Successfully Copied

स्तन क्यान्सर रोक्न

विश्व स्वास्थ्य संगठनले हरेक अक्टोबर महिनालाई स्तन क्यान्सर जागरण महिनाका रुपमा मनाउन थालेको छ । हालको आधुनिक र अप्राकृति जीवनशैली, खान–पान, वातावरणीय प्रदूषण एवम् विविध रसायनका कारण विश्वका वयष्क मात्रै नभएर यौवनावस्थाका महिलाहरू समेत स्तन क्यान्सरको शिकार हुन थालिसकेका छन् ।

स्तन क्यान्सर रोक्न

– डा. ज्योति रायमाझी

कन्सल्ट्यान्ट जनरल एण्ड ब्रेस्ट सर्जन

नर्भिक इन्टरनेशनल हस्पिटल

विश्व स्वास्थ्य संगठनले हरेक अक्टोबर महिनालाई स्तन क्यान्सर जागरण महिनाका रुपमा मनाउन थालेको 

छ । हालको आधुनिक र अप्राकृति जीवनशैली, खान–पान, वातावरणीय प्रदूषण एवम् विविध रसायनका कारण विश्वका वयष्क मात्रै नभएर यौवनावस्थाका महिलाहरू समेत स्तन क्यान्सरको शिकार हुन थालिसकेका छन् । 

पश्चिमी राष्ट्रहरू अझ भनौ विकसित मुलुकमा त प्रत्येक ८ महिला मध्ये एकलाई स्तन सम्बन्धी कुनै न कुनै जटिलता देखापर्नु निश्चय नै भयावह मान्नुपर्छ । एशियाली महिलाहरूमा चाहिा प्रत्येक २२ जनामा एक जनालाई उक्त समस्या देखा पर्ने गरेको तथ्याङ्क उपलब्ध छ ।

स्तन क्यान्सर कुनै पनि उमेर समूहका महिलाहरूलाई हुनसक्छ । तर पनि बढ्दो उमेरका महिलाहरू नेपालमा मात्रै नभएर विश्वव्यापीरुपमै यस रोगको शिकार हुन थालेका छन् । महिलाहरूमा हुने क्यान्सर (अर्बूद) रोग मध्ये पहिलो पाठेघरको मुखको क्यान्सर रहेको छ भने दोस्रो स्तन क्यान्सर नै हो । संख्याका हिसावले हेर्दा नेपालमा क्यान्सरका कारण मृत्यु हुने महिलाहरूमा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा छ । रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाा बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति आइपर्नुको प्रमुख कारण हो । रोगीहरूमा जब रोगले ग्रस्त पार्छ, त्यसपछि मात्रै बिरामीहरू चिकित्सक कहाा जाने गर्छन्, जुनबेला क्यान्सर रोग फैलिइसकेको वा दोस्रो/तेस्रो श्रेणीमा पुगिसकेको हुन्छ । त्यस अवस्थामा पुग्दा सफल उपचार सम्भव नहुन सक्छ, यदि भइहाले पनि बिरामीलाई धेरै समय बचाउनै सकिादैन । 

बिरामीहरू रोगको प्रारम्भिक अवस्थामै विशेषज्ञ चिकित्सककहाा पुग्ने हो भने धेरै भन्दा धेरै रोगीको सफल उपचार सम्भव हुन्छ, तिनको स्तन काटेर फ्याक्नु पर्ने अवस्था आइपर्दैन, उपचार खर्च कम हुन्छ र अमूल्य जीवन समेत बचाउन सकिन्छ । 

नेपालमा बढ्दो उमेरका युवतीहरू समेत यस समस्याबाट पीडित हुने गरेको पाइनु निश्चय नै चिन्ताको विषय हो । युवतीहरूमा उक्त रोगले तीव्र रुपमा आक्रमण गर्ने गरेको पाइएको छ । 

आश्चर्यको कुरा त यो पनि छ कि स्तन क्यान्सर केवल महिलाहरूमा मानै नभएर पुरुषमा पनि हुने गरेको छ । रोगी जनसंख्यामध्ये करिक १% पुरुषलाई सो रोग लागेको पाइन्छ । 

रोगका कारण मध्ये ५ देखि १०% वंशानुगत देखिएका छन् भने ९०% चाहिा रोगको पारिवारीक इतिहास भएको कारणले हुने गरेको छ ।

रोगका लक्षणहरू

करिब ६० देखि ८०% महिलाहरू आफ्नो जीवन कालमा क्यान्सररहित स्तन सम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित हुने गरेको पाइएको छ । 

स्तन क्यान्सरको सुरुसुरुको अवस्थामा बिरामीले सामान्यतया कुनै लक्षणको अनुभव गर्न सक्दैनन् । त्यस कारणले नै सबै महिलाहरूले नियमित पहिले आफैले र कुनै शंका भएमा त्यसपछि विशेषज्ञ चिकित्सकसाग परामर्श गर्नु अत्यन्तै महत्वको विषय हुनेछ । जब स्तन क्यान्सर बढ्दै जान्छ, तब लक्षणहरू देखा पर्न सक्छन् । लक्षणहरू मध्ये केही निम्न छन् : 

–    कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने,

–    कुनै एक वा दुवै स्तनको साइज वा आकारप्रकारमा परिवर्तन हुने,

–    स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने

–    स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रङ्ग परिवर्तन हुने,

–    स्तनको मुन्टो वरिपरि वा मुन्टो मै स–साना घाउ/खटिरा/बिमिराहरु देखापर्ने,

–    स्तनको मुन्टो पहिलेकोभन्दा फरकरुपमा देखा पर्ने वा मुन्टो स्तनभित्र घसिने, आदि ।

–    अकस्मात शारीरिक तौल घट्ने

–    शरीरका हड्डीहरू दुख्ने

स्तन क्यान्सर महिलामा हुने क्यान्सरहरूमध्ये दोश्रो र क्यान्सरकै कारण हुने महिला मृत्युको पनि दोश्रो ठूलो कारण रहेको छ । 

धेरै महिलाहरुले सर्वप्रथम थाहा पाउने स्तनसम्बन्धी समस्यामध्ये स्तन वा काखीमा आउने नदुख्ने गिर्खा/कडा डल्लाहरू नै हुन् । ४० बर्ष मुनिका महिलामा ८०–९० % गिर्खाहरू क्यान्सर नहुन सक्छन् भने ४० बर्ष माथिका महिलामा ती गिर्खाहरू क्यान्सर कै लक्षण हुनसक्ने सम्भावना बढी हुन्छ । तर सवै महिलाहरु स्तन क्यान्सरको जोखिममा भने रहेकै हुन्छन् । लक्षणप्रतिको बेवास्ता, जनचेतनाको कमी र प्रभावकारी रोग निदान योजनाको अभावका कारण एशियाली महिलाहरू रोगको पछिल्लो अवस्थामा मात्रै चिकित्सककहाा पुग्ने हुादा मृत्युदर एकदमै ज्यादा हुने गरेको छ । 

तसर्थ, २० देखि ४० बर्षका महिलाले स्तनको स्वयम् परीक्षण गनर्’का साथै प्रत्येक २–३ बर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनुपर्छ । 

४० बर्ष माथिका महिलालाई बर्षेनि स्क्रिनिड्ड म्यामोग्रामका साथ विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य 

छ । 

समयमै रोग पत्ता लाग्दा सफल उपचारका साथ स्तन बचाउनुका साथै अमूल्य जीवन गुम्नबाट पनि बचाउन सकिन्छ । 

आफै स्तन परीक्षण गर्ने तरिका

१)    २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको ५–७ दिनमा परीक्षण गर्ने ।

२)    महिनावारी सुकेको र गर्भवती महिलाले हरेक महिनाको एउटै गते /दिनमा परीक्षण गर्ने ।

३)    आफ्नो स्तनको बारेमा थाहा पाउने जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस् । 

४)    परीक्षण हरेक महिना गर्ने । 

५)    जम्मा १० मिनेट लाग्छ । 

तरिका

 

१)    ऐना अगाडि बसेर कमरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने 

२)    स्तनको आकार, प्रकार एकनास छ छैन परीक्षण गर्ने 

३)    गिर्खा छ, छैन परीक्षण गर्ने 

४)    स्तनको मुन्टो भित्र गएको छ, छैन परीक्षण गर्ने 

५)    छालाको रङ्गमा फरक छ छैन हेर्ने, सुन्तलाको जस्तो रङ्ग छ छैन हेर्ने ।

२)    दुबै हातमाथि उचालेर हेर्ने, दुबै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाादैन भनेर जमिनमा पल्टिएर हेर्ने । 

 

३)    अनि बायाा हातले दायाा र दायााले बायाा पट्टिको स्तनको मुन्टो वरिपरीबाट पुरै स्तन छाम्ने । 

 

४)    अनि काखी मुखी छाम्ने

 

५)    स्तनको मुन्टो निचोरेर पिप, रगत वा पानी आएको छ छैन हेर्ने

आफै स्तन परीक्षण गर्ने तरिका

गिर्खा फेला परेमा स्तन सम्बन्धी विशेषज्ञ शल्य चिकित्सक कहाा गई विशेष परीक्षण  गराउने ।

क्लिनिकल परीक्षण 

रेडियोलोजीकल परीक्षण, भिडियो एक्स–रे, म्यामोग्राम, एम.आर.आई., टिस्यु डायग्नोसिस, एफ. एन. ए. सी., बायोप्सी गराउने

विशेषज्ञबाट स्तन परीक्षण र सुझाव

–    ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तिमा एक पटक गरिन्छ । 

–    २०–४० वर्षका महिलाका लागि हरेक ३ वर्षमा कम्तिमा एक पटक जााच गर्नुपर्छ ।

–    बढी जोखिमको सङ्केट भएका महिलाका लागि अरुभन्दा चााढै यो किसिमको जााच गरिन्छ । 

–    यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो ।

म्यामोग्राम कहिले गरिन्छ ?

–    ३५ वर्षभन्दा माथिका उमेर समूहका महिलाका लागि मात्र यो जााच गरिन्छ । 

–    ४० वर्षमाथिका महिलाको लागि हरेक वर्ष एक पटक गर्नुपर्छ ।

–    अति जोखिम भएका महिलाहरू जस्तै जसका परिवारमा यो किसिमको रोग छ, उनीहरूका लागि अरु महिलाको तुलनामा बढी गर्नुपर्ने सक्छ । 

यो जााचको माध्यमले ८५% क्यान्सर पत्ता लगाउन सकिन्छ र अत्यन्तै महत्वपूर्ण जााच हो । 

यसले ५ मिलिमिटरसम्मको अर्थात् चामलको दाना जत्रो क्यान्सरयुक्त ट्यूमर पनि पत्ता लगाउन सक्छ र यस्तो अवस्थामा पत्ता लाग्दा स्तन जोगाउन सकिने र बिना किमोथेरापी बााच्ने समय ९७ देखि १०० प्रतिशत बिरामीमा ५ वर्ष या बढी हुन सक्छ । 

एशियन महिलाहरूमा यो क्यान्सरको पश्चिमी देशका महिलाहरूका तुलनामा कम भएको पाइन्छ तर यो रोग सम्बन्धी ज्ञान नभएकोले हाम्रो जस्तो देशमा महिलाहरू यो रोगको विकसित अवस्थामा अथवा यो रोग फैलिसकेको अवस्थामा मात्रै डाक्टरको सल्लाह लिन आउाछन् । 

त्यसैले यो रोगसाग लड्ने तरिका भनेको नै रोग सम्बन्धी ज्ञान आर्जन गर्ने, नियमित आफ्नो स्तन परीक्षणका साथ नियमित म्यामोग्राम परीक्षण र विशेषज्ञद्वारा स्तन परीक्षण नै हो ।  

 Image