डा. संयम बजियम, प्रबन्ध निर्देशक एवं मोतीविन्दु र रेटिना विशेषज्ञ, नेत्रधाम
मधुमेह विकासोन्मुख देशमा धेरै बढिरहेको छ । विश्वको जनसंख्यामध्ये १० दशमलव ५ प्रतिशत युवा ९२० देखि ७९ वर्ष०लाईमधुमेह छ, यी मध्ये लगभग आधालाई आफूमा
मधुमेह छ भन्ने थाहा छैन । मधुमेह भनेको शरीरमा चिनीको मात्रा बढी हुनु हो । शरीरमा चिनीको मात्रा बढी हुँदा विभिन्न अंग मुटु, मिर्गौला, मस्तिष्क एवं आँखामा समेत असर पार्छ । विभिन्न अध्ययनले ‘टाइप टु’ मधुमेहभन्दा ‘टाइप वान’ मधुमेह भएका बिरामीलाई आँखामा ढिलो समस्या देखाएको छ । ‘टाइप वान’ मा १५ देखि २० वर्षपछि देखिन्छ भने ‘टाइप टु’ मा ५५ देखि ६० वर्षको उमेरपछि देखिन थाल्छ । यो मधुमेह भएको १० वर्षमै देखिन सक्छ ।
मधुमेहले आँखामा पार्ने असर
मधुमेह भएका व्यक्तिको सुगरको मात्रा अनियन्त्रित छ, उच्च रक्तचाप, कोलेस्टेरोल र उच्च जोखिमका कारक छन् भने आँखामा असर पार्छ । त्यसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । जुन आँखाको पछाडिपट्टिको भागमा रहेको दृष्टि पर्दा रेटिनामा असर गर्नु हो । यो दृष्टिविहीन गराउने एक प्रमुख कारण हो । मधुमेहले मुख्यतः यही पर्दाको रक्तसञ्चारमा प्रभाव पार्छ । त्यसैले पर्दाको दृष्टि केन्द्रमा सुजन र रक्तस्राव हुन्छ । समयमै उपचार गरिएन भने पर्दा उप्किने वा खुम्चिने हुन्छ । यसको पनि उपचार भएन भने जलबिन्दु हुन सक्छ ।
चरणहरू
डाइबेटिक रेटिनोपेथीलाई पाँच चरणमा विभाजन गरिएको छ । रेटिनालाई असर गर्न थालेपछि दुई वटा चरण आउँछन् । एउटा प्रोलिफेरेटिभ र अर्को नन–प्रोलिफेरेटिभ । नन–प्रोलिफेरेटिभ चरणमा रक्तस्राव हुने सम्भावना कम हुन्छ । यो प्रोलिफेरेसन नभएको अवस्था हो । यसमा सूक्ष्म रक्तस्राव हुने, सुजन हुने, आँखाका नसाहरू बांगोटिंगो हुने र भित्र गएर पर्दामा सुजन हुन्छ । यो पहिलो वा दोस्रो चरणमा देख्न सकिन्छ । समय बढ्दै गएपछि तेस्रो वा चौथो चरण आउँछ जसमा आँखाको दृष्टि कमजोर बनाएर अन्धोपन निम्त्याउँछ । अन्तिम पाँचौंँ चरणमा पुगेपछि आँखाको पर्दा च्यातिने, तानिने हुन्छ जसलाई एडभान्स प्रोलिफेरेटिभ डाइबेटिक रेटिनोपेथी (एडभान्स पीडीआर) भनिन्छ । यो चरणमा पुगेपछि आँखा पूरै बन्द हुन सक्छ ।
उपचार
मधुमेहले आँखाको पर्दामा असर पारेपछि सधैंका लागि प्रभाव छोड्छ । समयमै उपचार नगरिएमा आँखाको दृष्टि गुम्न सक्छ । यसमा रोगको चरणअनुसार उपचार गरिन्छ । दृष्टि कमजोर भएको समस्यामा आँखाको नानी फुलाउने औषधि प्रयोग गरी विशेषज्ञले दृष्टि पर्दा जाँच गर्छन् । रोगको प्रकृतिअनुसार लेजर पद्धति, सुईको माध्यम र भिट्रियोरेटिनल शल्यक्रिया गरी तीन प्रकारले उपचार गर्न सकिन्छ ।
सुरुवाती अवस्थामा लेजर पद्धतिबाट उपचार गर्न सकिन्छ । यसमा विशेष किसिमको लाइट बिमले आँखाको पर्दामा उपचार गरिन्छ । यसले आँखाको पर्दामा देखिएको सुजन, रक्तस्रावलाई रोक्छ । अहिले एन्टि–भिइएफजी एजेन्टहरु डिएमइ का लागि आवश्यक पर्र्ने पहिलो लाइन उपचार हुन् । भिट्रियोरेटिनल शल्यक्रिया आँँखाको पर्दा फाटेमा अथवा आँखाभित्र धेरै समयसम्म बढी रगत जम्मा भई लेजर गर्न नसकिने अवस्थामा गरिन्छ । आँखाभित्र जमेको रगत सफा गरेर र उप्केको पर्दालाई यथास्थितिमा राख्नका लागि आवश्यकतानुसार ग्यास वा तेल आँखाभित्रको पानीमा राखिन्छ ।
सावधानी
मधुमेह भएपछि बिरामी सचेत भई रगतमा चिनीको मात्रा बढ्न दिनुहुँदैन । खानपानमा विशेष ध्यान दिई अनुशासित जीवन जिउनुपर्छ । मधुमेह भएको थाहा भएपछि वर्षमा एकपटक आँखा जँचाइरहनुपर्छ ।
(डा.बजिमयसँग सुजाता मुखियाले गरेको कुराकानीमा आधरित)