनिङ गरिएको हुन्छ । त्यसलाई ग्राहकको रोजाइ र इच्छाअनुरूप सिएनसी मेसिनबाट भिभिसी, मायका लेमिनेट गरी डिजाइन गरिन्छ ।

वर्षौंसम्म ढुक्क
यो ढोका लामो समयसम्म टिक्छ । ढोकाको सही तरिकाले हेरचाह गरेमा एकपटक लगाएपछि जिन्दगीभरलाई पुग्छ । ढोका बनाउँदा भने सही साइज र आकारको अर्डर गर्नुपर्छ । जुन ठाउँमा राख्ने हो सोहीअनुसारको ढोका खरिद गर्नुपर्छ ।

हेरचाह
अन्य मौसममा भन्दा वर्षामा काठको ढोकाको विशेष हेरचाह गर्नुपर्छ । किनभने यतिबेला ढोकामा पानी परिरह्यो भने बिग्रने सम्भावना हुन्छ । जाडो मौससमा पनि चिसोका कारण काठको ढोका फुल्ने डर हुन्छ । त्यसैले गुणस्तरीय काठको ढोका रोज्नुपर्छ । काठको ढोकालाई चम्किलो बनाइराख्न आयल वा वाक्सिङ पनि गर्न सकिन्छ । ढोकामा जमेको धूलो वा माटो हटाउनका लागि धेरै पानीको प्रयोग गर्नुहुँदैन । कपडा भिजाएर निचोरी सुख्खा बनाएर पुछ्न सकिन्छ ।

 Image