दूधे दाँतको हेरचाह
कमलादीकी दुई वर्षीया आभ्यानीका अगाडिका दाँत कीराले खाएको छ । उनको जस्तै समस्या धेरै बालबालिकामा पाइन्छ । दूधे दाँतबारे धेरैमा जानकारी अभाव छ । धेरैले यसबारे केही भ्रम पालेर राखेका हुन्छन् ।

डा. अरुणकुमार सिंह
नवजात शिशुहरूलाई काखमा लिने, माया गर्ने र चुम्बन गर्ने चाहना धेरैको हुन्छ । कोमल छाला, शिशुका साना हात, गाला र चम्किला आ“खा सबैलाई आकर्षक लाग्छन् । धेरैजसो आमाबुवा आफ्ना शिशुका गाला, निधार र ओठमा चुम्बन गर्छन् । आमाहरू त छातीमा च्यापेर शिशुलाई न्यानो महसुस गराउने प्रयास गर्छन् । यस्तो व्यवहार माया गर्ने सामान्य तरिका हो । के बारम्बार शिशुलाई चुम्बन गर्दा गम्भीर स्वास्थ्य जोखिम हुनसक्छ ?
कमजोर प्रतिरक्षा प्रणाली
नवजात शिशुको प्रतिरक्षा प्रणालीविकास भइरहेको हुन्छ । जीवनका पहिलो केही महिनामा सबै खोप नलगाइएको अवस्था हुन्छ, जसले गर्दा उनीहरू विभिन्न संक्रमणप्रति बढी संवेदनशील हुन्छन् । यस्तो अवस्थामा बारम्बार चुम्बन गर्दा शिशुमा रोग सर्ने सम्भावना उच्च हुन्छ ।
चुम्बनबाट सर्न सक्ने रोगहरू
रेस्पिरेटोरी सिन्साइटियल भाइरस
रेस्पिरेटोरी सिन्साइटियल भाइरस एक गम्भीर भाइरल संक्रमण हो, जुन खोक्दा, हाछ्यु“ गर्दा वा चुम्बन गर्दा सर्न सक्छ । यसले विशेषगरी साना बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउ“छ । यसका कारण शिशुमा निमोनिया र ब्रोंकियोलाइटिसजस्ता रोग लाग्न सक्छन् ।
फ््लु (इनफ्लुएन्जा)
सामान्य ज्वरो, खोकी वा रुघाखोकी लागेका व्यक्तिले शिशुलाई चुम्बन गर्दा फ्लुको भाइरस सर्न सक्छ । नवजात शिशुमा फ्लु भयावह हुनसक्छ र अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
हेपाटाइटिस बी
चुम्बन गर्ने व्यक्तिलाई हेपाटाइटिस बी छ भने उसको थुकमार्फत यो भाइरस सर्ने सम्भावना हुन्छ । हेपाटाइटिस बी गम्भीर रोग हो जसले कलेजोमा असर पु¥याउ“छ ।
हर्पेस भाइरस
ओठ वरिपरि घाउ वा ‘कोल्ड सोर’ भएको व्यक्तिले शिशुलाई चुम्बन गर्दा हर्पेस भाइरस सर्न सक्छ । नवजात शिशुमा हर्पेस संक्रमण गम्भीर हुनसक्छ र कहिलेकाही“ मस्तिष्कमा असर पु¥याउने (हर्पेस इन्सेफलाइटिस) अवस्था आउन सक्छ, शरीरलाई नै खतरामा पार्न सक्छ ।
एलर्जी (एलर्जिक रियँक्सन)
केही अवस्थामा चुम्बन गर्दा प्रयोग गरिएका सौन्दर्य सामग्री वा सुगन्धित पदार्थहरूले शिशुको छालामा एलर्जी प्रतिक्रिया देखिन सक्छ । जस्तैः रातोपन, खोकी वा सास फेर्न गाह्रो हुने अवस्था ।
सुरक्षाका लागि सुझाव
–नवजात शिशुलाई चुम्बन गर्नुअघि हात सफा गर्नुहोस् र सकेसम्म गाला वा ओठमा चुम्बन नगर्नुहोस् ।
–तपाईंमा कुनै प्रकारको संक्रमण छ भने (रुघाखोकी, फ्लु, हर्पेस आदि), शिशुको सम्पर्कबाट टाढा रहनु उपयुक्त हुन्छ ।
–अन्य व्यक्तिलाई पनि शिशु जन्मिएको पहिलो केही हप्तामा शिशुलाई चुम्बन नगर्न अनुरोध गर्नुहोस् ।
–शिशुलाई खोप लगाउने तालिका पालना गर्नुहोस्, जसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ।
–शिशुलाई धेरै मानिसको भीडबाट टाढा राख्नुहोस्, विशेषतः जाडो मौसममा वा महामारी फैलिएका बेला ।
नवजात शिशु अत्यन्तै कोमल र संवेदनशील हुन्छन् । हामी उनीहरूलाई माया गर्नु अत्यन्तै स्वाभाविक हो, तर त्यो माया गर्ने तरिका सुरक्षित पनि हुनुपर्छ । सानो लापरबाहीले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले, शिशुको सुरक्षाका लागि सतर्कता अपनाउनु हामी सबैको जिम्मेवारी हो ।
(डा. सिंह धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ तथा एसोसिएट प्रोफेसर हुन् ।)