Successfully Copied

आइभीएफ के हो ?

आइभीएफ गराउन २४ देखि ५५ वर्षसम्मका आउने गरेका छन् ।


डा. चेतना श्रेष्ठ, प्रजनन विशेषज्ञ, स्नेह फर्टिलिटी सेन्टर, बसुन्धरा


आइभीएफ के हो ?
आइभीएफ भनेको सन्तान उत्पादन गराउने उपचार विधि हो । यसअन्तर्गत विभिन्न उपायद्वारा पनि सन्तान भइरहेका छैनन् भने महिलाको डिम्ब र पुरुषको शुत्रकीटलाई निकाली बाहिर ल्याबमा फर्टिलाइजेसन गरेर बच्चा जन्माउने प्रक्रिया नै आइभीएफ हो ।

आइभीएफ कसरी गरिन्छ ?
यसका लागि सुरुमा महिलाहरूको सबै जाँच गर्नुपर्छ । यो जाँच महिनावारी भएको दोस्रो दिनमा गरिन्छ । चेकअपमा हर्मोन टेस्ट र अल्ट्रासाउन्ड गरिन्छ । दोस्रो दिनदेखि नाइटोको वरिपरि १० दिनदेखि १२ दिनसम्म विभिन्न सुई लगाइन्छ । यसरी चेकजाँचपछि महिलाहरूको डिम्ब हेरिन्छ र राम्रो गुणस्तरको डिम्बलाई ल्याबमा निकालिन्छ । त्यसबेला पुरुषको पनि शुक्रकीट निकालिन्छ । त्यसलाई ल्याबमा राखेर निषेचन गरिन्छ र गर्भाशयमा राखेर गर्भवती बनाइन्छ ।

आइभीएफबाट जन्मिएका आफ्नै बच्चा हुँदैनन् भनिन्छ नि ?
आइभीएफबाट जन्मिएका बच्चा आफ्नै हुन्छन् । यसमा महिलाको डिम्ब र पुरुषको शुत्रकीटलाई नै मिलाएर गर्भवती बनाइन्छ । जुन गर्भवतीको प्रक्रिया मात्रै हो । बच्चा भइसकेपछि यसलाई बच्चाको वृद्धि प्रक्रियालाई महिलाको गर्भाशयमा राखिन्छ । यसमा सामान्य गर्भधारण जस्तै समय लाग्छ । आइभीएफमा पनि बच्चा जन्मने प्रक्रिया प्राकृतिक हो । यो विधिमार्फत बच्चा नराम्रो जन्मने र फरक किसिमको अरुको बच्चा जन्मने भन्ने हुदैन ।

आइभीएफ कति उमेरसम्म गर्न सकिन्छ ?
पहिले–पहिले ५–१० वर्ष कुरेर बस्ने र बच्चा नभएपछि बल्ल चेकजाँच गरिन्थ्यो । अहिले त्यो अवस्था छैन । विवाह भएको केही समयमै बच्चा भएन भने चेकजाँच गराउँछन् । आइभीएफ पनि समयमै गर्नुपर्ने भन्ने सल्लाह हामी दिन्छौं । पाठेघर छ भने बच्चा पाउन सकिन्छ तर महिलाहरूको ३५ वर्षसम्म पनि डिम्ब राम्रो हुन्छ । त्यसकारण यही उमेरसम्म आइभीएफ गराउँदा राम्रो र सफल हुन्छ । उमेर बढ्दै गएपछि डिम्बको गुणस्तर घट्दै जाने भएकाले आइभीएफ सफल नहुन पनि सक्छ । आइभीएफ गराउन २४ देखि ५५ वर्षसम्मका आउने गरेका छन् ।

 Image