Successfully Copied

मोडुलर किचन किन रोज्ने ?

पछिल्लो समय मोडुलर किचन धेरैको रोजाइ बनेको छ । यो आधुनिक भान्सा हो । मोडुलर भान्सामा हरेक सामग्री राख्न निश्चित ठाउँ तय गरिएको हुन्छ । यो निकै आकर्षक, सुन्दर र व्यवस्थित देखिन्छ ।

अर्पना श्रेष्ठ
इन्टेरियर डिजाइनर, किचन कन्सेप्ट टेकु


भान्सा निर्माणका अनेक विधि छन् । पछिल्लो समय मोडुलर किचन धेरैको रोजाइ बनेको छ । यो आधुनिक भान्सा हो । मोडुलर भान्सामा हरेक सामग्री राख्न निश्चित ठाउँ तय गरिएको हुन्छ । यो निकै आकर्षक, सुन्दर र व्यवस्थित देखिन्छ ।पुरानो भान्सालाई समेत मोडुलर किचनमा परिणत गर्न सकिन्छ । स्ल्यापहरूमा दराजको डिजाइन गरेर राख्न सकिन्छ । भान्साको डिजाइन गर्दा जस्तोसुकै कोठा वा अवस्था होस् त्यहाँ सेवाग्राहीको इच्छा र आवश्यकतानुसार डिजँइन गरिन्छ ।मोडुलर किचनमा काम गर्न एकदमै सजिलो हुन्छ । हेर्दा आकर्षक र छरितो देखिने यो भान्सा सुरक्षित छ । यसको ढोका प्रयोग गर सजिलो र हल्का हुन्छ ।

कस्तो निर्माण सामग्रीको प्रयोग गर्ने ?
बजारमा भान्सा निर्माण गर्ने सामग्रीहरू दिनहुँ फरक–फरक रूपमा भित्रिरहेका हुन्छन् । अहिले त ग्राहकहरू पनि धेरै सचेत देखिन्छन् । उनीहरूलाई कस्तो डिजाइन, निर्माण सामग्री राख्ने, रंग कस्तो रोज्ने बारे थाहा हुन्छ । मोडुलर भान्सामा धेरै प्रकारको मटेरियलको प्रयोग गर्न सकिन्छ । हामीले नेपाली उत्पादनलाई बढी प्राथमिकता दिएका छौं। 

मोडुलर किचन नेपालमै पनि बनाइन्छ । जुन हाम्रो आफ्नै कम्पनीको फ्याक्ट्री रामकोटमा बन्छ । यहाँ प्रयोग गरिने मटेरियल लेमिनेटको हुन्छ भने भारतबाट आउने एमडिफ, ग्लास, एक्रुलिक, वुड जस्ता मटेरियलको बन्छ । भारतबाट आएको मटेरियलमा पनि क्याबिनेट नेपाली उत्पादन नै जडान गरिन्छ । ६० प्रतिशत नेपाली उत्पादनको प्रयोग हुन्छ । किनभने यो निकै छिटो र केही सस्तो पनि पर्छ साथै गुणस्तरीय हुन्छ । त्यसस“गै यो कम्पनीस“ग आफ्नो सामान कस्तो बन्दैछ, कस्तो मटेरियलको प्रयोग हुँदैछ भनेर हेर्ने सुविधा पनि छ ।


मोडुलर किचनका विशेषता के–के हुन् ?
यो आधुनिक भान्सा भएकाले निकै सजिलो र छरितो हुन्छ । छुट्टाछुट्टै बक्स जोडेर बनाइने भएकाले अर्को ठाउ“मा सार्न, थप्न र घटाउन पनि सकिन्छ । यो भान्साको मुख्य विशेषता भनेको यसको कुनै एक भाग बिग्रियो भने त्यही भाग मात्र सजिलै फेर्न सकिन्छ । कम्पनीले नै यो भान्सा एकपटक जडान गरिसकेपछि बिग्रियो भने मर्मत–सम्भार गरिदिन्छ ।भान्सामा जति नै जोगाएपनि पानी पोखिन्छ । मोडुलर भान्सा जडान गरेपछि पानीले बिगार्दैन । यो लामो समय टिक्छ । मोडुलर किचनमा आवश्यकतानुसार क्याबिनेट, दराज थपघट गर्न सकिन्छ । यहाँ धेरै सामानहरू राख्नका लागि ठाउँ बनाउन सकिन्छ । यो भान्सा जडान गर्नुको मुख्य उद्देश्य भनेको भान्साका प्रत्येक कुनालाई प्रयोगमा ल्याउनु हो ।मोडुलर किचनमा ठाउँअनुसार भान्साको डिजाइन गरिन्छ । यसमा ओभन दराजमै अट्याच गरेर पनि राख्न सकिन्छ । यसले ठाउँ धेरै ओगट्दैन र बालबालिकाहरूलेस्विच छुने डर पनि हुँदैन ।

जडान गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

मोडुलर भान्सा जडान गर्दा ग्राहकले स–साना कुरामा ध्यान दिनुपर्छ । कस्तो मटेरियलको प्रयोग भएको छ, भुइँ देखि नै जोडेर सुरु गरिएको छ वा भित्तामा सँगै जोडिएको छ बुझ्नुपर्ने हुन्छ । किनभने यस्ता स–साना कुराले नै भान्सा चाँडै बिग्रन सक्छ । मोडुलर किचनमा पनि नयाँ–नयाँ प्रविधि भित्रिरहेका हुन्छन् । यी कुरामा पनि अपडेट भइरहनुपर्छ । भान्सा हावा ओहोरदोहोर हुने उज्यालो ठाउँमा हुनुपर्छ । कोठा कतातिर फर्केको छ, झ्यालढोका कतातिर छन् सोहीअनुसार भान्साको डिजाइन गर्नुपर्छ ।


रंगको छनोट
पहिले र अहिले रंगको छनोटको तुलना गर्दा निकै भिन्न देखिन्छ । पहिलेमानिसहरूले रातो र सेतो, रातो र कालो, मरुन र सेतो जस्ता चहकिला रंगको संयोजन मनपराउ“थे भने अहिले हल्का सेतो र ग्रे रंग चलेको छ । धेरै ग्राहकले सेतो रोज्ने गर्छन् ।

कति खर्च लाग्छ ?

मोडुलर किचन जडान गर्न ठ्याक्कै यति नै खर्च लाग्छ भन्न सकिँदैन । किनभने यसको खर्च डिजाइन र साइजअनुसार फरक हुन्छ । मोडुलर किचनको मूल्य चार लाखदेखि सुरु हुन्छ । यसमा डिजाइनदेखि फिटिङसम्मको मूल्य जोडिएको छ । साथै कम्पनीले मोडुलर किचनमा एक वर्षको वारेन्टी दिएको छ साथै मर्मतको सुविधा पनि आजीवन हुन्छ ।

 Image