Successfully Copied

मनमा उत्पन्न तनाव र भावनालाई चित्रमा उतार्नु नै आर्ट थेरापी -कृपा श्रेष्ठ

पोखरा एक सुन्दर र शान्त ठाउँ हो । यहाँ हाइकिङ र घुमफिरका लागि मात्र नभई आर्ट थेरापीका लागि उपयुक्त हुन्छ भनेर सुरुवात गरेको हो ।



कृपा श्रेष्ठ, आभ्या फिटनेस क्लब पोखरा
पोखरास्थित फिटनेस क्लब आभ्यामा ‘आभ्या विथ कलर आर्ट थेरापी’ सञ्चालन भयो । कार्यक्रममा क्यानभासको माध्यमबाट भावना प्रस्तुत गरिएको कृपाश्रेष्ठ बताउ“छिन् । उनका अनुसार मानिसहरूमा बढ्दै गएको तनाव,डिप्रेसन कम गर्न आर्ट थेरापी उपयोगी हुन्छ । यही सन्दर्भमा आभ्या फिटनेस क्लबकी कृपा श्रेष्ठसँग गरिएको कुराकानी

के हो आर्ट थेरापी ?
आर्ट थेरापी एक कला चिकित्सा हो । यसले क्यानभासको मँध्यमबाट थेरापी गर्न सकिन्छ । मनमा उत्पन्न तनाव र भावनालाई चित्रमा उतार्नु नै आर्ट थेरापी हो । चित्रको माध्यमबाट आफ्ना भावना प्रस्तुत गरेर स्वस्थ र उपयोगी जीवन जिउन सकिन्छ ।

आर्ट थेरापी किन पोखरामै गर्नुभयो ?
पोखरा एक सुन्दर र शान्त ठाउँ हो । यहाँ हाइकिङ र घुमफिरका लागि मात्र नभई आर्ट थेरापीका लागि उपयुक्त हुन्छ भनेर सुरुवात गरेको हो । कोरोनापछि मानिसमा तनाव र डिप्रेसन बढ्दै गएको देखियो । युवादेखि वयस्कमा पनि यो समस्या बढ्दो छ । यसको समाधानका लागि थेरापीको सुरुवात गरिएको हो ।


थेरापी कसरी गरिन्छ ?
यो थेरापी अरुभन्दा भिन्न छ । यो क्यानभासका माध्यमबाट गरिन्छ । यसले दिमागलाई फ्रेस बनाउँछ । यसका साथै गीत–संगीत एवं नाटकका माध्यमबाट पनि यो थेरापी गर्न सकिन्छ । मानिसले प्रयोग गर्ने रंगका आधारमा उसको मनभित्र के भइरहेको छ भनेर थाहा पाउन वा विश्लेषण गर्न सकिन्छ । यसका माध्यमबाट बिरामीले आफ्नो भावनामार्फत थेरापी गर्न सक्छन् । यसको प्रभाव भनेको अनुहारमा खुसी छाउनु हो । यसले डिप्रेसन र एक्लोपनलाई कम गराउँछ । मनभित्र भएका पीडा कम गरेर फ्रेस बनाउ“छ । मानसिक रूपमा तन्दुरुस्त गराउँछ ।

आर्ट थेरापीमा सहभागिता कस्तो छ ?

पछिल्लो समय आर्ट थेरापीमा सहभागिता बढ्दै गएको छ । युवापनि आर्टमा रमाउन थालेका छन् । एक दिनको इभेन्टमा धेरै जनाको सहभागिता थियो । आफूमा भएको तनाव कम गर्न उपयुक्त माध्यम नै आर्ट थेरापी हो भनेर बुझ्न थालिसकेका छन् । स्वदेशी मात्र नभई विदेशीहरू पनि यसप्रति आकर्षित हुन थालेका छन् । यसलाई पोखरामा मात्र सीमित नराखी अन्यत्र पनि फैलाउने योजना छ ।

 Image