Successfully Copied

विद्रोही चित्रकार

रञ्जुका चित्रले दाइजोप्रथा, बालविवाह, छुवाछूत, महिनावारी, बालिका भ्रूणहत्या विरुद्धका सन्देश बोल्छन् । महिला सशक्तीकरण, न्याय र समानताका लागि उनी कलामार्फत विद्रोह गरिरहेकी छन् ।

सप्तरीको सानो गाउ“मा जन्मिएकी रञ्जु यादव ९ कक्षामा पढ्दै थिइन् । त्यही बेला छिमेकमा यस्तो दर्दनाक घटना भयो, जसले उनलाई अचानक विद्रोही बनाइदियो । जुन विद्रोह उनका हरेकजसो कलामा अभिव्यक्त भइरहेको छ ।
‘दाइजो कम भएको निहु“मा परिवारै मिलेर बुहारी मारेको त्यो घटना सम्झ“दा अहिले पनि अत्यास लाग्छ,’ उनी सम्झन्छिन्, ‘मधेशमा यस्ता हिंसा, अन्याय–अत्याचार भइरहन्थे, आफ्नै गाउ“मा भएको त्यो घटनाले मलाई भित्रैदेखि उद्वेलित बनायो, कालान्तरमा त्यो विद्रोह मेरा चित्रमार्फत बाहिर आउन थाल्यो ।’
बँल्यकालदेखि नै उनी घडा सि“गार्न, भित्तेचित्र कोर्न, अरिपन सजाउन माहिर थिइन् । ६ कक्षा पढ्न उनी जब राजविराज झरिन्, सिमेन्टका भित्ता भएका कारण सजाउन पाइनन् । ‘मलाई त त्यहा“ अत्यन्तै उकुसमुकुस हुनथाल्यो । घरपछाडि सानो आ“गन थियो, त्यही“ मात्रै माटो भेटिन्थ्यो । म त्यसमै चित्र कोर्थें,’ चित्रकलास“गको घनिष्ठ सम्बन्धबारे उनी भन्छिन् ।




प्राचीन राज्य मिथिलाका राजा जनकले छोरी सीताको विवाहका लागि दरबारका भित्ता सजाउन स्थानीय महिलालाई चित्र कोर्न लगाएको कथन छ ।त्यही बेलादेखि नै मिथिला कलाको सुरुवात भएको आफूले पढेको रञ्जु बताउ“छिन् । पूर्वी तराई क्षेत्रमा बसोबास गर्ने मैथिलभाषीहरुको लोककला नै मिथिला कलाका रूपमा चिनिन थाल्यो । एकपटक घरमा पाहुना आएका वरिष्ठ चित्रकार अजित शाहले ‘तपाईं यस्तो राम्रो बेडसिट, टेबुलपोस आर्ट गर्नुहु“दो रहेछ, यस्तो कला अब बाहिर आउनुपर्छ’ भनेर उत्प्रेरित गरेपछि आफू बढी हँैसिएको रञ्जु बताउ“छिन् ।
श्रीमान् अमरेन्द्रले उनको कलायात्रालाई अगाडि बढाउन ठूलो साथ–सहयोग प्रदान गरेका छन् । छोराछोरीलाई आफूले स्याहारेर श्रीमतीलाई देश–विदेश पठाउ“दा मधेशी समुदायकै केही व्यक्तिले नकारात्मक टिप्पणी पनि गरेका थिए । तर, उनले त्यसलाई परवाह नगरी श्रीमतीको स्वतन्त्रतालाई महत्व दिए । रञ्जुका अनुसार विवाहको पहिलो दिनदेखि नै श्रीमान्ले ‘तिमी बेडरुम र किचनमा मात्रै सीमित नरही आफ्नै नामले चिनिने हुनू’ भन्ने गर्थे । सुरुवाती दिनमा रञ्जुले बेडसिट, तकियाका खोल, टेबलपोस, पर्दा आदिमा पेन्टिङ गर्थिन् । विस्तारै उनले आर्ट पेपर र क्यानभाषमा एक्रेलिक कलरमार्फत आफूलाई बृहत् रूपमा फैलाउन थालिन् ।
रञ्जुका चित्रले मूलतः दाइजोप्रथा, बालविवाह, छुवाछूत, महिनावारी, बालिका भ्रूणहत्या विरुद्धका सन्देश बोल्छन् । महिला सशक्तीकरण, न्याय र समानताका लागि कलामार्फत विद्रोह गरिरहेकी रञ्जुको साडी लगाएकी महिला सा“ढेस“ग लड्दै–जुध्दै गरेको चित्र निकै हिट भएको थियो । ‘म चित्र मात्रै बनाउ“दिन“, सन्देशमूलक कथा कोर्ने गरेकी छु । मेरा चित्रले विद्रोहको भाषा बोल्छन् । यी सामाजिक चेतनाको सेतु बनून् भन्ने मेरो चाहना छ,×’ उनले भनिन्, ‘उतिबेलादेखि नै मैले छोराले जस्तै स्वतन्त्रता पाइन“ । यसलाई कुन माध्यमबाट कसरी चिर्ने भन्ने भइरहन्थ्यो । विवाहपछि मात्रै स्वतन्त्रताको अनुभव गरे“ । अहिले लागिरहेको छ–यो जीवन कहिल्यै नसकियोस्, किनकि स्वतन्त्रता भनेको निकै सुन्दर वस्तु रहेछ ।’

अनलाइन खबरको ५० प्रभावशाली महिला–२०८० मा पर्न सफल रञ्जुले सन् २०१९ मा नेपाल आर्ट काउन्सिलमा ‘कलर्स अफ लाइफ’ नाम दिएर एक प्रदर्शनी गरेकी थिइन् । नौलो विषय र पृथक् प्रस्तुतिका कारण प्रदर्शनी सर्वाधिक मन पराइयो । ‘त्यो बेला मैले ‘डिजास्टर टुरिजम’ थिममा राजनीतिमाथि व्यंग्य गर्दै एउटा चित्र बनाएकी थिए“ । जसमा कर्णालीको विशाल बाढीमा परेका जनता हिलोमा लडिरहेका छन्, नेताहरू माथिबाट हेलिकप्टरमा उड्दैछन् । यो चित्र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत थुप्रैले ट्विट गर्नुभएको थियो,’ एउटा चित्रकोप्रभाव सत्ता, समाज र व्यवस्थामा कसरी पर्दोरहेछ भन्ने अनुभव साट्दै रञ्जु भन्छिन्, ‘त्यही प्रदर्शनीको अर्को चित्र थियो दाइजोप्रथा विरुद्धको, जसमा जिउ गोरुको टाउको चाहि“ दुलहाको पोट्र्रेट गरेकी थिए“ । तराईवासीबाट निकै विरोध भयो, के अब हामीले दाइजो नलिने ? भन्ने थुप्रै प्रश्न अँए । स“गस“गै सकारात्मक प्रतिक्रिया पनि पाए“ ।’ यो एकल प्रदर्शनीले रञ्जुलाई कलामा स्थापित गरायो । लगत्तै उनलाई स्विस एम्बेसीले एकदिने एकल प्रदर्शनीको अफर ग¥यो । त्यसपछि उनी दैनिक १८ देखि २० घण्टा खट्न थालिन् ।

अमेरिकाको एन्टाद्वारा समेत सम्मानित रञ्जुका चित्र राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमै निकै माग हुनेमा पर्छन् । आफ्ना हरेक कलाले मर्म बोक्ने र ती सूचना, सचेतनामूलक हुने उनी बताउ“छिन् । यसपटकको युरोप प्रदर्शनीबारे उनी भन्छिन्, ‘नेपालमै त कलाकारले एकल प्रदर्शनी गर्नु चुनौतीहुन्छ, त्यो पनि विभिन्न देशका सहरमा गएर यसरी प्रदर्शनी गर्नु चानचुने कुरा होइन । मेरो प्रदर्शनीमा दैनिक चार सयको हाराहारीमान्छे जम्मा हुन्थे । विदेशीले समेत मिथिला आर्ट अत्यन्तै मन पराए ।’
रञ्जुले डेनमार्कमा ५३ जना नेपाली तथा भारतीय युवालाई चित्रकला कार्यशाला गराएकी छन् । अहिले धेरैले अनलाइनबाटै भए पनि क्लास लिइदिन आग्रह गरिरहेको उनी बताउ“छिन् । मिथिला कलालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन पाउ“दा उनले गौरव महसुस गरेकी छन् । ‘सरकारी भिजिटमा सार्क कला कार्यशालाका लागि बंगलादेश र माल्दिभ्स गएकी थिए“, त्यो भन्दा पनि यसपटकको युरोप आर्ट एन्ड मल्टी–नेसनल सोलो एक्जिबिसन २०२४ महत्वपूर्ण ठानेकी छु,’ उनी भन्छिन् ।
३३ दिने उक्त प्रदर्शनी सकेर उनी भर्खरै नेपाल फर्किएकी छिन् । त्यहा“ उनको ‘रस्टिक रिवेल’ नामक तेस्रो एकल प्रदर्शनी सम्पन्न भएको थियो । जर्मनीको फ्रयांकफर्ट र बर्लिन, डेनमार्कको कोपनहेगेन, फिनल्यान्डको हेलसिन्की, स्टोनियालगायतका सहरमा मिथिला आर्टलाई नेपाली गौरवका रूपमा उनले प्रस्तुत गरेकी थिइन् । ‘रोमन सभ्यतालाई संसारभर उच्चकोटीको सभ्यता मानेर आज पनि उत्तिकै महत्व दिइएजस्तै नेपालका लागि मिथिला कला र साहित्य उस्तै पौराणिक, चित्ताकर्षक र वैभवपूर्ण छ,’ उनले सुनाइन्, ‘यो संसारभर नेपाल चिनाउन सहयोगीसिद्ध हुनेछ, त्यसैले नेपालको शान र गौरवका रूपमा प्रस्तुत गर्न सफल भए“ भन्ने लागेको छ ।’ यसरी युरोपका विभिन्न स्थानमा पुगेर सोलो एक्जिबिसन तथा कार्यशाला गर्ने उनी सम्भवतः पहिलो नेपाली चित्रकार हुन् ।

राष्ट्रिय ललितकला पुरस्कार–२०७६ प्राप्त गर्न सफल रञ्जुको व्यावसायिक कलायात्रालेदुई दशक पार गरिसकेको छ ।सेरामिक आर्ट सिकिरहेकी उनी उक्त विधामा पनि नया“ योजनाका साथ अगाडि बढिरहेकी छन् । चित्रकलामार्फत सामाजिक जागरण र महिला सशक्तीकरणबारे वकालत गरिरहने उनको चाहना छ । 

 Image