होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
गर्भावस्था नारीत्व झल्काउने जीवनको महत्वपूर्ण अवस्था हो । गर्भावस्थामा आफ्ना लागि मात्र सोचेर अनि रमाइलो गरेर हुँदैन । यो अवस्थामा आफ्नो गर्भमा हुर्किरहेको भ्रूणको स्वास्थ्य अझ बढी महत्वपूर्ण हुन्छ । एकातिर श्रीमान्को स्वास्थ्य र दीर्घायुका लागि व्रत अनि अर्कातिर आफ्नो गर्भ, त्यसैगरी दिदी–बहिनीसँगको रमाइलो । गर्भवती महिलाले यी कुराहरूमा सन्तुलन राख्नुपर्ने हुन्छ । स्वास्थ्यका दृष्टिले एकदिनको व्रतभन्दा पनि आफ्नो स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुन्छ । गर्भवती महिलाले एउटी स्वस्थ महिलाले जसरी व्रत बस्नु हुँदैन । विशेषगरी पहिलो तीन तथा अन्तिम तीन महिनामा एकदिनको उपवासले पनि गार्हो पार्नसक्छ ।
तीजको एउटा प्रमुख र रमाइलो पक्ष भनेको दर खानु हो । दरमा धेरै थरीका परिकार समावेश गरिएको हुन्छ । यसरी तयार गरिएका परिकार बनाउन प्रयोग गरिएको तेल, मसला आदिको गुणस्तरमा ध्यान पुर्याउनुपर्छ । घरमै तयार पारिएका परिकार ताजा तथा स्वस्थकर हुन्छन् तर घरमा यस्ता परिकार बनाउन बढी समय लाग्ने तथा झन्झटिलो हुने भएकाले बजारबाट मिठाईं तथा परिकारहरू खरिद गर्ने प्रचलन छ । बजारमा सजाइएका मिठार्इंहरू हेर्दा आकर्षक तथा लोभलाग्दा भए पनि स्वास्थ्यका हिसाबले त्यति उपयुक्त हुँदैनन् । यस्ता मिठाईंलाई आकर्षक बनाउन तथा बिग्रिन नदिन केही रंग तथा प्रिजभेटिभ्स प्रयोग गरिएको हुन्छ । राम्रा तथा विश्वासिला मिठाईं पसलहरूले समेत कम गुणस्तरका खाद्य रंग प्रयोग गरेका हुनसक्छन् ।
यस्ता खाद्य रंगले कसैकसैलाई पेट दुखाउने, बान्ता आउने, पखाला लाग्नेदेखि लिएर फुड प्वाइजनिङसम्म गराउन सक्छन् । खाद्यपदार्थलाई बिग्रिनबाट जोगाउने पदार्थ अर्थात् प्रिजभेटिभ्सको एलर्जी धेरैलाई हुन्छ जसले गर्दा मुख तथा जिब्रोमा घाउ–खटिरा आउन सक्छन् । दरमा विभिन्न किसिमका अचार पनि समावेश हुन्छ । यस्ता अचारले खानामा रुचि बढाए पनि धेरै चिल्लो तथा मसालेदार भए अपच हुने, एसिडिटी बढ्ने समस्या उत्पन्न हुन सक्छ । गर्भावस्थामा एसिडिटी तथा बान्ताले त्यसै पनि दुःख दिइरहेको हुन्छ । यस्तो अवस्थामा त्यस्ता खानेकुरा खाँदा थप जटिलता उत्पन्न हुनसक्छ ।
त्यसैले गर्भवती महिलाले घरमै तयार गरिएका सादा तथा पोषिला खानेकुरा नै खानुपर्छ । दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उपयुक्त हुन्छ । दरमा मासु पनि समावेश गरिन्छ । खसी, कुखुरा वा अन्य मासुमा प्रोटिन, चिल्लो पदार्थ (बोसो), खनिज पदार्थ (मिनरल), पानी तथा भिटामिन पाइन्छ । मासुको किसिमले यी पदार्थको मात्रामा केही फरक पर्नसक्छ । हरेक मासुमा पोषक तत्व पाइने हुनाले यसलाई स्वास्थ्यका हिसाबले राम्रो तथा पोषिलो मानिन्छ । राम्रोसँग पकाइएको मासु सजिलै पचाउन सकिने हुनाले गर्भवतीहरूले पनि मासु खान सक्छन् ।
एउटा स्वस्थ मानिस एक दिन निराहार भएर व्रत बस्न नसक्ने होइन । हाम्रो शरीरलाई दैनिक करिब २२ सय ७० किलो जुल शक्ति चाहिन्छ भने गर्भावस्थामा गर्भको अवधिअनुसार बढ्दै जान्छ र ५५ सय किलो जुल अर्थात् ३ गुणासम्म पुग्छ । सामान्यतया गर्भवतीले उक्त शक्ति खानाबाट प्राप्त गनुपर्ने हुन्छ । खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन । यस्तो अवस्थामा यो शक्ति हाम्रो शरीरमा सञ्चित रहेको बोसोबाट प्राप्त हुन्छ । यतिबेला प्रोटिन र केही भिटामिनको कमी हुनसक्छ तर त्यसले एकैदिनमा कुनै गम्भीर असर गर्ने सम्भावना कम हुन्छ ।
नियमित व्रत बस्दा गर्भस्थ शिशुको तौल कम हुने, बुद्धि कम हुने जस्ता समस्या देखापर्न सक्छन् । एक दिनको तीजको व्रतले त्यस्तो नभए पनि गर्भावस्थामा समस्या उत्पन्न गर्नसक्छ । विशेषगरी गर्भको पहिलो तीन महिना खाना नरुच्ने, बान्ता हुने समस्या भएको अवस्थामा एक दिनको व्रतले पनि गार्हो बनाउन सक्छ । अन्तिम महिना चलिरहेको अवस्थामा पनि बढी शक्तिको आवश्यकता पर्छ । त्यस्तो अवस्थामा समय–समयमा खानाको जरुरत पर्छ । खाना नभए शक्तिबर्द्धक जुस, ग्लुकोज पानी सेवन गर्नुपर्ने हुन्छ । शक्ति अपुग भए आमा तथा गर्भस्थ शिशु दुवैलाई खतरा हुनुका साथै व्यथा सुरु हुनसक्छ ।
पानी पनि नपिई तीजको व्रत होस् वा अन्य व्रत बस्नु स्वास्थ्यका हिसाबले राम्रो मानिँदैन । हाम्रो शरीरलाई दैनिक २ लिटरभन्दा बढी पानीको आवश्यकता हुन्छ । निराहार व्रत बसेका बेला अझ बढी पानी चाहिन्छ । नाच्दा तथा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी एवं लवण खेर जान्छ । त्यसैले यतिबेला शरीरलाई अझ बढी पानीको आवश्यकता पर्छ । मन्दिरमा लाम बसेका व्रतालु महिला हुन् वा नृत्यमा सहभागी महिला तीजमा ढल्ने वा मूर्छा पर्ने घटना आम हुने गरेका छन् । हाइपोग्लाइसेमिया (ग्लुकोजको मात्रा कम हुनु) वा हिट सिन्कोपका कारणले त्यस्तो भएको हुनसक्छ ।
यस्तो अवस्थामा पनि पानी, ग्लुकोज पानी तथा जीवनजल फाइदाजनक हुन्छ । गर्भवती महिलाले व्रतका बेला अन्न नखाए पनि चोखा खानेकुरा, पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नुपर्छ । तीजमा साथी, दिदी–बहिनी तथा नातेदारसँग भेटघाट हुने भएकाले नाचगानमा सरिक हुन मन लाग्छ । नाचगान तथा रमाइलो गर्दा लड्ने, चिप्लिने हुनसक्छ । त्यसैले सचेत भएर केही समय मात्र रमाइलोमा सरिक हुनुपर्छ । सम्भव भए यस्ता महिलाले शक्ति सञ्चित गर्नुपर्ने भएकाले पनि नाच्ने अनि धेरै थकाइ लाग्ने गतिविधिमा सरिक नहुँदा पनि हुन्छ ।
अन्य महिलाको हकमा व्रत वस्ने प्रक्रिया धार्मिक परम्पराअनुसार फरक–फरक हुन्छ । कोही पानी पनि नपिउने, कोही फलफूल तथा तरकारी खाने तथा कोही केही मात्रामा अन्न ग्रहण गर्ने वा नगर्ने व्रतालु हुन्छन् । केही नखानुभन्दा पानी वा थोरै मात्रामा फलफूल खानु स्वास्थ्यका हिसाबले राम्रो हुन्छ ।
धार्मिक आस्थाका कारण व्रत बस्ने महिलाले आफ्नो स्वास्थ्यको ख्याल गर्दै बेला–बेलामा पानी वा ग्लुकोज पानी पिइरहनुपर्छ । शरीरमा शारीरिक प्रक्रियाहरू निरन्तर चलिरहेका हुन्छन् । हाम्रा विभिन्न अङ्गले जुस तथा इन्जाइमहरू उत्पादन गरिरहेका हुन्छन् । त्यसैले व्रतका बेला पनि समय–समयमा फलफूल, जुस, लस्सी, मोहीजस्ता पेयपदार्थ दुई–दुई घन्टाको फरकमा सेवन गरिरहनुपर्छ । जसले गर्दा शरीरमा थकान महसुस हुन पाउँदैन भने चाडपर्वको मज्जा लिँदै रमाउन समेत सकिन्छ ।